खेलकुद

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ बाट रोहितराज पराजुली पुरस्कृत

पोखरा, यसवर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ बाट पत्रकार रोहितराज पराजुली पुरस्कृत भएका छन् । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आज भएको अन्नपूर्ण म्याराथनको पाँचौ संस्करणको समापन समारोहमा उहाँलाई नगद सहित पुरस्कृत गरिएको हो । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, नेपाल पर्यटन वोर्डका सदस्य ॠषिराम भण्डारी, प्रतिभा छनोट समितिका संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजवहादुर गुरुङ, अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ लगायतले नयाँपत्रिका दैनिकको पोखरा व्यूरोमा कार्यरत पत्रकार पराजुलीलाई सो पुरस्कारबाट अर्पण गरेका हुन् । पुरस्कारको… पुरा पढौ

एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट प्रतियोगिता ः मदरल्याण्ड समूह बिजेता बन्दै सेमीफाइनलमा

पोखरा, जेठ १९, पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपमा मदरल्याण्ड सेकेण्डरी स्कुल लगातार दुई खेल जित्दै सेमीफाइनलमा प्रवेश गरेको छ । पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा मदरल्याण्डले त्रिवेणी पब्लिक स्कुलबिरुद्ध ९ विकेटको फराकिलो जित निकाल्दै सेमीफाइनलको यात्रा गर्ने पहिलो टिम बनेको हो । यसअघि मदरल्याण्डले आईतबार वाराही माविलाई ९ रनले पराजित गरेको थियो । सोमबारको खेल जितेर मदरल्याण्ड समूह बिजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र… पुरा पढौ

नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगिता पोखरामा बुधबार देखि हुने

दीननाथ बराल,पोखरा १९, जेठ, खेलकुदको शहर पोखरामा चौथो संस्करणको मोहन मेमोरियल नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगिता–२०८२ बुधबार देखि हुने भएको छ । मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्स प्लेक्सको आयोजनामा यही जेठ २१ गते देखि उक्त प्रतियोगिता हुने भएको आज(सोमबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । ३ वटा उमेर समुह र पोखरा महानगरपालिका वडा स्तरिय इभेण्टमा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको फाउण्डेसन तथा फिट नेपालका संस्थापक अध्यक्ष भुगोल गुरुङले बताउनु भयो । जेठ… पुरा पढौ

दोश्रो राष्ट्रिय डुंगा दौड प्रतियोगितामा पुरुषतर्फ फेवा हर्पन सहकारी र महिलातर्फ ताल पारी समुह प्रथम

जेष्ठ १८, पोखरा, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना तथा फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थापनमा पोखराको फेवातालमा आइतबार सम्पन्न दोश्रो राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ टोली तथा महिलातर्फ ताल पारी ‘बी’ प्रथम भएका छन् । पुरुषतर्फ बाराही डुंगा घाटले दोश्रो, स्विमिङपुल घाटले तेश्रो तथा फिष्टेल घाटले सान्त्वना स्थान हाँसिल गरे । महिलातर्फ गौरीघाटले दोश्रो पहारीघाटले तेश्रो तथा जलारी दिदी बहिनी समुहले सान्त्वना स्थान हाँसिल गरे । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ प्रथम हुने टिमले नगद… पुरा पढौ

पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट प्रतियोगिता ः डायमण्ड र प्रतिभाको बिजयी शुरुवात

पोखरा, पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपमा डायमण्ड सेकेण्डरी स्कुल र प्रतिभा माविले बिजयी शुरुवात गरेका छन् । पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा आईतबार भएको खेलमा डायमण्डले रत्न ज्योति सेकेण्डरी र प्रतिभा माविले कुमुदिनी होम्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुवात गरेका हुन् । आईतबार भएको पहिलो खेलमा वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा डायमण्ड सेकेण्डरीले रत्न ज्योति सेकेण्डरीलाई २ विकेटले पराजित गर्न सफल भयो । टस जितेर डायमण्डले फिल्डिङ रोजेपछि व्याटिङमा आएको रत्न ज्योतिले पूरै… पुरा पढौ

अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं १५ लाई

पोखरा, हेमजा युनाईटेडको आयोजनामा भएको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नंं। १५ ले हाता पारेको छ । गौरीशङ्कर खेल मैदान९गौरी० मा शनिवार भएको फाइनल खेलमा वडा नं। १ लाई २–० को गोल अन्तरले पराजित गर्दै वडा नं। १५ ले उपाधि चुमेको हो । विजेतासँगै वडा नं। १५ ले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । त्यसै गरी उपविजेता वनेको वडा नं। १ ले नगद ५५ हजार ५ सय ५५… पुरा पढौ

दोश्रो राष्ट्रिय डुंगा दौड प्रतियोगिताको तयारी पुरा ः मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

जेष्ठ १७, पोखरा, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना तथा फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थापनमा पोखराको फेवातालमा आइतबार हुने दोश्रो राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगिताको तयारी पुरा भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भोलि बिहान बाराही घाटमा उक्त प्रतियोगिताको उद्घाटन गर्नुहुने बताइएको छ । उद्घाटन समारोहमा गण्डकी प्रदेशका सामाजिक तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य तथा प्रदेश सांसदहरुको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने व्यवस्थापन समितिका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो । अध्यक्ष गिरीका अनुसार… पुरा पढौ

पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट प्रतियोगिता शुरु, उद्घाटन खेलमा मदरल्याण्डको बिजयी शुरुवात

पोखरा, जेठ १७, पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीप शुरु भएको छ । पोखरा महानगर क्रिकेट संघको आयोजना तथा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको मुख्य प्रायोजनमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको शनिबार भएको उद्घाटन खेलमा मदरल्याण्ड सेकेण्डरी स्कुलले बिजयी शुरुवात गरेको छ । लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा मदरल्याण्डले वाराही माविलाई ९ रनले पराजित गर्दै बिजयी शुरुवात गरेको हो । वाराहीले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा आएको मदरल्याण्डले निर्धारित १५… पुरा पढौ

खेलकुदमा दोब्बरले बजेट आउनु यसले खेल क्षेत्रमा उत्साह थपेको छः सदस्य सचिव घिसिङ

दीननाथ बराल, पोखरा १७, जेठ, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले खेलकुदको बजेट दोब्बरले बृद्धि हुनु खेलकुद क्षेत्रमा थप उत्साह बढाएको बताउनु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरा रंगशालाको मिडिया सेन्टरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले आफुहरुलाई यस बर्ष करिब ३ अर्बको बजेट सिलिङ माग भए पनि बजेट दोब्बरले बढी आउनु निकै खुसि र यस क्षेत्रमा उत्साह बढाएको बताउनु भएको हो । https://www.youtube.com/watch?v=cm8Cg-hbFIU पोखरा रंगशाला सहित पोखरा क्षेत्रमा खेलकुदका भौतिक संरचना… पुरा पढौ

पिएम कप एनभिएमा हेल्प नेपाल र पुलिसलाई उपाधि

पोखरा १५, जेठ, पोखरामा विहिबार सम्पन्न भएको पिएम कप एनभिए भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल स्पोर्टस क्लब र नेपाल पुलिस क्लवले उपाधि रक्षा गरेका छन् । गत बर्षकै विजेता टोलीले यस बर्ष पनि पोखरामा भएको फाइनल खेलमा समेत जित हासिल गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका हुन् । पोखरा रंगशालाको कभर्ड हलमा विहिबार भएको नवौ पिएम कप एनभिए भलिबल लिगमा घरेलु टोली पुरुष तर्फ गण्डकीलाई ३–२ को सेटमा पराजित गर्दै नेपाल स्पोर्टस क्लबले उपाधि जितेको हो । फाइनलमा… पुरा पढौ