खेलकुद

कोटिहोममा रहेका जल सहित कलश लैजादै भक्तजन

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आएका भक्तजनले आज देखि जल सहितको कलश लैजान थालेका छन्। सोमबार यज्ञको पूर्णहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनले घर लैजान थालेका छन् । धेरैजसो भक्तजनले पहिल्य नै कलश बुकिङ गरेका थिए भने कतिपय भत्तजनले आज नै पैसा तिरेर जल सहितको कलश लिएका हुन् । अहिले सम्म ५ हजार कलश वुकिङ भइसकेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । गत महिना वैशाख १६ गते पोखरामा गंगाको… पुरा पढौ

सातौं राष्ट्रिय आर्चरीमा गण्डकीको बर्चस्व कायम

पोखरा, सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको छ । शुक्रबार र शनिवार पोखरा रंगशालाको कभर्ड हलमा सम्पन्न सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको हो । प्रतियोगितामा कम्पाउण्ड मेन पुरुष तर्फ स्वर्ण, कम्पाउण्ड महिला तर्फ गण्डकी स्वर्ण, स्ट्याण्डर्ड महिला सिंगलमा गोल्ड, स्ट्याण्डर्ड पुरुष सिंगल तर्फ सिल्भर, स्ट्याण्डर्ड मिक्स तर्फ गोल्ड, स्ट्याण्डर्ड पुरुषतर्फ गोल्ड, रिकर्भ मिक्स टिममा ब्रन्च र रिकर्भ पुरुषतर्फ गण्डकीले ब्रन्च मेडल प्राप्त गर्न सफल भयो । प्रतियोगितामा… पुरा पढौ

एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिभा मावि र सृजना मावि भिड्ने

पोखरा, जेठ २४, पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपको उपाधिका लागि प्रतिभा मावि र सृजना मावि भिड्ने भएका छन् । पोखराको लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा शनिबार भएको सेमीफाइनल खेलहरुमा प्रतिभा माविले रत्नज्योति सेकेण्डरी स्कुल र सृजना माविले मदरल्याण्ड सेकेण्डरी स्कुललाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् । उपाधि भिडन्त आईतबार हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो सेमीफाइनल खेलमा प्रतिभा माविले रत्नज्योति सेकेण्डरीलाई ९… पुरा पढौ

७ औं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप पोखरामा सुरु, पहिलो दिन गण्डकीको काश्य जित

पोखरा, जेठ २३ – पोखरामा सुरु भएको ७औं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ अन्तर्गत शुक्रबार पहिलो दिनको खेलहरू सम्पन्न भएका छन्। प्रतियोगितामा गण्डकी प्रदेशका टिमहरूले केही इभेन्टमा काश्य पदक जितेका छन्। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु भएको प्रतियोगितामा रिकर्व, कम्पाउण्ड र स्ट्यान्डर्ड तीन विधा अन्तर्गत पुरुष तथा महिला खेलाडीहरूबीच र्‍याङ्किङ राउण्ड र केही सेमिफाइनल खेलहरू सम्पन्न भएका हुन्। रिकर्व मेन्स इन्डिभिजुअलतर्फ नेपाल पुलिस क्लबका तिलक पुन ३०० मध्ये २८५ अंकसहित शीर्ष स्थानमा रहे। गण्डकी ‘ए’ का अशिम शेरचन २७८ अंकसहित… पुरा पढौ

प्रतिभामा ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर’ हुने

पोखरा, जेठ २३, पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले गण्डकी प्रदेशस्तरिय क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२ आयोजना गर्ने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आउँदो असार १ देखि ७ गतेसम्म विभिन्न खेलकुद सहित रचनात्मक गतिविधिका प्रतियोगिता हुने विद्यालयले बताएको छ । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार असार १ देखि ३ गतेसम्म खेलकुद गतिविधि र असार ७ गते हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता हुनेछन । यो अवधिमा छात्रा र छात्रको बास्केटबल, भलिवल, टेवलटेनिस, ब्याडमिन्टन प्रतियोगिता हुने प्राचार्य… पुरा पढौ

