
पोखरा, ३, साउन,
प्रदेश खेलकुद परिषद, गण्डकी प्रदेशका सदस्य विनय थापालाई परिषदको निमित्त सदस्य सचिवको जिम्मेवारी सम्हाल्नु भएको छ । परिषदका सदस्य सचिव श्रीधर शर्माको विदेश भ्रमण तथा बिदाका कारण उक्त जिम्मेवारी अस्थायी रूपमा थापालाई दिइएको परिषदले जनाएको छ ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा शर्माको बिदा मिति २०८२ साल साउन ४ गतेदेखि २० गतेसम्म स्वीकृत गरिएको छ । शर्मा साउन २ गतेदेखि नेपाल बाहिर जाने भएपछि परिषदको कार्य सञ्चालनमा सहजता ल्याउन थापालाई साउन २ गतेदेखि २० गतेसम्मका लागि जिम्मेवारी दिइएको दिनु भएको हो ।
यस अवधिमा परिषदको आर्थिक पक्षसँग सम्बन्धित, नीतिगत कामहरू, बोर्ड बैठक बोलाउने बाहेक अन्य कामहरु गर्न सक्ने नियुक्त पत्रमा उल्लेख गरिएको छ । सदस्य सचिव शर्माले पत्रमार्फत थापाले तोकिएको जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।




