खेलकुद

पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट प्रतियोगिता ः डायमण्ड र प्रतिभाको बिजयी शुरुवात

पोखरा, पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपमा डायमण्ड सेकेण्डरी स्कुल र प्रतिभा माविले बिजयी शुरुवात गरेका छन् । पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा आईतबार भएको खेलमा डायमण्डले रत्न ज्योति सेकेण्डरी र प्रतिभा माविले कुमुदिनी होम्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुवात गरेका हुन् । आईतबार भएको पहिलो खेलमा वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा डायमण्ड सेकेण्डरीले रत्न ज्योति सेकेण्डरीलाई २ विकेटले पराजित गर्न सफल भयो । टस जितेर डायमण्डले फिल्डिङ रोजेपछि व्याटिङमा आएको रत्न ज्योतिले पूरै… पुरा पढौ

अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं १५ लाई

पोखरा, हेमजा युनाईटेडको आयोजनामा भएको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नंं। १५ ले हाता पारेको छ । गौरीशङ्कर खेल मैदान९गौरी० मा शनिवार भएको फाइनल खेलमा वडा नं। १ लाई २–० को गोल अन्तरले पराजित गर्दै वडा नं। १५ ले उपाधि चुमेको हो । विजेतासँगै वडा नं। १५ ले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । त्यसै गरी उपविजेता वनेको वडा नं। १ ले नगद ५५ हजार ५ सय ५५… पुरा पढौ

दोश्रो राष्ट्रिय डुंगा दौड प्रतियोगिताको तयारी पुरा ः मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

जेष्ठ १७, पोखरा, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना तथा फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थापनमा पोखराको फेवातालमा आइतबार हुने दोश्रो राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगिताको तयारी पुरा भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भोलि बिहान बाराही घाटमा उक्त प्रतियोगिताको उद्घाटन गर्नुहुने बताइएको छ । उद्घाटन समारोहमा गण्डकी प्रदेशका सामाजिक तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य तथा प्रदेश सांसदहरुको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने व्यवस्थापन समितिका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो । अध्यक्ष गिरीका अनुसार… पुरा पढौ

पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट प्रतियोगिता शुरु, उद्घाटन खेलमा मदरल्याण्डको बिजयी शुरुवात

पोखरा, जेठ १७, पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीप शुरु भएको छ । पोखरा महानगर क्रिकेट संघको आयोजना तथा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको मुख्य प्रायोजनमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको शनिबार भएको उद्घाटन खेलमा मदरल्याण्ड सेकेण्डरी स्कुलले बिजयी शुरुवात गरेको छ । लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा मदरल्याण्डले वाराही माविलाई ९ रनले पराजित गर्दै बिजयी शुरुवात गरेको हो । वाराहीले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा आएको मदरल्याण्डले निर्धारित १५… पुरा पढौ

खेलकुदमा दोब्बरले बजेट आउनु यसले खेल क्षेत्रमा उत्साह थपेको छः सदस्य सचिव घिसिङ

दीननाथ बराल, पोखरा १७, जेठ, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले खेलकुदको बजेट दोब्बरले बृद्धि हुनु खेलकुद क्षेत्रमा थप उत्साह बढाएको बताउनु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरा रंगशालाको मिडिया सेन्टरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले आफुहरुलाई यस बर्ष करिब ३ अर्बको बजेट सिलिङ माग भए पनि बजेट दोब्बरले बढी आउनु निकै खुसि र यस क्षेत्रमा उत्साह बढाएको बताउनु भएको हो । https://www.youtube.com/watch?v=cm8Cg-hbFIU पोखरा रंगशाला सहित पोखरा क्षेत्रमा खेलकुदका भौतिक संरचना… पुरा पढौ

पिएम कप एनभिएमा हेल्प नेपाल र पुलिसलाई उपाधि

पोखरा १५, जेठ, पोखरामा विहिबार सम्पन्न भएको पिएम कप एनभिए भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल स्पोर्टस क्लब र नेपाल पुलिस क्लवले उपाधि रक्षा गरेका छन् । गत बर्षकै विजेता टोलीले यस बर्ष पनि पोखरामा भएको फाइनल खेलमा समेत जित हासिल गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका हुन् । पोखरा रंगशालाको कभर्ड हलमा विहिबार भएको नवौ पिएम कप एनभिए भलिबल लिगमा घरेलु टोली पुरुष तर्फ गण्डकीलाई ३–२ को सेटमा पराजित गर्दै नेपाल स्पोर्टस क्लबले उपाधि जितेको हो । फाइनलमा… पुरा पढौ