पोखरामा नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु

पोखरा २१, जेठ, मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्स प्लेक्सको आयोजनामा आज ९बुधबार० देखि पोखरामा चौथो संस्करणको मोहन मेमोरियल नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगिता–२०८२ सुरु भएको छ । जेठ २४ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष राजेश गुरुङले गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाँले नीजि क्षेत्रबाट उक्त प्रतियोगिता हुनु निकै प्रशंसानिय कार्य भएको बताउनुभयो ।४ वटा उमेर समुह र पोखरा महानगरपालिका वडा स्तरिय इभेण्टमा हुने उक्त प्रतियोगिता हुदैछ् । फिट… पुरा पढौ

प्रचण्ड कप राष्ट्रिय महिला भलिवल प्रतियोगिताको तयारी पूरा,पोखरामा जेठ २७ देखि हुने प्रतियोगितामा गण्डकी प्रदेश सहित ६ टिम सहभागि हुने

दीननाथ बराल, पोखरा २१, जेठ, नेशनल स्पोट्र्स एकेडेमीको आयोजनामा यही जेठ २७ गते देखि पोखरा रंगशालामा हुने प्रचण्ड कप राष्ट्रिय महिला भलिवल प्रतियोगिताको तयारी पूरा भएको छ । पोखरा रंगशालाको कभर्डहलमा हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । प्रतियोगितामा घरेलु टिम गण्डकी प्रदेश सहित ६ टिमको सहभागिता हुने भएको छ । प्रतियोगितामा तीन विभागिय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यु डायमण्ड र एभरेष्ट भलिबल… पुरा पढौ

प्रदेश खेलकुद परिषद् गण्डकीको खाता रोक्का हुँदा राष्ट्रपति रनिङशील प्रभावित

दीननाथ बराल, पोखरा २०, जेठ, गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयले प्रदेश खेलकुद परिषद्को खाता रोक्का गरेपछि राष्ट्रपति रनिङशील प्रतियोगिता प्रभावित भएको छ । परिषद्ले यही जेठ २२ गतेबाट सुरु गर्ने तयारी गरेको प्रदेशस्तरीय छनोट प्रतियोगिता र त्यसपछि हुने बन्द प्रशिक्षण समेत प्रभावित भएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले बताउनु भयो । उक्त खाता रोकिएसंगै उक्तः प्रतियोगिता भने यही जेठ २६ र २७ गते गोरखामा हुने भएको उहाँले जनाउनु भयो । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि जिल्ला र… पुरा पढौ

एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपमा अमरसिंह र रत्न ज्योतिको पहिलो जित

पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीप अन्तर्गत मंगलबारको खेलमा अमरसिंह मावि र रत्न ज्योति सेकेण्डरी स्कुल बिजयी भएका छन् । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा अमरसिंह माविले न्यूलाईट सेकेण्डरी र रत्न ज्योतिले एसओएस हर्मन माईनर सेकेण्डरी स्कुललाई पराजित गर्दै पहिलो जित हात पारेका हुन् । मंगलबारको पहिलो खेलमा अमरसिंह माविले न्यूलाईटलाई ११८ रनको फराकिलो अन्तरले पराजित ग¥यो । न्यूलाईटले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा… पुरा पढौ

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ बाट रोहितराज पराजुली पुरस्कृत

पोखरा, यसवर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ बाट पत्रकार रोहितराज पराजुली पुरस्कृत भएका छन् । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आज भएको अन्नपूर्ण म्याराथनको पाँचौ संस्करणको समापन समारोहमा उहाँलाई नगद सहित पुरस्कृत गरिएको हो । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, नेपाल पर्यटन वोर्डका सदस्य ॠषिराम भण्डारी, प्रतिभा छनोट समितिका संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजवहादुर गुरुङ, अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ लगायतले नयाँपत्रिका दैनिकको पोखरा व्यूरोमा कार्यरत पत्रकार पराजुलीलाई सो पुरस्कारबाट अर्पण गरेका हुन् । पुरस्कारको… पुरा पढौ