पोखरा २३, मंसिर,
कास्की जिल्ला आर्चरी संघको अध्यक्षमा बसन्त गौचन ‘साकुरा’ चयन भएका छन् । पोखरामा शनिबार सम्पन्न कास्की जिल्ला आर्चरी संघको छैटौं अधिवेशनले साकुराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा गोविन्द ज्वारचन, कोषाध्यक्षमा सुविन्द्र गौचन, सचिवमा मोनिका राना मगर, सहसचिवमा सञ्जिवमान तुलाचन सर्वसम्मत निर्वाचित भए । अन्य सदस्यहरुमा करुण बराल, बबी गौचन, अर्जुन ज्वारचन, रशमाया तामाङ, हिम कुमार राना र गोविन्द छन्त्याल सर्वसम्मत निर्वाचित भए । यसैबिच, अन्नपूर्ण आर्चरी क्लबको अध्यक्षमा भने दिपक तुलाचन चयन भएका छन् । शनिबार नै सम्पन्न भएको क्लबको सातौं अधिवेशनबाट तुलाचन अध्यक्षमा निर्विरोध चयन भएका हुन् । त्यसै गरी क्लबको उपाध्यक्षमा सञ्जिवमान तुलाचन, सचिवमा दलमान छन्त्याल, कोषाध्यक्षमा पूर्ण लालचन, सहसचिवमा मिम छन्त्याल र सदस्यहरुमा महेन्द्र ताङबे, खम्ब गुरुङ, ओम प्रसाद गुरुङ, बिकल थकाली, नितामाया केसी, सुजन थकाली र टिक पुन चयन भएका हुन् ।
यस अघि संस्थाका संस्थापक अध्यक्ष हरिधोज तुलाचनले कार्यक्रमको उद्घाटन गर्दै आर्चरी खेललाई नेपालको राष्ट्रिय खेलको रुपमा मान्यता दिनुपर्ने बताउदै यस खेलबाट पदकको राम्रो सम्भावना हुदा हुदा हुदै राज्यले खासै लगानी नगरेको गुनासो गरे । नेपाल आर्चरी संघकी केन्द्रिय सदस्य तिल कुमारी थापाले नेपालको पदकको धेरै सम्भावना भएको यस खेलको प्रबद्र्धन गर्न आवश्यक भएको बताइन् । कास्की जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष तोरणबहादुर बाँनियाले खेलकुदमा राजनीतिक हस्तक्षेप र कानून पालना नगर्दा पछि परेको गुनासो गरे ।
संघका निवर्तमान अध्यक्ष एवं प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य योगेन्द्र शेरचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्नपूर्ण क्लबका अध्यक्ष वसन्त गौचन (साँकुरा), क्लबका सचिव सञ्जीव मान तुलाचन, संघका कोषाध्यक्ष भीम पुन छन्त्याल, क्लबका सचिव गोविन्द ज्वार्चन, क्लबका कोषाध्यक्ष दलमान छन्त्याल, क्लवका सदस्य मोनिका राना मगर लगायतले बोलेका थिए ।
उक्त अवसरमा संघका संस्थापक कोषाध्यक्ष इश्वरीलाल हिराचनलाई सम्मान गरिएको थियो । उनलाई प्रमुख अतिथी तुलाचन, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँ, नेपाल आर्चरी संघकी केन्द्रिय सदस्य तिल कुमारी थापाले दोसल्ला, माला र सम्मानपत्रले सम्मान गरेका थिए । यसअघि पूर्व अध्यक्ष वसन्त थकाली सम्मानित भएका थिए ।