
दीननाथ बराल,
पोखरा १३, कार्तिक,
सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीको सहयोगार्थ सहारा क्लब पोखराले आयोजना गर्न लागेको च्यारिटी डिनर नाइट तथा सांस्कृतिक कार्यक्रममा सहारा यूकेसहित विदशेमा रहेका खेलकुकर्मी एवं समाजसेवीले सहयोग गर्नु भएको छ । क्लवको उक्त अभियानलाई सफल पार्न विदेशी र स्वदेशबाट व्यक्ति देखि विभिन्न संघ संस्थाहरुले आर्थिक सहयोग गरेको केहीले कार्यक्रममा घोषणा गर्ने भएको क्लबका अध्यक्ष केशव बहादुर थापाले पोखरा क्लिकलाई बताउनु भयो ।
पोखरा उपमहानगरपालिका १२ माटेपानीस्थित एसआरकेसी ब्याङ्वेटमा कात्तिक १४ गते(शुक्रबार) साँझ ५ देखि ८ बजेसम्म हुने कार्यक्रमका लागि सहारा यूकेबाट १ लाख रुपैयाँ, सहारा यूकेका पूर्वअध्यक्ष दिलीपकुमार गुरुङ एमबीईले ५१ हजार रुपैयाँ, कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष चन्द्रबहादुर गुरुङ र शान्ता गुरुङबाट ५१ हजार, तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ तथा आमा समूह अध्यक्ष कमला देवी गुरुङबाट २५ हजार, व्यवसायी दिलरास गुरुङ र श्रीमती शोभा गुरुङबाट २५ हजार, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र श्रीमती बिमला गुरुङबाट २५ हजार र यूके निवासी थोमस लामिछाने गुरुङले ५० हजार सहयोग गर्नु भएको क्लवले जनाएको छ ।
कार्यक्रमका लागि विभिन्न देशबाट सहयोग प्राप्त भइरहेको क्लबका अध्यक्ष केशव बहादुर थापाले बताउनुभयो । कार्यक्रममा हिमाली सांस्कृतिक परिवारको बिषेश प्रस्तुती रहने भएको छ भने देउसी भैलो सम्बन्धि ३ वटा नृत्य, कलाकार जय कुमार परियारको समेत प्रस्तुती रहने भएको उहाँले जनाउनु भयो । क्लवले यस बर्ष देउसी भैलो कार्यक्रम स्गथित गर्दै च्यारिटि डिनर नाइट गर्न लागेको हो । क्लबद्वारा पोखरा–१७, दोबिल्लामा संचालित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी सहयोगार्थ उक्त कार्यक्रम गर्न लागिएको थापाले पोखराक्लिकलाई बताउनु भयो ।
एकेडेमी सहयोगार्थ भएकाले कार्यक्रममा सहभागी हुन चाहनेले जनही २५ सय बुझाउनुपर्नेछ । त्यसवापत् खाना तथा विभिन्न सांस्कृतिक कार्यक्रम अवलोकन गर्न पाइनेछ । कार्यक्रमबाट बचत हुन आएको रकम एकेडेमीमा खर्चिने क्लब अध्यक्ष थापाले जनाउनु भयो । सहारा एकेडेमीका हाल चौथो ब्याचमा १४ जिल्लाका कठिन परिस्थिति तथा विपन्न वर्गका ३० जना बालकहरु आश्रित हुनुहुन्छ । उनीहरुलाई क्लबले निःशुल्क आवासीय सुविधा सहित शिक्षादीक्षा तथा फुटबल प्रशिक्षण दिँदैआएको छ । क्लवको स्थापनाकाल देखि हुदै आएको देउसी भैलो यस बर्ष तेश्रो पटक स्थगित भएको क्लवले जनाएको छ । उक्त च्यारिटिमा करिब ५ सय जना सहभागि हुने क्लवले जनाएको छ । करिब ५ सय जनालाई पत्रचार गरिएको क्लबका अध्यक्ष थापाले बताउनु भयो ।





