टाइगर कप भलिबल प्रतियोगिताको मुख्य प्रायोजक एनसेल

-


     पोखरा क्लिक     
     पौष २६ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २६, पुष,

टाइगर कप भलिबल प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा टेलिकम्युनिकेशनमा देशकै स्थापित सस्था एनसेलले साथ दिने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आउँदो माघ १२ गते देखि संचालन हुने उक्त प्रतियोगितालाई सफल पार्न एनसेलले टाइगर कपलाई मुख्य प्रायोजन गर्ने भएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनु भयो ।

पोखरामा विगत ४ बर्ष देखि संचालन हुदै आएको चर्चीत टाइगर कप भलिवल प्रतियोगिता यस बर्ष एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८१’ को रुपमा संचालन हुने भएको उहाँले जनाउनु भयो ।

यसैबिच, एनसेल मुख्य प्रायोजक बन्ने सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा र एनसेलका प्रतिनिधिले हस्ताक्षर गर्नु भएको हो । उक्त प्रतियागिता माघ १९ गतेसम्म पोखरा रंगशालामा संचालन हुने भएको छ । प्रतियोगितामा नेपाल र विदेशका चर्चीत क्लव तथा खेल संघ संस्थाको टिम गरी पुरुष तर्फ ६ र महिला तर्फ ६ टिमबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगिता विजेता दुवै समुह महिला÷पुरुष तर्फका टिमहरुलाई ५ लाख ८५ हजार ५ सय ५५ प्रदान गरिने भएको छ । उपविजेता हुने टोलीलाई समान पुरस्कार २ लाख ८५ हजार ५ सय ५५ रुपैया र तेश्रो हुनेलाई १ लाख ८५ हजार ५ सय ५५ रुपैया साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने भएको संस्थाका सचिब डिबी नेपालीले बताउनु भयो । पोखरा रंगशालाको भलिवल कोर्ट सहितको क्षेत्रमा हाल रंग रोगन देखि मर्मत संहार भएको उहाँले पोखराक्लिकलाई जनाउनु भयो ।



This will close in 20 seconds