खेलकुद

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट सुरू ः स्याङ्जाको सहज जित

पोखरा÷जेठ ३१, गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा स्याङ्जाले सहज जित निकालेको छ । म्याग्दी विरुद्धको खेलमा जितका लागि ८९ रनको लक्ष्य पछ्याउँदै स्याङ्जाले १२.४ ओभरमा मात्र ४ विकेट गुमाएर ९३ रन बनाउँदै ६ विकेटले शानदार जित हासिल गरेको हो । जवाफी व्याटिङ गरेको स्याङ्जाका लागि ईश्वर क्षेत्रीले १८ बलमा ५ चौक र २ छक्काका साथ ३९ रन बनाउँदा करण पंगेनी ३१ बलमा नट आउट रहँदै २३ रनको योगदान दिए । त्यस्तै अश्विनी राना १८ बलको सामना गर्दै… पुरा पढौ

पुलिस र एपिएफ प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा भिड्ने, तेश्रो स्थानको लागि भने डायमण्ड बिरुद्ध एभरेष्ट खेल्ने

दीननाथ बराल,पोखरा, ३० जेठ, दुई विभागिय टोली नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी वलको एपिएफ क्लब पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८२ फाइनलमा प्रबेश गरेका छन् । आज (शुक्रबार) पोखरा रंगशालाको कभर्डहलमा सम्पन्न भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै दुबै टोलीले उपाधिको लागि भोलि (शनिबार) फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएका हुन् । https://www.youtube.com/watch?v=fkeNtn_APbU पहिलो सेमिफाइनल खेलमा पुलिसले एभरेष्ट क्लव माथि सोझो तीन सेटमा सहज जित दर्ता गर्यो । पुलिसले एभरेष्ट माथि २५–१६, २५–१३ र २५–११ को सोझो… पुरा पढौ

पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता जारी, भोलि सेमिफाइनलका खेल हुने, गण्डकी र रामपुर बाहिरिए

दीननाथ बराल,पोखरा २९, जेठ, पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८२ अन्र्तगत भोलि (शुक्रबार) सेमिफाइनलका दुई खेल हुने भएको छ । न्यु डायमण्ड र एपिएफ र अर्को खेलमा पुलिस बिरुद्ध एभेरेष्ट क्लव बिच सेमिफाइनलको खेल हुने भएको नेशनल स्पोट्र्स एकेडेमीका अध्यक्ष दिपक कोइरालाले पोखराक्लिकलाई बताउनु भयो । यसैबिच, विभागीय टोली शसस्त्र प्रहरी वलको एपिएफ क्लब र एभरेस्ट भलिबल क्लब ले विहिबारको खेलमा जित हासिल गरेसंगै सेमिफाइनलमा प्रवेश गरेका हुन् । पोखरा रंगशालाको कभर्डहलमा आज (बिहीबार) भएको समुह ‘ए’… पुरा पढौ

पोखराको फेवातालमा प्याराग्लाइडिङ दुर्घटनाः दुई पर्यटक सहित ४ जनाको उद्धार

दीननाथ बराल,पोखरा २८, जेठ, पोखराको फेवातालमा आज(बुधबार) दिउँसो प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई जना भारतीय पर्यटक सहित ४ जनाको सकुसल उद्धार गरिएको छ । बुधबार दिउँसो करिब ३ः२० बजेको समयमा हावाको गति तिव्र भएको कारण दुई वटा प्याराग्लाईडिङले तालमा फोर्स ल्याण्डिङ गर्दा दुई जना पर्यटक सहित ४ जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका अन्तर्गतको फेवा रेस्क्यु टावरमा खटिएको टोलीले पोखराक्लिकलाई जनाएको छ । फेवा रेस्क्यु सहित महावीर गण (रेन्जर) र नं. १ विपद् व्यवस्थापन… पुरा पढौ

पुलिस र न्यु डायमण्ड पोखरामा जारी प्रचण्ड कप भलिवल प्रतियोगिताको सेमिफाइनलमा

दीननाथ बराल,पोखरा २८, जेठ, राष्ट्रिय खेलाडीले भरिएको विभागिय टोली नेपाल पुलिस क्लव र न्यु डायमण्ड स्पोट्र्स क्लव पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०८२ को सेमिफाइनलमा प्रबेश गरेका छन् । पोखरा रंगशालाको कभर्डहलमा आज (बुधबार) सम्पन्न खेलमा दुबै टोलीले शान्दार जित हासिल गर्दै अन्तिम चारमा यात्रा तय गरेका हुन् । समुह ‘ए’ को दोस्रो खेलमा पुलिसले रामपुरलाई र अर्को खेलमा न्यु डायमण्डले घरेलु टिम गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।पुलिसले स्टेप रामपुरलाई… पुरा पढौ

‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबलमा पुलिस र न्यू डायमण्डको विजयी सुरुवात

पोखरा,२७ जेठ, पोखरामा मंगलबार देखी ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । पोखरा रङ्गशालास्थित बहुउद्धेश्शीय कभर्डहलमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै विजयी सुरुआत गरेको छ । यसैगरी दोस्रो खेलमा टिप टप न्यू डायमण्ड क्लब विजयी भयो । पहिलो खेलमा पुलिसले २५–२२, २७–२५ र २५–१७ ले खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । यसैगरी दोस्रो खेलमा टिप टप न्यू डायमण्ड क्लबले एभरेष्ट क्लबलाई २५–११, २५–१८ र २५–१०… पुरा पढौ

गुरुङ फिल्म एसोसिएसन हङकङ (जिफाह) को नवौं वार्षिकोत्सव

पोखरा, गुरुङ फिल्म एसोसिएसन हङकङ ९जिफाह० को नवौं वार्षिकोत्सव तथा पदयात्रा कार्यक्रम–२०२५ सम्पन्न भएको छ । हङकङको लायन रक पार्क बाविक्यू साइटमा गत ८ जुनमा भएको कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मानसमेत गरिएको थियो । संस्थाका अध्यक्ष माया गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विश्वास गुरुङले गरेका थिए ।संस्थाका सल्लाहकार एवं चलचित्र निर्माता दुर्गा गुरुङ ‘मिलन’को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा फिल्मकर्मीसहित विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो । कार्यक्रममा जिफाहका संस्थापक अध्यक्ष रोशन गुरुङ, प्रमुख सलाहकार दिलीपसिंह गुरुङ, सल्लाहकार एवं हङकङ नेपाली महासंघका सामाजिक… पुरा पढौ

कोटिहोममा रहेका जल सहित कलश लैजादै भक्तजन

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आएका भक्तजनले आज देखि जल सहितको कलश लैजान थालेका छन्। सोमबार यज्ञको पूर्णहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनले घर लैजान थालेका छन् । धेरैजसो भक्तजनले पहिल्य नै कलश बुकिङ गरेका थिए भने कतिपय भत्तजनले आज नै पैसा तिरेर जल सहितको कलश लिएका हुन् । अहिले सम्म ५ हजार कलश वुकिङ भइसकेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । गत महिना वैशाख १६ गते पोखरामा गंगाको… पुरा पढौ

सातौं राष्ट्रिय आर्चरीमा गण्डकीको बर्चस्व कायम

पोखरा, सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको छ । शुक्रबार र शनिवार पोखरा रंगशालाको कभर्ड हलमा सम्पन्न सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको हो । प्रतियोगितामा कम्पाउण्ड मेन पुरुष तर्फ स्वर्ण, कम्पाउण्ड महिला तर्फ गण्डकी स्वर्ण, स्ट्याण्डर्ड महिला सिंगलमा गोल्ड, स्ट्याण्डर्ड पुरुष सिंगल तर्फ सिल्भर, स्ट्याण्डर्ड मिक्स तर्फ गोल्ड, स्ट्याण्डर्ड पुरुषतर्फ गोल्ड, रिकर्भ मिक्स टिममा ब्रन्च र रिकर्भ पुरुषतर्फ गण्डकीले ब्रन्च मेडल प्राप्त गर्न सफल भयो । प्रतियोगितामा… पुरा पढौ

एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिभा मावि र सृजना मावि भिड्ने

पोखरा, जेठ २४, पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपको उपाधिका लागि प्रतिभा मावि र सृजना मावि भिड्ने भएका छन् । पोखराको लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा शनिबार भएको सेमीफाइनल खेलहरुमा प्रतिभा माविले रत्नज्योति सेकेण्डरी स्कुल र सृजना माविले मदरल्याण्ड सेकेण्डरी स्कुललाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् । उपाधि भिडन्त आईतबार हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो सेमीफाइनल खेलमा प्रतिभा माविले रत्नज्योति सेकेण्डरीलाई ९… पुरा पढौ