सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग, नेतृत्वप्रति तीव्र असन्तुष्टि

-


     पोखरा क्लिक     
     भाद्र २९ गते २०८२ मा प्रकाशित


काठमाडौं, २९ भदौ,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निवर्तमान सांसद तथा पूर्वसह–महामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक पोस्ट गर्दै उनले अब आफू रास्वपासँग सम्बन्ध विहीन भएको घोषणा गरेकी हुन्।

उनले भनिन“अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु, मन लाग्दीजति गर्नुहोस्, मैले पार्टी छोडेँ।” उनको असन्तुष्टि पार्टी सभापति रवि लामिछानेतर्फ शंकेत गरिन । रास्वपाले देशभन्दा माथि पार्टी, पार्टीभन्दा माथि व्यक्तिलाई राख्न थालेपछि निरन्तर आलोचना गरे पनि त्यसलाई बेवास्ता गर्दै आफूलाई उल्टै ‘मिडिया ट्रायल’ गरिएको उनले आरोप लगाइन् । सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेपछि पनि रास्वपाले संस्थागत रूपमा बचाउ गरिरहेको उल्लेख गर्दै उनले पार्टीभित्र आलोचना गर्नेलाई लाञ्छना लगाउने प्रवृत्तिप्रति आक्रोश पोखिन ् ।

श्रेष्ठले कांग्रेस–एमाले लगायतका तेस्रो पुस्ताका नेताहरूलाई समेत नेतापूजाको संस्कार अन्त्य गर्न चेतावनी दिँदै, गल्ती गर्ने नेतृत्वलाई हटाउन वा आफू हट्न सुझाएकी छन्। जेनजी पुस्ताको आन्दोलनले देशमा भ्रष्टचार नियन्त्रण गर्ने अभियानमा साथ दिन तर हाल मन्त्रीमण्डलमा नजाने जनाउदै आएकी छन् ।