खेलकुद

अन्नपूर्ण गाउँपालिकाको ६५ करोडको बजेट, गोठ देखि ओठ सम्म स्वच्छ दुध उत्पादनमा जोड

दीननाथ बराल, पोखरा, ११ असार, कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ६५ करोड १५ लाख ३४ हजार ७ सय ७५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलवार आयोजित गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले आउँदो बर्षको लागि बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी गर्नु भएको हो । चालु वर्षको तुलनामा यसपटकको बजेट भने बढ्त्तरी भएको छ । आउदो बर्षको बजेट चालु बर्षको तुलनामा ७.६४ प्रतिशतले बढी हो। चालु आर्थिक वर्षमा ६० करोड ५२ लाख ७५ हजार ३८६ रुपैयाँको बजेट विनियोजन… पुरा पढौ

पर्वतीय संग्रहालयमा बोटानिकल गार्डेन बनाइँदै, प्रदेश सरकारबाट २ करोड विनियोजन

पोखरा, ११ असार, पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्यमा पर्ने अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा गण्डकी सरकारले बोटानिकल गार्डेन बनाउने योजना अघि सारेको छ । यसका लागि आगामी वर्षको बजेटमा वन मन्त्रालय अन्तर्गत सरकारले २ करोड विनियोजन गरेको छ । मंगलबार प्रदेशसभाको शून्य समयमा प्रदेशसभा सदस्य भीमबहादुर कार्कीले संग्रहालयलाई बजेट छुट्याइनु अनुपयुक्त भएको विचार राख्नुभयो । उहाँले संग्रहालयको व्यवस्थापन पक्षले स्थानीय टोल विकास संस्था, आमा समूह र स्थानीय जनप्रतिनिधिसँग सरोकार नराख्ने, द्वन्द्व बढाउने मुद्दा हाल्ने, दुःख दिने गरेको जनगुनासो रहेको दाबी गर्नुभयो… पुरा पढौ

गण्डकी प्रदेश स्तरीय एसईई फुटसल प्रतियोगिता पोखराको स्टेप बाई स्टेप माविमा सुरु

पोखरा, असार १०, पोखरा मासवारमा रहेको स्टेप बाई स्टेप माध्यमिक विद्यालयको आयोजनामा ‘गण्डकी प्रदेश स्तरीय तेस्रो एसईई फुटसल प्रतियोगिता’ सुरु भएको छ। एसईई परीक्षा पछि फुर्सदमा रहेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको प्रतियोगिता मंगलबारदेखि पोखरामा सुरु भएको हो। प्रतियोगिताको उद्घाटन विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल र प्राचार्य निर्मला बरालले संयुक्त रूपमा एन्फाका रेफ्रीलाई बल हस्तान्तरण गरी गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै निर्देशक बरालले शिक्षासँगै खेलकुदमा पनि विद्यार्थीको सक्रियता जरुरी रहेको बताउँदै विद्यालयले दुवै पक्षमा समान जोड दिँदै आएको उल्लेख गर्नुभयो।… पुरा पढौ

गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल हुँदै

पोखरामा प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा आगामी बिहिबारदेखी राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिता हुन लागेको हो । १२ गतेदेखी हुने प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक गण्डकी प्रदेश सहित बागमति प्रदेश, माधेश प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशको सहभागिता रहनेछ । यस्तै विभागीय कलब एपीएफ र आर्मीको सहभागिता रहने प्रतियोगिता संयोजक तथा संघका उपाध्यक्ष गिरमान गुरुङले जानकारी दिए । लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ,… पुरा पढौ

ट्रेकिङ गाइड प्रशिक्षार्थीलाई मेथलाङ्को भिरमा रक क्लाइम्बिङ तालिम

पोखरा, ९ असार, पर्यटक पथ प्रदर्शक र ट्रेकिङ गाइड प्रशिक्षार्थीहरुलाई पोखरामा रक क्लाइम्बिङ तालिम दिइएको छ । साहसिक गन्तब्यको रुपमा विकास भइरहेको गण्डकी प्रदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइडलाई रक क्लाइम्बिङ तालिम दिइएको हो । ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा पोखरामा पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड र पोटर गाइड तालिम संचालन भइरहेको छ । सोही तालिममा सहभागिलाई भिरमा रक क्लाइम्बिङको तालिम… पुरा पढौ