पोखरामा एक्सपर्ट एजुकेसन ईन्टर स्कुल ब्वाईज टि–२० क्रिकेट प्रतियोगिता जेठ १७ गतेदेखि हुने

पोखरा, जेठ १५, पोखरामा जेठ १७ गतेदेखि एक्सपर्ट एजुकेसन ईन्टर स्कुल ब्वाईज टि–२० क्रिकेट च्याम्पीयनसीप हुने भएको छ । पोखरा महानगर क्रिकेट संघको आयोजना तथा एक्सपर्ट एजुकेसन कन्सल्टेन्सीको प्रायोजनमा हुने च्याम्पीयनसीप जेठ १७ गतेदेखि २४ गतेसम्म हुने विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । च्याम्पीयनसीपमा १२ स्कुलले सहभागिता जनाउने आयोजक पोखरा महानगर क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । च्याम्पीयनसीपमा त्रिवेणी पव्लिक स्कुल, मदरल्याण्ड सेकेण्डेरी स्कुल, वराही मावि, एसओएस, रत्नज्योति सेकेण्डरी स्कुल, डायमण्ड सेकेण्डरी स्कुल, प्रतिभा मावि,… पुरा पढौ

पोखरामा भेट्रान्स टेनिस प्रतियोगिता शुरु

जेष्ठ १५,पोखरा, कास्की जिल्ला टेनिस संघको आयोजना तथा प्याराडिसो स्पोर्ट बारको सहयोगमा पोखरामा आजदेखि कास्की भेट्रान्स सिंगल तथा डबल्स टेनिस प्रतियोगिता शुरु भएको छ । संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङ र प्याराडिसोका सञ्चालक गोपीबहादुर भट्टराईले अफिसियल सन्दिप विकलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको शुरुवात गरे । खेलको नतिजाबाट कास्कीका भेट्रान्स खेलाडीहरुको रेंकिङ समेत गरिने भएकाले यो प्रतियोगिताको विशेष महत्व रहेको आयोजक संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले बताउनुभयो । टेनिसतर्फ भेट्रान्स खेलाडीहरु आकर्षण बढ्दै गएको अवस्थामा उनीहरुको खेल कौशल बढाउन यस्ता… पुरा पढौ

पोखरा रंगशालामा भलिवलका दर्शक (टिकट) बाटै सर्वाधिक धेरै ५७ लाख संकलन

दीननाथ बराल,पोखरा १४, जेष्ठ, पोखरा रंगशालामा विभिन्न खेलकुद प्रतियोगिताहरु मध्य भलिवलका दर्शक (प्रबेश शुल्क टिकट) बाट हालसम्मकै सर्वाधिक धेरै आर्थिक संकलन भएको छ । गत माघ १२ देखि २० गते सम्म पोखरा रंगशालाको भलिवल टे«ेनिङ सेन्टरमा आयोजना भएको पाँचौ संस्करणको टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिताको प्रबेश शुल्क (दर्शक टिकट) बाट मात्रै प्रतियोगितामा आम्दानीको एक तिहाई रकम आधा करोड भन्दा बढी आर्थिक संकलन भएको हो । ९ दिन संचालन भएको उक्त प्रतियोगितामा प्रबेश शुल्क… पुरा पढौ

ब्रेकिङ्ग बाउण्ड्रिज छात्र–छात्रा क्रिकेट प्रतियोगिता ः सेमिफाइनल समिकरण पुरा

जेष्ठ १४,पोखरा, पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशनको मुख्य सहयोगमा पोखरामा जारी पाँचौं संस्करणको ब्रेकिङ्ग बाउण्ड्रिज अन्तर विद्यालय छात्र–छात्रा टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । प्रतियोगिता अन्तर्गत छात्रतर्फ बाराही सेकेण्डरी र कम्युनिटी सेण्टर तथा अम्मरसिंह मावि र त्रिभुवन शान्ती सेकेण्डरी स्कुल सेमिफाइनलमा भिड्ने भएका छन् । त्यस्तै छात्रातर्फ बाराही र भद्रकाली पहिलो सेमिफाइनलमा तथा अम्मरसिंह र कालिका फाइनल प्रवेशका लागि प्रतिस्पर्धामा उत्रने छन् । प्रतियोगिता अन्तर्गत छात्रातर्फको सेमिफाइल खेल बिहीबार मालेपाटन खेल मैदानमा हुने आयोजक एकेडेमीका… पुरा पढौ