पोखरा, ११ असार, पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्यमा पर्ने अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा गण्डकी सरकारले बोटानिकल गार्डेन बनाउने योजना अघि सारेको छ । यसका लागि आगामी वर्षको बजेटमा वन मन्त्रालय अन्तर्गत सरकारले २ करोड विनियोजन गरेको छ । मंगलबार प्रदेशसभाको शून्य समयमा प्रदेशसभा सदस्य भीमबहादुर कार्कीले संग्रहालयलाई बजेट छुट्याइनु अनुपयुक्त भएको विचार राख्नुभयो । उहाँले संग्रहालयको व्यवस्थापन पक्षले स्थानीय टोल विकास संस्था, आमा समूह र स्थानीय जनप्रतिनिधिसँग सरोकार नराख्ने, द्वन्द्व बढाउने मुद्दा हाल्ने, दुःख दिने गरेको जनगुनासो रहेको दाबी गर्नुभयो…
पुरा पढौ