
दीननाथ बराल,
पोखरा ९, भदौ,
नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा पोखराको अन्नपूर्ण केवलकारले बिषेश छुटमा केवलकार चढाउने भएको छ । पोखराको सेदिबगर देखि सराङकोटसम्मको केवलकार यागर्दा भोलि (मंगलबार ) तिज पर्वको अवसरमा महिलाहरलाई २ सय ५० रुपैयामा जान तथा आउन पाउने पाउने भएका छन्।
त्यसै गरी गणेश चतुर्थीको पावन अवसरमा भदौं ११ गते बुधबार नेपाली र भारतीय पर्यटक तथा दर्शनार्थीहरुलाई ५० प्रतिशत छुटमा केवलकार चढाउने भएको अन्नपूर्ण केवलकार लिमिटेडका जनरल म्यानेजर दिनेश पौडेलले बताउनु भयो । बुधबार बिहान ७ः०० बजे देखि केवलकार सेवा संचाmन हुने कम्पनीले जनाएको छ । अन्य दिनमा भने बिहान ९ः०० बजेबाट मात्र उक्त सेवा संचालन हुदै आएको छ । अन्नपुर्ण केवलकार बेलुका ५ः०० बजेसम्म संचालन हुन्छ ।
सेतीबगर देखि सराङकोट जाने र आउने यात्रुकोे शुल्कमा बुधबार ५० प्रतिशत छुटमा ३ सय ५० रुपैया नेपाली र भारतिय पर्यटकलाई ५० प्रतिशत छुट गर्दा ५ सय रुपैयामा केवलकारमा चढाइने भएको छ ।केवलकारबाट पोखरा १८ फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट डाडाँमा पुग्न सकिन्छ । नेपालीहरुको लागि केवलकारमा जाने र आउने शुल्कः ७ सय रुपैया रहेको छ भने भारतीय पर्यटकहरुको हकमा १ हजार शुल्क निर्धारण गरिएको छ ।
२.४ किलोमिटर दुरीमा हाल उक्त केवलकारको लागि १८ वटा टावर रहेकाछन भने एक सामान वोक्ने सहित १८ वटै गुण्डला (डिब्बा) जडान भएको छ । प्रति डिब्बामा ८ जनाको सिट क्षेमता रहेको छ भने प्रति घण्टा ५ सय जना यात्रु ओहोर दोहोर गर्न सकिने भएको कम्पनीले जनाएको छ । केबलकारमा यात्रा गर्दा हिमाल, फेवाताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
त्यसै गरी सराङकोटमा सराङकोट धाम जहाँ ५१ फिट अग्लो गणेशको मुर्ति दर्शनको लागि हरेक मंगलबार नेपालीलाई २० प्रतिशत छुट, सराङकोट धाममा हरेक सोमबार महाआरती हुने हुँदा साँझ ४ बजे पछि यात्रुहरुको लागि २ सय ५० रुपैयामा केवलकारको यात्रा हुने भएको छ ।







