खेलकुद

मनुश्री भिग्नजीतमा दर्शिल र सारालाई दोहोरो उपाधी

बैशाख ६,पोखरा, पोखरामा सम्पन्न चौथो मनुश्री भिग्नजीत जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाण्डौकी सारा पन्तले दुई स्वर्ण जितेका छन् । दर्शिलले १६ वर्ष मुनिको ब्वाइज सिंगल र ब्वाइज डबल्सतर्फको उपाधी जित्दा साराले गल्र्स यु–१४ र यु–१२ दुवै इभेण्टमा प्रथम स्थान हाँसिल गरिन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा असव सम्राट हाडालाई ६–१, ६–४ को सोझो सेटमा पराजित गर्दै दर्शिलले सिंगलतर्फको उपाधी जितेको हुन् । दर्सिलले ब्वाइज डबल्सतर्फ पनि उपाधि जित्न… पुरा पढौ

मनुश्री भिग्नाजित राष्ट्रिय जुनियर टेनिसमा सेमिफाइनल सम्पन्न ः समापन शनिबार

बैशाख ५,पोखरा, पोखरामा जारी चौंथो मनुश्री भिग्नाजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गतर शुक्रबार विभिन्न उमेर समुहमा सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्र्तगत यु–१६ गल्र्सको उपाधी अरुषी तुलाचनले जितेकी छन् । फाइनल खेलमा गृष्मा गुरुङलाई ६–३, ६–१ को सेटमा पराजित गर्दै सो उपाधी आफ्नों नाम गराएकी हुन् । १० वर्ष मुनि ब्वाइज सिंगलमा कायन चालिसेलाई ७–६, ४–६ र १०–८ ले पराजित गर्दै साहान्स बस्नेत विजयी भए । १० वर्ष मुनि गल्र्स सिंगलमा नायरा घलेले… पुरा पढौ

केपी ओली टी २० को उपाधि गण्डकी हिरोजलाई, काठमाडौंका दिपेन्द्र रावत म्यान अफ दि टुर्नामेन्ट

पोखरा ५ बैशाख, गण्डकी हिरोजले दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला पुुरुष क्लब स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सिइसी काठमाडौंलाई ५ विकेटले हराउँदै च्याम्पियन बनेको हो । च्याम्पियन गण्डकीले दश लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता काठमाडौंले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । १८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७.३ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनायो । गण्डकीका बसन्त कार्की २७ र… पुरा पढौ

केपी ओली कप टी २० क्रिकेट ः गण्डकी र काठमाडौं फाइनलमा

टस जितेर गण्डकी र काठमाडौं १० रनले विजयी हुँदै फाइनलमा प्रवेश गरेका हुन । पोखरा ४ वैशाख – सिइसी काठमाडौं र गण्डकी हिरोज पोखरामा जारी केपी ओली कप टी२० पुरुष राष्ट्रिय क्लब स्तरिय क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा बिहिबार वर्षाका कारण पहिलो सेमीफाइनल खेल ५ ओभरको खेलाइयो भने दोस्रो खेलको पहिलो इनिङ चलिरहँदा वर्षा भएपछि टस गराइएको थियो । प्रतियोगिताको पहिलो सेमीफाइनलमा हिमाल फ्रेन्ड्स क्रिकेट एकेडेमीलाई १० रनले हराउँदै काठमाडौं फाइनलमा प्रवेश… पुरा पढौ

आरुषी र गृष्मा मनुश्री भिग्नाजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको फाइनलमा

बैशाख ४,पोखरा, आरुषी तुलाचन र गृष्मा गुरुङ्ग पोखरामा जारी चौंथो मनुश्री भिग्नाजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गतर यु–१६ गल्र्स सिंगलको फाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको सेमिफाइनलमा आरुषीले सरिशा शेरचनलाई ६–४, ३–६ र ६–३ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाइन् । अर्को सेमिफाइनलमा गृष्माले आइसा मेक्लागनलाई ६–३, ६–३ ले पराजित गर्दै फाइनलमा आरुषीसंगको भेट पक्का गरिन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा यु–१६ ब्वाइज सिंगलतर्फ दर्शिल श्रेष्ठले सूर्यान्स श्रेष्ठलाई ६–२, ६–० ले, आसब सम्राट हाडाले सन्दिप… पुरा पढौ

