खेलकुद

न्यूरोड हब ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिताको च्याम्पीयन

पोखरा, चैत १५, पोखरामा सम्पन्न ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि न्यूरोड हबले जितेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा शुक्रबार सम्पन्न प्रतियोगितामा ४ अंक जोडेको न्यूरोड हब प्रतियोगिताको च्याम्पीयन बनेको हो । न्यूरोड हबले पहिलो दिन लेखनाथ ईगल्सलाई ७ विकेट र अन्तिम दिन लेकसाईड फाल्कोनलाई ३ विकेटले पराजित गरेको थियो । समान खेलमा लेखनाथ ईगल्सले एक खेल जितेर २ अंक बटुल्दै दोश्रो हुँदा लेकसाईड फाल्कोन जितिविहीन् बन्दै अंक… पुरा पढौ

चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगितामा लेखनाथ ईगल्सको पहिलो जित

पोखरा, चैत १४, पोखरामा जारी ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगितामा लेखनाथ ईगल्सले पहिलो जित निकालेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा भइरहेको प्रतियोगिताको दोस्रो खेलमा लेखनाथ ईगल्सले लेकसाईड फाल्कोनलाई ५६ रनले पराजित गरेको हो । यसअघि बुधबार भएको उद्घाटन खेलमा लेखनाथ ईगल्स न्यूरोड हबसँग ७ विकेटले पराजित भएको थियो । लेखनाथस्थित इडेन हेभेन क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ ईगल्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सबै विकेट… पुरा पढौ

पोखरामा लायन्स कप राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरूष भलिवल प्रतियोगिता हुने (भिडियो सहित)

दीननाथ बराल,पोखरा १४, चैत, पर्यटनको राजधानि पोखरामा प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरूष भलिवल प्रतियोगिता २०८२ हुने भएको छ । लायन्स ईन्टरनेश्नल डिष्ट्रिक ३२५ एमको आयोजनामा पोखरा रंगशालाको कभर्डहलमा आउँदो वैशाख १८ देखि २२ गतेसम्म उक्त प्रतियोगिता हुने भएको आज(बिहीबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । यसै सम्बन्धि भिडियो सामाग्रि https://www.youtube.com/watch?v=UWE4ufINgRQ ५ दिन चल्ने प्रतियोगितामा विदेशी सहित ६ टिमको सहभागी हुने डिष्ट्रिक गभर्नर चण्डीप्रसाद अर्यालले बताउनु भयो । पाहुना टोली पाकिस्तान भलिवल क्लव इस्लामावाद, नेपाल पुलिस… पुरा पढौ

चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिता पोखरामा शुरु

पोखरा, चैत १३, ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगितामा न्यूरोड हबले बिजयी शुरुवात गरेको छ । पोखरामा बुधबारदेखि शुरु भएको उक्त प्रतियोगिता पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा शुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा न्यूरोड हबले लेखनाथ ईगल्सलाई ७ विकेटले हराएको हो ।लेखनाथ स्थित इडेन हेभेन क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ ईगल्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । लेखनाथ… पुरा पढौ

‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिता–२०८१ भोलिदेखि

पोखरा, चैत १२, पोखरामा भोलिदेखि ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा प्रतियोगिता हुने भएको हो । इडेन हेभेन क्रिकेट मैदान, लेखनाथमा भोलिदेखि शुरु हुने प्रतियोगिता चैत १५ गतेसम्म हुने आयोजक महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । प्रतियोगितामा ३ टिमले प्रतिष्पर्धा गर्ने पोखरा महानगरपालिका क्रिकेट संघले जनाएको छ । यसअघि पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा गत फागुन अन्तिम साता भएको… पुरा पढौ

पोखरा कप राष्ट्रिय ह्यान्डबल, लिग चरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त हुने

सागर सुनार,पोखरा ४ चैत, प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगितामा लिग चरणका खेलहरु सकिएका छन् । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा जारी राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको दोस्रो दिन लिग चरणका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । सोमबार भएको समुह ‘बी’ तर्फको भएको विभागिय डर्वीमा त्रिभुवन आर्मीले जित हासिल गरेको छ । आर्मीले अर्को विभागिय टोली एपिएफलाई १९–१४ को अन्तरले पाखा लगायो । आर्मीको जितमा आकाश अधिकारीले सर्वाधिक… पुरा पढौ

पोखरा कप राष्ट्रिय पुरुष ह्यान्डबल सुरु, दुइ खेल जित्दै गण्डकी सेमीफाइनलमा

पोखरा ३, चैत, प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा आइतबारदेखि राष्ट्रिय ह्यान्डबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन घरेलु टोलि गण्डकीले दुई खेलमा जित निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको छ । गण्डकीले सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हराउँदै अन्तिम चारको यात्रा सुरु गरेको हो । प्रतियोगिताको पहिलो दिन कुल चार खेल सम्पन्न भए । पहिलो खेलमा… पुरा पढौ

‘स्लो’ स्कुटर रेसमा लिला प्रथम, डोरीतानमा सूर्यतारा र दिदीबहिनी फाइनलमा

पोखरा १ चैत्र, दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत शुक्रबार सय मिटर खुला महिला ‘स्लो’ स्कुटर रेस प्रतियोगिता सञ्चालन भयो । ‘स्लो’ स्कुटर रेस प्रतियोगितामा लिला कुमारी चोचाङ्गी पुर्जा ४ मिनेट २ दशमलव १८ सेकेन्डमा दूरी पुरा गर्दै प्रथम भएको नेपाल खेलकुद महासङ्घ कास्कीका अध्यक्ष ईश्वर अधिकारीले जानकारी दिए । उनले १९ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पारिन् । यसैगरी ३ मिनेट २४ दशमलव ६८ सेकेन्डमा दूरी पुरा गर्दै सन्जु लामिछाने द्वितीय बनिन् । कुल ४२… पुरा पढौ

मादीको विकासको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने मुख्यमन्त्री पाण्डेको भनाई

पोखरा २८, फागुन, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पान्डेले मादीको विकासको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनु भएको छ । कास्कीको मादी गाउँपालिकाको ९ औं स्थापना दिवसको समारोहमा मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डे उक्त कुरा बताउनु भएको हो । मादी गाउँपालिका आफैमा पर्यटकीय र सम्भावना भएको क्षेत्र भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले पालिकाको समृद्धि र विकासको लागि आवश्यक विकास योजनामा सहयोग गर्ने वचन दिनुभएको हो । मादी गाउँपालिकाले पालिका स्थापनाको ९ औं बर्ष गाँठको अवसरमा दोस्रो अध्यक्ष कप खुला भलिबल… पुरा पढौ

दशौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशका ३ हजार ३७६ जना खेलाडी दर्ता, दर्ता छुट भए सम्पर्क गर्न आग्रह

पोखरा, प्रदेश खेलकुद परिषद गण्डकीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरू गरेको छ । परिषदले मंगलबार प्रदेश खेलकुद संघहरुका बीच एक छलफल कार्यक्रम गरी तयारी सुरू गरेको हो । आगामी वर्ष २०८२ को जेठ ३ देखि १० गते सम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदका लागि दर्ता छुट भएका खेलाडीहरुलाई चैत्र ५ गते सम्म दर्ताका लागि खुल्ला गरिएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले जनाएका छन् । परिषदले पालिकातहबाटै खेलाडी छनौटका लागि तयारी सुरू गरिएको बताउँदै… पुरा पढौ