पोखरामा शनिबार हुने १० किलोमिटर पोखरा सडक दौडमा १ हजार २ सय जना धावक सहभागि हुने

-


     पोखरा क्लिक     
     कार्तिक २७ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, २७ कार्तिक,

पोखरामा शनिबार हुने खुल्ला १० किलोमिटर सडक दौड प्रतियोगितामा १ हजार २ सय जना धावक सहभागि हुने भएका छन् । कास्की जिल्ला एथलेटिक्स संघले पोखरामा पहिलो पटक यही कार्तिक २९ गते (शनिबार)आयोजना गर्न लागेको ‘एक्सट्रिम एनर्जी ड्रिङ्क्स पोखरा १० के रेस’मा १ हजार २ सय जना धावक सहभागि हुने भएको संघले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो ।

पोखरा रंगशालाबाट सुरू हुने दौडमा १० किमितर्फ ४६२ जनाले सहभागिता जनाउने भएकाछन् । जस मध्ये पुरूष ४१० र महिलातर्फ ५२ जना रहेको कास्की एथलेटिक्सका सचिब सिद्धान्त अधिकारीले बताउनु भयो । त्यस्तै विद्यालयस्तरिय ५ किमि दौड छात्र÷छात्रातर्फ कुल ७३८ जनाको सहभागिता रहने भएका छन भने छात्रतर्फ ४८२ जना र छात्रातर्फ २५६ जनाको सहभागि हुने भएको अधिकारीले जनाउनु भयो ।

एथलेटिक्स खेलको विकास र प्रवद्र्धन पहिलो पटक आयोजना गरिएको पोखरा १० के रेसमा उत्साहजनक रूपमा खेलाडीले देशैभरबाट आफ्नो नाम दर्ता गरेको कास्की एथलेटिक्सका अध्यक्ष गज बहादुर गुरूङले बताउनु भयो । उहाँले भन्नुभयो “हामीले पहिलो चरणमा १ हजार जनालाई सहभागी गराउने अपेक्षासहित मेडल र टिसर्टको व्यवस्था गरेका थियौँ, केही समय हेर्दै जाँदा धेरै खेलाडीहरु करिब १२०० जना खेलाडीको नाम दर्ता गरिसक्नुभयो। अब भने हामी खेलाडीलाई दर्ता लिन सक्दैनौ । ”

१० किमि दौड पहिलो हुने देखि लिएर पाँचौ स्थान सम्म प्राप्त गर्ने महिला÷पुरूषतर्फ समान नगद क्रमश प्रथम, दोश्रो, तेश्रो, चौथो, पाचौलाई २०, १५, १०, ७ र ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । विद्यालय छात्र÷छात्रा दौडतर्फ क्रमश पहिलो देखि पाँचौ स्थान सम्मका लागि १०, ७, ५, ३ र २ हजार नगद प्रदान गरिने छ ।

त्यस्तै टप २५ जना फिनिसरलाई गिफ्ट ह्याम्परको समेत व्यवस्था आयोजकले गरेको छ भने १० के दौड फिनिसरलाई मेडल प्रदान गरिने छ । प्रतियोगितालाई प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका र एक्सट्रिम एनर्जी ड्रिङ्कले सहकार्य गरेको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव १५ लाख खर्च लाग्ने संघले जनाएको छ ।

त्यसै गरी प्रतियोगितामा १० किलोमिटर सडक दौड तर्फ महिला तथा पुरुष उत्कृष्ट ३ जना खेलाडीहरुलाई पोखरा च्याम्पियन घोषणा सहित प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार सहित गिफ्ट ह्याम्पर प्रदान गरिने भएको छ ।



This will close in 20 seconds