केपी ओली कप टी २० ः समूह चरण सकियो, अत्तरिया सेमीफाइनलमा

पोखरा – ३ बैशाख, पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा समूह ‘डी’ बाट अत्तरिया क्रिकेट एकेडेमी प्रवेश गरेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहँदै सेमीफाइनल प्रवेश गरेको हो । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा १२५ रनको विजयी लक्ष्य पाएको अत्तरियाले १४.१ ओभरमा ४ विकेट गुमाउँदै १२८ रन बनायो । निश्चल क्षेत्री ३० र अर्जुन… पुरा पढौ

पोखरामा चौंथो मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शुरु

बैशाख ३,पोखरा, कास्की जिल्ला टेनिस संघको आयोजनामा बुधबारदेखि पोखरामा चौंथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले एक समारोहका विच टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटनका दिन विभिन्न उमेर समूहका खेलहरू सम्पन्न भएका छन् । सम्पन्न खेलहरूमा १४ वर्ष मुनि ब्वाइज सिंगलमा आर्यस राज पौडेलले शरण विकलाई ६–०, ६–० ले, स्पन्दन उदासले आरित मल्ललाई ६–०, ६–० ले, सुरेन्द्र विकले दर्शन… पुरा पढौ

पर्वत र आयोजक टोली बन्यो प्रथम एलिट भलिबल कप च्याम्पियन

पोखरा, पर्वत र आयोजक एलिट भलिबल प्रथम एलिट भलिबल कपको च्याम्पियन बनेका छन् । एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा–३, नदिपुरमा भएको उक्त प्रतियोगिताको पुरुषतर्फ पर्वत र महिलातर्फ एलिट भलिबल टोली च्याम्पियन बनेको हो । पर्वतले पिरामिड कन्ट्रक्सन हङकङलाई ३–१ को सेटमा पराजित ग¥यो । पहिलो सेट २६–२४ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको पर्वतले तेस्रो सेट १७–२५ ले पिरामिड कन्ट्रक्सनलाई सुम्पिएको थियो । चौथो सेटमा २५–२२ को पुनरागमन जित निकाल्दै पर्वतले उपाधि रक्षा ग¥यो । उपाधिसँगै पर्वतले ट्रफीसहित… पुरा पढौ

१५ औं वार्षिकोत्सवको अवसर पारी युनाईटेड क्लबद्धारा पोखरा बृद्धाश्रममा खाद्यान्न वितरण

पोखरा , युनाईटेड क्लब पोखराले १५ औं वार्षिकोत्सवको अवसर पारी पोखरा १७ मा रहेको पोखरा बृद्धाश्रममा खाद्यान्न वितरण गरेको छ । सामाजिक काम मार्फत छुट्टै पहिचान बनाउन सफल युनाईटेड क्लबले वैशाख ७ गते आफ्नो वर्षिकोत्सव मनाउने योजना अनुसार त्यसको अवसरमा वैशाख १ गते पोखरा १७ सितापाइलामा रहेको पोखरा बृद्धाश्रममा खाद्यान्न सहयोग गरेको हो । सो अवसरमा वोल्दै युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लब पोखराले पोखरामा पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेकाले पोखरा महोत्सवलाई सवै क्षेत्रको साथ… पुरा पढौ

चौंथो मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता बुधबार देखि

बैशाख २,पोखरा कास्की जिल्ला टेनिस संघको आयोजनामा बुधबारदेखि पोखरामा चौंथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता हुने भएको छ । आयोजक संघले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा ८, ९, १०, १२, १४ र १६ वर्षमुनि ब्वाइज तथा गल्सतर्फ सिंगल,डबल्स गरी विभिन्न १४ इभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक लोक गुरुङले पत्रकार सम्मेलनमा बताउनुभयो । १६ वर्ष सिंगलतर्फ बिजेताले नगद १५ हजार तथा उप–विजेताले नगद ७ हजार ५ सय सहित मेडल प्राप्त… पुरा पढौ