्प्रथम अन्नपूर्ण अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका स्तरिय खुल्ला पुरुष बास्केटवल प्रतियोगितामा १२ टिम सहभागिता हुने

-


     पोखरा क्लिक     
     मंसिर २३ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २३ मंसिर,

कास्कीको अन्नपूर्ण गाउँपालिकाको बिषेश सहयोगमा पोखरामा मंगलबार देखि प्रथम अन्नपूर्ण अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका स्तरिय खुल्ला पुरुष तथा महिला बास्केटवल प्रतियोगिता २०८१ हुने भएको छ । अन्नपूर्ण गाँउ पालिका बास्केटल संघ कास्कीको आयोजनामा पोखरामा पहिलो पटक हुने उक्त प्रतियोगितामा ५ जिल्लाबाट विभिन्न पालिकाका १२ टिमको सहभागिता हुने भएको भएको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

पोखरा रंगशालाको बास्केटवल कोर्टमा हुने यही मंसिर २९ गतेसम्म संचालन हुने प्रतियोगिता अन्र्तगत महिला तर्फ भने ६ टिमको सहभागिता हुने भएको संघका अध्यक्ष कृपाश्वर गुरुङले बताउनु भयो । प्रतियोगितामा बिजेता टिमले पुरुष तर्फ १ लाख १५ हजार १ सय ११ रुपैया साथमा ट्रफी, मेडल, प्रमाण पत्र प्रदान गरिने भएको छ । उपविजेतालाई ७० हजार र तेश्रो हुनेलाई ३० हजार र सेमिफाइनलका दुई टिमलाई भने जनही २० हजार पदान गरिने भएको छ । प्रतियोगिातमा कास्की सहित, म्याग्दी, पर्वत, बागलुङ र लमजुङका विभिन्न पालिकाबाट टिम सहभागि हुने भएको हो ।

महिला तर्फ भने विजेतालाई ३० हजार, उपबिजेतालाई १५ हजार साथमा ट्रफी, मेडल, प्रमाण पत्र प्रदान गरिने भएको छ । उक्त प्रतियोगिताले बास्केटवल खेलकुदको बिकास हुने खेलकुदकर्मी अमृत गुरुङले बताउनु भयो ।
ग्रामिण क्षेत्रमा खेलकुदको बिकास गर्ने, सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा अग्रसर गराउने उद्धेश्य रहेको अध्यक्ष गुरुङले बताउनु भयो । अन्नपूर्ण गाँउपालिकाको मुख्य सहयोग हुने प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख खर्च हुने आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा ५ जिल्लाका विभिन्न पालिकाबाट टिम सहभागि हुने भएका हुन् । पुरुष तर्फ टिम दर्ता शुल्क १२ हजार र महिला तर्फ भने २ हजार ५ सय शुल्क निर्धारण गरिएको संघका कोषाध्यक्ष दिपिका गुरुङले पोखरा क्लिकलाई बताउनु भयो ।