दीननाथ बराल,
पोखरा २२, मंसिर,
पोखराको भण्डारढिकमा आज (शनिबार) देखि २५ औं सस्करणको आदर्श कप फुटवल प्रतियोगिता २०८१ सुरु भएको छ । आज भएको उद्घाटन खेलमा आयोजकः आर्दश युवा क्लवले बिजयी सुरुवात गरेको छ ।
आयोजकः आर्दश युवा क्लवले छिमेकी जिल्ला एन्फा तनहुँको समुहलाई १—० को झिनो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा यात्रा बनाएको हो । आर्दशको जितमा खेलको ४१ औं मिनेटमा डि—एरिया नजिक पाएको वललाई उहाँले निर्णायक गोल गर्नु भएको हो ।
भोलि (आइतबार) दोस्रो खेल नेपाल आर्मीको सिद्धिदल गण पश्चिम पृतना हेड क्वाटर र सशस्त्र प्रहरी बल गण्डकी मुख्यालय बीच हुने भएको सचिव सन्तोष गुरुङले बताउनु भयो ।
यसैबिच, यही मंसिर २९ गतेसम्म भण्डारढिक खेल मैदानमा संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नु भएको थियो । क्लवका अध्यक्ष पदम गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा पोखरा २९ का अध्यक्ष श्रीप्रसाद गुरुङ, सचिव सन्तोष गुरुङ लगायतले खेलको बारेमा चर्चा गर्नु भएको थियो ।
कोडिभले प्रभावित भई ६ बर्ष पछि उक्त प्रतियोगिता सुरु भएको हो। प्रतियोगितामा तीन विभागि सहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेतालाई नगद ४ लाख २५ हजार ५ सय २५ रुपैया र उपविजेतालाई २ लाख २५ हजार ५ सय २५ रुपैया र मेडल प्रदान गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई २५ हजार, त्यसै गरी विभिन्न विधागत सर्वाधिक गोलकर्ता, उत्कृष्ट स्टाइकर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र वितरण गरिने भएको छ । नेपाल पर्यटन बोर्डले प्रतियोगितालाई प्रबद्र्धन गरेकोे पूर्व अध्यक्ष बिजय गुरुङले जनाउनु भयो ।
यसैबिच, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यक्रममा बोल्दै खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास र समृद्धि हासिल गर्ने बताउनु भएको छ । शनिबारदेखि कास्कीको लेखनाथमा सुरु भएको २५औं आर्दश कप फुटवल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा खेल पर्यटनको धेरै सम्भावना बोकेको यसैका माध्यमबाट यस क्षेत्रको आर्थिक विकास र समृद्धि हासिल गर्न सकिने दाबी गर्नु भएको हो ।
विभिन्न खेल गतिविधिहरुलाई पर्यटन सँग जोडेदै समग्र प्रदेशको विकास गरिने बताउदै मुख्यमन्त्री पाण्डेले खेल क्षेत्र र खेलाडीको विकासका लागि प्रदेश सरकार गम्भिर भएको बताउनु भयो । खेल क्षेत्रको विकासका लागि सरकारले विभिन्न कार्यक्रम गरिरहेको दाबी गर्दै उहाँले कर्भड हल र रंगशालाको स्तरोन्नतीको लागी प्रदेश सरकारले केही न केही आर्थिक सहयोग गर्ने वचन दिनु भयो ।
पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको अवस्थामा अन्य क्षेत्रको साथसाथै खेल पर्यटनको माध्यमबाट पनि प्रदेशलाई राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा चिनाउन चाहेको मुख्यमन्त्री पाण्डेले उल्लेख गर्नु भयो । प्रदेशभित्रका खेलकुद एवं पर्यटकिय पुर्वाधारहरु निर्माणमा प्रदेश सरकार लागिरहेको उहाँको भनाई थियो ।