खेलकुद

माछापुच्छ्रे गाउँपालिका–९,सिधिङमा गायिका समीक्षा अधिकारीलाई सम्मान

फागुन ४, हेमजा, सिधिङ युनाईटेड यूथ क्लबको आयोजनामा माघ ३० गते देखि सिधिङ खेलमैदानमा जारी साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको अवसरमा गायिका समीक्षा अधिकारीलाई शनिवार कार्यक्रमका बिच सम्मान गरिएको छ । नेपाली गीत सङ्गीतको माध्यम बाट राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा आफ्नो अलग पहिचान बनाउन सफल माछापुच्छ्रे गाउँपालिकाकी चेली,माछापुच्छ्रे गाउँपालिकाको गौरव, युवा तथा संगीतप्रेमी हरुको ढुकढुकी बहुचर्चित गायिका अधिकारी सिधिङ कप विशेष सांस्कृतिक कार्यक्रममा प्रस्तुतिका लागि आएकी थिइन । अधिकारीलाई  सानै उमेर,छोटो समयमा कलाकारिता क्षेत्रमा  उच्च स्थान हासिल गर्न सफल एक… पुरा पढौ

कास्की क्रिकेट लिगःसांग्रिला र पोखरा क्रिकेट विजयी

पोखरा, फागुन ३, सांग्रिला क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई ७० रनले पराजित गर्दा पोखरा क्रिकेट क्लबले माछापुच्छ«े क्रिकेट क्लबमाथि ३ विकेटको जित निकालेको छ । शनिबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा सांग्रिला क्रिकेट क्लबले टस हार्दै व्याटिङको निम्तो पायो । तेस्रो नम्बरका सुदिप पौडेलमा ४५ रनको योगदानमा सांग्रिलाले १६४ रनको योगफल तयार पार्यो । ३७ बल खेल्ने क्रममा ५ चौका र १ छक्का उनको स्कोर कार्डमा लेखियो । ओपनर विराट दुवाडीले २७ बलमा २७ रन बनाउँदै राम्रो शुरुवाती दिलाएका थिए… पुरा पढौ

१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका विल्सनलाई, गण्डकी तर्फ प्रथम पर्वतीय दौडका विजेता क्षेत्रीलाई उपाधि

दीननाथ बराल,पोखरा ३, फागुन, १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक विल्सन चेरुयोटले जित्नु भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चले आज पोखरामा आयोजना गरेको उक्त प्रतियोगितामा उहाँले निर्धारित दुरी २ घण्टा १७ मिनेट २४ सेकेण्डमा उक्त दुरी पार गरी उपाधि जित्नु भएको हो । त्यसै गरी प्रतियोगितामा केन्याकै धावक जुलियस मुरियाली वाहोम २ सेकेण्डले पछि पर्दा यस बर्ष उपविजेता हुनु भयो । १८ औं संस्करणको विजेता जुलियसले ४२ किलोमिटरको निर्धारित दुरी २ घण्टा १७ मिनेट २६ सेकेण्टमा… पुरा पढौ

उज्विकिस्तानको ब्ल्याक बुल्सले आहा रारा पोखरा गोल्ड कपमा इतिहास रच्यो

दीननाथ बराल,पोखरा ३, फागुन, पाहुना टोली उज्विकिस्तानको ब्ल्याक बुल्स फुटवल क्लवले आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगितामा इतिहास रचेको छ । २४ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपको उपाधि चुमेसंगै ब्ल्याक बुल्सले पोखरामा इतिहास रच्न सफल भएको हो । तष्विरः शुर्दशन रञ्जित सहारा क्लवको आयोजनामा पोखरा रंगशालाको फुटवल मैदानमा आज (शनिबार) भएको फाइनल खेलमा नेपालको बलियो टिम नेपाल पुलिस क्लव लाई ३—१ को गोल अन्तरले पराजित गर्दै पाहुना टोली ब्ल्याक बुल्सले उपाधि जित्दै नयाँ इतिहास कोर्न सफ भयो… पुरा पढौ

शनिबार बिहान ७ः०० बजे पोखरामा पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता सुरु हुने, २१ देशका करिब ८ हजार जना दौडने

पोखरा २, फागुन, खेलकुदको शहर पोखरामा शनिबार बिहान ठिक ७ः०० बजे १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता सुरु हुने भएको छ । ४२ किलोमिटरको म्याराथन प्रतियोगितामा २१ देशका ८० विदेशी सहित १ सय ५० जना धावक सहभागि हुने आयोजक नेपाल भूतभुर्व खेलाडी मञ्चले जनाएको छ । उक्त प्रतियोगितामा ८ जना महिला धावक सहित २१ देशका १ सय ५० जना धावकहरु सहभागि हुने भएकात्यसै गरी हाफ म्याराथन महिला तर्फ १० देशका सहित ४० जना जना हाफ म्याराथन पुरुषतर्फ १० विदेशी… पुरा पढौ

तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी

पोखरा, २ फागुन, उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता फागुन ४ गते देखी शुरु हुने भएको छ । प्रतियोगिताको शुक्रबार खेलतालिका सार्वजनीक भएको छ । फागुन ४ देखी ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालय तर्फ १३ विद्यालयले भाग लिएका छन् भने क्याम्पस तर्फ ९ क्याम्पसले सहभागीता जनाएका छन् । प्रतियोगिताको विजेता टोली नगद १ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसै गरी दोस्रो… पुरा पढौ

कास्की क्रिकेट लिगः लेकसाईडमाथि कास्कीको फराकिलो जित

पोखरा, फागुन २, माछापुच्छ«े क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरेको छ । कास्की क्रिकेट लिग अन्तर्गत शुक्रबार पोखरा क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जितेको अरण्यज्योतिले प्रदीप पौडेलको ४४ रनको योगदानमा १२७ रन बनायो । ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । आशिष पौडेलले २६ रन बनाउन १८ बल खेले । उनले ३ चौका र १ छक्का प्रहार गरे । त्यस्तै प्रवीण पौडेलले भने २१ रनको योगदान दिए । अभिषेक थापा र प्रमोद बास्तोलाले समान… पुरा पढौ

अल्फा स्कुलमा अन्तराष्ट्रिय शान्ति टर्च

पोखरा पोखराको लामाचौरस्थित अल्फा बोर्डिङ्ग स्कुलमा अन्र्तराष्ट्रिय शान्ति प्रर्वतनात्मक कार्यक्रम सम्पन्न भएको छ । चिन्मोई फाउण्डेसनले प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने कार्यक्रम अन्तर्गत यस वर्ष सो विद्यालयमा गरिएको हो । शान्तिको प्रतिक टर्च भ्रमण गराईएको कार्यक्रममा शाान्तिका लागि दौंड मार्फत अन्र्तराष्ट्रिय समुदायमा शाान्ति र भातृत्वको कामना सहित सम्पुर्ण विश्व नै एउटा सिंगो परिवार भएको सन्देश दिन खोजिएको श्री चिन्मोइ वन नेस होम पिस रनका राष्ट्रिय संयोजक श्वेता प्रधानले जानकारी दिनुभयो ।अमेरिका, अष्ट्रेलिया, उज्वेकिस्तान, जापान सहित १० वटा राष्ट्रका १५… पुरा पढौ

१२ लाख नगद पुरस्कार सहितको आहा ! रारा पोखरा गोल्ड कपको उपाधि कसले चुम्ला त ? उज्विकिस्तानको ब्ल्याक बुल्स र नेपाल पुलिस क्लव ! (प्रशिक्षकको भनाई भिडियोमा)

दीननाथ बराल,पोखरा २, फागुन. १२ लाख नगद पुरस्कार सहितको यस बर्षको आहा ! रारा पोखरा गोल्ड कपको उपाधि कसले चुम्ला त भन्ने धेरैको खुल्दुली भएको छ । छैटौं देखि सातौ हुदै आठौं उपाधि माथि कब्जा जमाउदै ह्याट्रिक पूरा गरी, क्याराभान सहित ६ पटकको विजेता नेपाल पुसिल अब सातौं उपाधि रक्षाको खोजि गर्दै गर्दा पाहुना टोली आहा रारा पोखरा गोल्ड कपमा पहिलो पटक सहभागि भएको उज्विकिस्तानको बी डिभिजनको टिम संलग्न ब्ल्याक बुल्स नेपालको पोखरामा नयाँ इतिहार कोर्न चाहन्छ । पोखराको प्रतिष्ठित… पुरा पढौ

द क्लिफमा ‘ट्यान्डम बन्जी’ र ‘मेगाट्रोल’ सुरु, फेब्रुअरी भरी छुटैछुट

काठमाडौँ पर्यटकहरुका लागि समय समयमा नयाँ एड्भेन्चर पस्किरहेको द क्लिफले भ्यालेन्टाइन्स डेको अवसरमा ट्यान्डम (दुईजनासँगै खेल्न मिल्ने) बन्जी र  विश्वकै लामो तथा अग्लो मेगाट्रोल  सञ्चालनमा ल्याएको छ । साथै प्रेमिल महीना फेब्रुअरी भरी एड्भेन्चर तर्फ ट्याण्डम स्विङ, स्काइ साइकल, स्काइ क्याफे र रिसोर्ट तर्फ कटेज रुममा २० प्रतिशत छुट उपलब्ध भएको जनाइएको छ । स्वीङ गर्दा जोडीलेसँगै खेल्ने सुविधा पहिले नै भए पनि बन्जीमा भने नयाँ सुरुवात गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । "अब पर्यटकहरुले आफूले चाहेको व्यक्तिसँग… पुरा पढौ