फिस्टेल रेस (म्याराथन) को उपाधि नेपालका कुलुङ र महिला तर्फ अमेरिकाकी मार्टिनलाई २७ देशका व्लर्ड र्याङकीङ खेलाडी पोखरामा

-


     पोखरा क्लिक     
     मंसिर २१ गते २०८२ मा प्रकाशित


पोखरा, २१ मंसिर,

साहसिक खेलकुदको गन्तव्य पोखरामा शनिबार सम्पन्न भएको प्रतिष्ठित फिस्टेल गोरेटो दौड ‘फिस्टेल रेस’ २०२५ को (म्याराथन ÷४२ किलोमिटर दौड) मा पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकी नागरिकले उपाधि जित्नु भएको छ । छैटौँ संस्करणको उक्त म्याराथनमा पुरुष तर्फ नेपाली धावक सुमन कुलुङले ३ घण्टा ४७ मिनेट १८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गदै विजेता जित्दा महिला तर्फ अमेरिकी नागरिक सोन्या मार्टिनले ५ घण्टा २८ मिनेट ५८ सेकेण्डमा उक्त दुरी पार गदै विजेता हात पार्न सफल हुनु भएको हो।

पुरुष तर्फ नेपालका मिलन कुलुङ द्धितिय (नेपाल), नेपालका लोकेन्द्र राइ तृतिय, नेपालका विजय रानामगर र बेलायतका फिन नर्वुड शान्त्वना हुनुभयो । महिला तर्फ अनिता राई द्धितिय (नेपाल), सोफी मेरी स्टेनजेर (नर्बे) तृतिय, स्याली मोल्ड्स (बेलायत) र समान्था बेकर (बेलायत) शान्त्वना हुन सफल हुनु भयो । पोखरा १७ डेभिज फलबाट सुरु भएको म्याराथन, विश्व शान्ति स्तुपः, भुम्दीकोट, भुम्दी, तारेभिर, घाँटीछिना, ठुलाखेत हुदैँ कास्कीकोटबाट मेथ्लाङ हुदै खहरेमा पुगेर समाप्त भएको थियो ।

२१ किलोमिटर हाफ म्याराथन पुरुष तर्फ नेपालका विशाल राई प्रथम हुन सफल हुनु भयो । उहाँले २ घण्टा ११ मिनेट १० सेकेण्डमा उक्त दुरी पार गर्नु भएको हो । नेपालका ऋतुराग रोकाय द्धितिय, अष्ट्रेलियाका ओलिभर रैली तृतिय, नेपालका हरेन्द्रकुमार चौधरी र अमेरिकाका क्लेटन ग्यारो शान्त्वना हुनु भयो ।

२१ किलोमिटर हाफ म्याराथनमा महिला तर्फ अष्ट्रेलियाकी लरेन बर्नहम प्रथम हुनु भयो । उक्त दुरी २ घण्टा ४३ मिनेट ३७ सेकेण्डमा उहाँले पार गनर््ु भएको हो । यस्तै न्युजिल्याण्डकी फ्लोरेन्स रेनोल्ड्स द्धितिय, नेपालकी नितु तामाङ तृतिय, डेनमार्क की फ्रेया थोरुप र ब्राजितकाी मारिलिया बोर्जेस शान्त्वना हुनु भयो ।

पुरुष तर्फको ५ किलोमिटर दौडमा पाचै जना नेपाली धावकले उपाधि जित्न सफल हुनु भयो । नेपालका विष्णु लिम्बु प्रथम हुनु भयो यहाँले ३२ मिनेट ४३ सेकेण्डमा ५ किलोमिटर दुरी पार गर्नु भएको हो । यस्तै अनुप गुरुङ द्धितिय, श्रीजना मोक्तान तामाङ तृतिय, नव्या राइ र समरि गुरुङ शान्त्वना हुनु भयो ।

महिला तर्फको ५ किलोमिटर दौडमा जर्मनी धावक ग्रेता होफम्यान प्रथम हुनु भयो । उहाँले ४७ मिनेट ४६ सकेण्डमा उक्त दुरी पार गर्नुभयो । ग्रीसकी भासो थियाकोडिभित्री द्धितिय, ब्राजितकी आना रामोस तृतिय, डेनमार्ककी इसाबेला मोलर लाउर्सेन र जोसेफिन मोलगार्ड शान्त्वना हुनुभयो ।

फिसटेल रेसका परिकल्पनाकार जगन्ना तिमिल्सिनाले पोखरामा रहेका विश्वकै उत्कृष्ट ट्रेलहरुको अनुभव बाड्न र पोखरालाई विश्वसामु चिनाउन प्रतियोगिताको आयोजना गरिएको जानारी दिनुभयो । तिमिल्सिनाले सन् २०१७ मा कठिन ‘ग्रेन हिमाल रेस’ जित्न सफल हुनु भएको थियो । प्रतियोगितामा २७ देशका २ सय ७५ जना धावकहरु सहभागि भएको आयोजक हिमालयन ट्रेल रनिङ कम्पनीले जनाएको छ । विश्व् स्तरका र्याङकिङ खेलाडीहरुले यस प्रतियोगितबाट निश्चित अंक समेत प्रप्त गर्ने भएको कम्पनीका जनरल म्यानेजर हिमाल पण्डितले पोखराक्लिकलाई जनाउनु भयो । विजेता धावकहरुलाई पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष हिमलाल बराल, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्य लगायतले मेडल तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो ।