समाज

रास्वपा गण्डकी प्रदेश स् युवाहरूलाई पार्टीमा जोडिन आग्रह

पोखरा, कास्की स् राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकी प्रदेशको पर्यटन र संस्कृतिको लागि काम गर्न इच्छुक युवाहरूलाई पार्टीमा एकीकृत हुन आव्हान गरेको छ। बुधबार रास्वपाका गण्डकी प्रदेशस्तरीय ुपर्यटन तथा सांस्कृतिक विभागुका प्रमुख महेश भण्डारीले एक विज्ञप्ति जारी गर्दै केन्द्र र प्रदेश स्तरीय समितिसँगै विभिन्न विभागहरू पनि बिस्तार हुने क्रममा रहेको बताउँदै गण्डकी प्रदेशमा रहेका एघार वटै जिल्लालाई समेट्ने गरी विभागलाई पूर्णता दिने बताएका छन्। ुपार्टी सभापति रवि लामिछानेमाथि झुटा मुद्दाहरू लगाएर पार्टीमाथि प्रतिशोध साँधेको छ’, जारी विज्ञप्तिमा भनिएको छ, ु साथसाथै… पुरा पढौ

हसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई

पोखरा, ७ फागुन, हिसान गण्डकी प्रदेशस्तरी फुटसलको उपाधि गुरुकुल विद्यासदनले जितेको छ । कास्की मोडनाइज एकेडेमीलाई २–१ गोल अन्तरले हराउदै उपाधि हात पारेको हो । गुरुकुलको जितमा सुलभ थापा र सुमित मल्लले गोल गरे । कास्की मोइनाइजका लागि इसान्त पुनले एक गोल गरे । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा भएको तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता गुरुकुल विद्यासदन उपाधि सगँ नगद १ लाख, मेडल र ट्रफि जित्न सफल भयो । उपविजेता बनेको कास्की… पुरा पढौ

पुम्दीकोटमा भोलि देखि महायज्ञ हुने, उद्घाटन पूर्व कलश यात्रा हुने

दीननाथ बराल,पोखरा ६, फागुन, पुम्दिकोट कोट विकास समितिको आयोजनामा भोलि (बुधबार) देखि श्रीमद्भागवत ज्ञान महायज्ञ एवं महाशिवरात्री महिमा हुने भएको छ । यही फागुन १५ गतेसम्म संचालन हुने महायज्ञको उद्घाटनको पूर्व अवसरमा कलश यात्रा हुने भएको समितिका अध्यक्ष एवं मुल समारोहका संयोजक चन्द्रकान्त बरालले बताउनु भयो । पुम्दीकोट आउने पर्यटकहरुको एक दिनको बसाई अवधि लम्बाउने उद्धेश्यले बुधबार महायज्ञ उद्घाटनको क्रममा पोखरा २२ वडा कार्यालय अर्थात शुक्रराज माविको गेट अगाडीबाट बृहत झाँकी सहितको कलश यात्रा हुने भएको उहाँले जनाउनु भयो ।… पुरा पढौ

गण्डकी कोटिहोम महायज्ञको ७५ प्रतिशत तयारी पूरा भयोः वालयोगेश्वर महाराज

आउदो वैशाख १७ गते देखि जेठ २६ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी करिब ७५ प्रतिशत सम्पन्न भएको छ । ४५ दिनसम्म संचालन हुने उक्त महायज्ञको ७५ प्रतिशत पूरा भएको धर्मगुरु वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन् । उनका अनुसार महायज्ञको लागि जग्गा भाडामा लिने काम, आवस्यक सामग्रीको व्यवस्थापन गर्ने,स्वयमसेवक छनोट गर्ने लगायतका भित्री व्यबस्थापनको कार्य करिब ७५ प्रतिशत सकिएको छ । यस महायज्ञलाई जति बिबादित… पुरा पढौ