रूपा गाउँपालिकाले ४८ करोड ५५ लाखको बजेट सार्वजनिक गर्‍यो

पोखरा, असार ९ कास्कीको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ४८ करोड ५५ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले आइतबार गाउँसभामा बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। उपाध्यक्ष गुरुङका अनुसार बजेटमध्ये ३३ करोड ३४ लाख ४८ हजार रुपैयाँ चालु खर्चका लागि र १५ करोड २० लाख ५७ हजार रुपैयाँ पूँजीगत तर्फ विनियोजन गरिएको छ। बजेटको मुख्य स्रोतमा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, ससर्त तथा समपुरक अनुदान गरी करिब ४० करोड… पुरा पढौ

प्रतिभा ‘फुटसल’ को उपाधि स्टेप वाइ स्टेपलाई

पोखरा, असार ८, पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले आयोजना गरेको फुटसल प्रतियोगिताको उपाधिस्टेप वाई स्टेपको टिमले हात पारेको छ । उपाधिसँगै स्टेप वाई स्टेपले २० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी जितेको छ । स्टेप वाई स्टेपले टाइ ब्रेकरमा २–१ गोल अन्तरमा टिम १० लाई पराजित गरेको छ । निर्धारित समय २–२ गोल अन्तरले बराबरी भएपछि खेल टाई ब्रेकरमा जाँदा स्टेप वाई स्टेपले जित हात पारेको हो । उपविजेता टिम १० ले नगद १० हजार रुपैयाँ र ट्रफी हात पारेको… पुरा पढौ

पोखराको बजेट ८ अर्ब ३५ करोड

दीननाथ बराल,पोखरा ८, असार, पोखरा महानगरपालिकाले आर्थिक बर्ष २०८२÷०८३ को लागि ८ अर्व ३५ करोड १२ लाख रुपैयाको बजेट प्रस्तुतः गरेको छ । पोखरा महानगरपालिकाको १७ औं नगरसभामा आर्थिक बर्ष २०८२÷०८३ बजेट तथा कार्यक्रम आइतबार प्रस्तुतः गर्दै पोखराका उपमेयर मन्जुदेवि गुरुङले उक्त बजेट सार्वजनिक गर्नु भएको हो । उक्त बजेटको खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालय तर्फ ५५ करोड अर्थात १८.१५ प्रतिशत, सामाजिक विकास तर्फ ३८ करोड अर्थात ७.२८ प्रतिशत, आर्थिक विकास तर्फ १८ करोड अर्थात ३.४५ प्रतिशत, वडा कार्यालय… पुरा पढौ

प्रतिभामा ‘फुटसल’ प्रतियोगिता सुरु

पोखरा, असार ६, पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयमा शुक्रबारदेखि फुटसल प्रतियोगिता सुरु भएको छ । ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२’ अन्तर्गत सुरु भएको प्रतियोगिता दुइदिनसम्म चल्नेछ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले फुटसल प्रतियोगिता सुरु गरेको हो । प्रतियोगिताको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रञ्जीतले उद्घाटन गरेका थिए । प्रतियोगिताका संयोजक तथा प्रतिभा माविका प्लस टु इन्चार्ज राकेश जोशीका अनुसार प्रतियोगितामा विभिन्न विद्यालयका २८ वटा टिमले सहभगिता जनाएका छन् । एसइइ परीक्षा दिएर फुर्सदिला… पुरा पढौ

गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेटमा स्याङ्जा च्याम्पियन

पोखरा, असार ६, पोखरा रंगशालामा सम्पन्न गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा स्याङ्जाले नवलपुरलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको छ । स्याङ्जाले टस जितेर फिल्डिङ रोजेपछि, नवलपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन बनायो । तर जवाफी व्याटिङमा १३० रनको लक्ष्य पछ्याउन उत्रिएको स्याङ्जाले अन्तिम बल बाँकी छँदै १९.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै च्याम्पियन बनेको हो । यस अघि नवलपुरका लागि रिजन काफ्लेले २५ रन, दीपक डुम्रेले १९ रन, र अपराजित पौडेलले… पुरा पढौ