
काठमाण्डौं,
नेपाल अपराजित रहँदै आइसीसी टी २० विश्वकप इस्ट एसिया प्यासिफिक छनोटमा को सुपर सिक्समा यात्रा तय गरेको छ । नेपालले आज (शुक्रबार) भएको खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित सहित सुपर सिक्समा यात्रा तय गरेको हो ।
समूह बीको अन्तिम खेलमा जितसंगै नेपालले २ अंक प्राप्त गर्दा जापान भने अंक विहिन भएको छ । एकमा जित र एकमा हार भोगेको जापान पनि सुपर सिक्समा प्रवेश गर्यो । जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । नेपालको जितमा आशिफ शेखले ३८, कुशल भुर्तेलले २१ र रोहित पौडेलले १८ रनको योगदान दिए ।
यसअघि ओमान क्रिकेट एकेडेमीमा पहिला ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रनको योगफल तयार पारेको थियो । जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले ६० र इसाम रहमानले ३१ रनको योगदान दिएका थिए । नेपालका लागि सन्दीप लामिछाने र गुल्शन झाले समान २ तथा सोमपाल कामी र नन्दन यादवले समान एक विकेट लिए ।





