खेलकुद

पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा २१ देशका १५० जना सहभागि हुने, म्याराथन सहित १४ इभेण्टमा दौड हुदै

दीननाथ बराल,पोखरा १, फागुन, पर्यटनको शहर पोखरामा शनिबार हुने १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको छ । ४२ किलोमिटरको म्याराथन प्रतियोगितामा २१ देशका ८० विदेशी सहित १ सय ५० जना धावक सहभागि हुने आयोजक नेपाल भूतभुर्व खेलाडी मञ्चले विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो । शनिबार बिहान ७ः०० बजे हुने उक्त प्रतियोगितामा ८ जना महिला धावक सहित २१ देशका १ सय ५० जना धावकहरु सहभागि हुने भएकात्यसै गरी हाफ म्याराथन महिला तर्फ १० देशका… पुरा पढौ

कास्की क्रिकेट लिगः पोखरा र सांग्रिलाको सहज जित

पोखरा फागुन १, पोखरा क्रिकेट क्लबले लेकसाईड क्रिकेट क्लबलाई १३० रनले पराजित गर्दा सांग्रिला क्रिकेट क्लबले राईजिङ पोखरा क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको छ । टस हारेर व्याटिङ पाएको राईजिङले कृष्ण पौडेलको व्याटिङ प्रेरित राईजिङले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनको लक्ष्य प्रस्तुत गर्यो । पौडेलले ५५ बलमा ८० रनको विर्सनलायक प्रदर्शन गरे । ९ चौका र ४ छक्का रह्यो । त्यस्तै विक्रम विमल खत्रीले १८ रन मात्रै बनाए । अन्य व्याटर भने खुलेर खेल्न सकेनन् । लक्ष्मण… पुरा पढौ

विरेन स्मृति कपमा ‘गन्नी एफसी’ च्याम्पियन, विकास परियार बने सर्वोत्कृष्ट

पोखरा, २९ माघ, पोखरा महानगरपालिका–१ टुंडिखेलमा सम्पन्न आठौं विरेन स्मृति एवम् १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा गन्नी एफसी च्याम्पियन बनेको छ । ‘हामी एक हौं’ भन्ने नारासहित सामाजिक क्षेत्रमा क्रियाशिल बुद्धटोल युवा क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा रामघाटलाई १–० गोल अन्तरले पराजित गर्दै गन्नी एफसी च्याम्पियन बनेको हो । गन्नीको जीतमा विकास परियारको गोलनै निर्णायक बन्यो ।च्याम्पियन बनेको गन्नी एफसीले नगद रु १ लाख ८१ हजार १ सय ११, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त… पुरा पढौ

पाहुना टोली थन्डर नर्थलाई पराजित गर्दै उज्विकिस्तानको ब्ल्याक बुल्स क्लव आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा

दीननाथ बराल, पोखरा २९, माघ, पाहुना टोली उज्विकिस्तानको ब्ल्याक बुल्स फुटवल क्लव पोखरामा जारी २४ औं सस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८१ को सेमिफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटवल मैदानमा आज (मंगलबार) भएको अन्तिम तथा चौथोे क्वाटरफाइनल खेलमा पाहुना टोली भारत सिक्किमको थन्डर नर्थ यूनाइटेड फुटवल क्लवलाई ३—० को गोल अन्तरले पराजित गर्दै ब्ल्याक बुल्स सेमिफाइनलमा यात्रा तय गरेको हो । ब्ल्याक बुल्सको जितमा इस्लोम्जोम अब्दुकोडिरोभ, सइदजामोल दवलतजोनोभ र शभकात्जोन सत्तोरोभले एक÷एक गोलको योगदान दिनुभयो… पुरा पढौ

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी थाल्न मन्त्री थापाको निर्देशन

पोखरा प्रदेश खेलकुद परिषदको दशौं पूर्ण बैठक पोखरामा मंगलबार सम्पन्न भएको छ । बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता, आसन्न प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि आवश्य अपुग रकम प्रदेश सरकार संग आग्रह गर्ने लगायतका निर्णय गरेको छ भने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गर्न जिल्ला खेलकुद विकास समितिहरुलाई परिचालन गर्ने निर्णय गरेको छ । बैठकको अध्यक्षता गरेका गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी थाल्न निर्देशन दिए । उनले विगतको शाखलाई… पुरा पढौ

माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

माघ २९, हेमजा, कास्की माछापुच्छ्रे गाउँपालिका वडा न(९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता – २०८१,को सम्पुर्ण तयारी पुरा भएको क्लबका अध्यक्ष सुक ब। तामाङले बताए । सिधिङ युनाईटेडले क्लबको वार्षिक उत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गरेको हो । माछापुच्छ्रे गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा न(९, का अध्यक्ष हरि ब। क्षेत्रीले स्थानियमा उत्साह उमंग देखिएको छ, त्यसैले प्रतियोगिताले समग्र माछापुच्छ्रे« गा।पाको खेलकुद क्षेत्रको विकास सँगै कला, संस्कार र संकृतिको जगेर्ना… पुरा पढौ

एशिया कपका लागि ट्राईयाथलन टोलीलाई बिदाई

भरतको चेन्नाई सहरमा आयोजना हुने एशिया ट्राइयाथलन कपमा सहभागी हुन जाने नेपाली ट्राइयाथलन टोलीलाई आज बिदाई गरियो । संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ र महासचिव युवराज सुनुवारले टोलीलाई बिदाई गरेका हुन् । चेन्नाई जाने टोलीमा पुरुष तर्फ मौलिक महजैन र यजु महर्जन तथा महिला तर्फ युस्का महर्जन रहेका छन् । यस्तै टिम ब्यवस्थापकमा मिकेन महर्जन र निर्णायकहरुमा शुभ श्रेष्ठ र बिनोद तण्डुकार रहेका छन् । फागुण ४ ९१६ फेबु्रअरी०मा आयोजना हुने एशिया कपमा सहभागी हुन मौलिक महर्जन र युस्का महर्जन… पुरा पढौ

अन्तिम एक मिनेट सम्हालिन नसक्दा डिफेण्डिङ च्याम्पियन आर्मी चर्च ब्वाईज यूनाइटेडसंग पराजित

दीननाथ बराल,पोखरा २८, माघ, अन्तिम एक मिनेट सम्हालिन नसक्दा डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लव चर्च ब्वाईज यूनाइटेडसंग पराजित भएको छ । खेलमा एक मिनेटको कति महत्व हुन्छ भन्ने कुरा पोखरामा जारी २४ औं सस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८१ को तेश्रो क्वाटरफाइनल खेलमा चर्च ब्याइज र आर्मी बिचको खेलले प्रष्ट्याएको छ । चर्च ब्वाईज यूनाइटेड पोखरा रंगशालाको फुटवल मैदानमा आज (सोमबार) भएको तेश्रो क्वाटरफाइनल खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लवलाई खेलको अन्तिम एक मिनेट भित्र अर्थाक केही… पुरा पढौ

कास्की क्रिकेट लिगः अरण्यज्योति र कास्की विजयी

पोखरा, माघ २८, माछापुच्छ«े क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै कास्की क्रिकेट क्लब कास्की टी–२० क्रिकेट लिगमा अपराजित यात्रा कायमै राखेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धामा माछापुच्छ«े क्रिकेट क्लबले दिएको ८४ रनको लक्ष्यलाई कास्कीले तीन विकेटको क्षतिमा पुरा गर्दै आफनो जितलाई निरन्तरता दियो । टस जितेर व्याटिङ गरेको माछापुच्छ«ेले अभिषेक थापाको ३० रनको योगदानमा ८४ रनको योगफल तयार पार्यो । अन्य व्याटरले भने दोहोरो अंकको रनफल तयार पार्न सकेनन् । अनुप पौडेल, विश्वास… पुरा पढौ

सहाराका ६ जना खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

पोखरा, २८ माघ, सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा अनुबन्धित भएका छन् । क्लबले संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा तेस्रो ब्याचका खेलाडीहरुमध्ये ६ जना सोमबार ब्रिगेड ब्वाइजमा अनुबन्धित भएका हुन् । क्लब अध्यक्ष केशवराज बरालले खेलाडीहरु विशाल नेपाली, मुकुन्दकुमार निउरे, अभिषेक रानामगर, भागवत चौधरी, सन्तोष शाही र अशोक रेग्मीलाई ब्रिगेड ब्वाइजको जिम्मा लगाएका हुन् । यसैबीच, ब्रिगेड ब्वाइजले सहारा फुटबल एकेडेमीमा रहेका खेलाडीको उत्थानको लागि… पुरा पढौ