पोखराको ड्यामसाइडमा आइतबार दीपावली सांगीतिक साँझ हुने

-


     पोखरा क्लिक     
     असाेज ३१ गते २०८२ मा प्रकाशित


पोखरा ३१, असोज

पोखरा १७ ड्यामसाईडमा आइतबार दीपावली सांगीतिक साँझ २०८२ हुने भएको छ । ड्यामसाईड क्लवको आयोजनामा काग तिहारको दिन नवौँ संस्करणको दीपावली सांगितिक साँझ हुन लागेको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले पोखराक्लिकलाई बताए ।

आइतबार साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रम राती साढे ९ः०० बजेसम्म सञ्चालन हुने भएको उनले जनाए। संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रवर्द्धनमा टेवा पुऱ्याउऔं भन्ने मूल नारासहित कार्यक्रम गर्न लागिएको हो । खेलकुद, पर्यटन र सामाजिक कार्यमा सक्रिय हुदै आएको क्लवले फुटवल खेललाई प्रमुख प्राथमिकतामा राखेर विभिन्न गतिविधि संचालन गर्दै आएको छ ।

ड्यामसाईडमा ग्रासरुटबाट फुटबल विकास गर्ने उद्देश्यका साथ ड्यामसाईडमा फुटबल मैदान निर्माणका लागि आर्थिक सहयोग संकलनार्थ साँगितिक कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक एवं क्लवका सचिव प्रमेन्द्र थापाले बताए । कार्यक्रमलाई सफल पार्न व्यक्ति देखि विभिन्न संघ संस्थाहरुको सहयोग आउने क्रम जारी रहेको क्लवले जनाएको छ ।