
पोखरा, २६ पुस,
नेपालकै प्रतिष्ठित बगर भाइखलक पोखराले १४ औं सस्करणको अन्र्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेल मैदानमा आगामी माघ १५ गतेदेखि २१ गतेसम्म तीन विधामा प्रतियोगिता सञ्चालन गर्ने तयारीमा जुटेको हो । खलकका अध्यक्ष इश्वरमान गुरुङका अनुसार प्रतियोगितामा ४० वर्ष पुरा भएका उमेर समूह, ५० वर्ष र ६० वर्ष नाघेकाहरु बीच प्रतिस्पर्धा हुने जानकारी दिए ।
उनका अनुसार सो प्रतियोगितामा नेपालका विभिन्न शहर तथा भारत तथा बेलायतबाट पनि टिम सहभागिता हुनेछ ।
४० वर्ष तर्फको विजेताले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख प्राप्त गर्नेछ । यस्तै ५० वर्ष तर्फ विजेताले नगद रु १ लाख र उपविजेताले नगद रु ५० हजार हात पर्नेछ । भने, ६० वर्ष तर्फ विजेताले नगद रु ५० हजार र उपविजेताले नगद रु ३० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।