प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा पुनः इन्द्रप्रसाद पौडेल

पोखरा ६, फागुन, प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट पुनः इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्वत निर्वाचित हुनु भएको छ । नवपुरको अमलटारी होमस्टेमा हालै सम्पन्न दोश्रो अधिवेसनले पौडेल नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्वत रुपमा निर्वाचित हुनु भएको हो । त्यसै गरी समितिको उपाध्यक्षमा इतराज गुरुङ, उपाध्यक्षमा रज्जिता शर्मा, महासचिवमा आश गुरुङ, कोषाध्यक्षमा मदन तिमल्सिना, सचिवहरुमा गौरव त्रिपाठी, गोपाल जीटी, सिर्जना बराल, बालकृष्ण सुवेदी, दिलबहादुर बिक सर्वसम्वत रुपमा निर्वाचित हुनु भएको निर्वाचन समितिले पोखराक्लिकलाई जनाएको छ । त्यस्तै अन्य सदस्यहरुमा… पुरा पढौ

पोखरा रंगशालामा खेल मैदान अन्य कार्यक्रमलाई दिन दबाब, फुटवल प्रशिक्षण नै स्थगित

दीननाथ बराल,पोखरा ५, फागुन, नेपालको राजनीति धेरै क्षेत्रमा हावी हुँदा नेपाली जनताले राजनीतिक प्रति बितिष्र्णा जगाएको समयमा पोखरामा पनि एउटा कार्यक्रमको लागि आवश्यक भन्दा बढी दबाबमा खेल मैदान उपलब्ध गराउन दबाब दिइएको छ । पोखरा रंगशालाको बैकल्पिक फुटवल (प्रशिक्षण) मैदान एक साताको लागि कार्यक्रम गर्न भनि माग गरिए पनि कार्यक्रम सुरु नहुदै दुइृ साता देखि उक्त मैदान अबरुद्ध हुदा फुटवल प्रशिक्षण बन्द गर्नु परेको छ । खेल मैदान खेलकुदका गतिविधि र विभिन्न प्रतियोगिताको लागि निश्चित मापदण्ड बनायर जिल्ला खेलकुद विकास… पुरा पढौ

सहारा युकेका महासचिव गुरुङको सहारा बिद्यालयमाा सहयोग

पोखरा ५, फागुन, पोखरा ९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा सहारा यु.के. का महासचिव क्याप्टेन पिताम्वर गुरुङले सहयोग प्रदान गरेका छन् । गत माघ २९ गते सहारा यु.के.द्वारा हस्तान्तरण गरिएको लाइव्रेरीमा प्रोजेक्टर र प्रोजेक्टर स्ट्याण्ड जडानका लागी ५० जहार रुपैँया एक कार्यक्रमका विच गुरुङले विद्यालयका प्र.अ. लोचना अधिकारी र अध्यक्ष विक्रम थकालीलाई हस्तान्तरण गरे । विद्यालयका प्र.अ.लोचना अधिकारीले स्वागत मन्तव्यका क्रममा विद्यालयको समग्र अवस्था जानकारी गराउदै सहयोगीहरुलाई धन्यवद प्रदान गर्दै स्वागत गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथी दिपेन्द्र मर्सानीले… पुरा पढौ

टान गण्डकीद्वारा नेपाल पर्यटन बोर्डका नवनियुक्त निर्देशक लामिछानेलाई स्वागत

पोखरा, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका नवनियुक्त निर्देशक मणिराज लामिछानेलाई ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) गण्डकीले स्वागत गरेको छ । उनीसँगै बरिष्ठ अधिकृत युवराज गुरुङ र लेखा अधिकृत सागर श्रेष्ठलाई पनि टान गण्डकी सोमबार स्वागत गरेको हो । स्वागत तथा परिचयात्मक कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका नवनियुक्त निर्देशक मणिराज लामिछानेले नेपाल पर्यटन बोर्ड टानसँग सहकार्य गर्दै पर्यटन प्रवर्द्धनमा नयाँ योजनाहरू लागू गर्न प्रतिबद्ध रहेको बताए । उनले नेपाल पर्यटनको अपार सम्भावना बोकेको देश भएकोले यसको सही… पुरा पढौ

पोखरा १४ र २६ जोड्ने सडक निर्माण शुभारंभ

पोखरा÷फागुन ०५, पोखरा महानगरपालिकाको वडा नं. १४ र २६ जोड्ने डहरे साँघु सडकको वडा नं. १४ तर्फ निर्माण कार्यको सोमबार शुभारंभ भएको छ । दुई वडालाई जोड्ने सडकको वडा नं. १४ का अध्यक्ष बोधबहादुर कार्की र २६ का अध्यक्ष नरेन्द्र थापाले संयुक्त रुपमा निर्माण कार्यको शुभारंभ गरेका हुन । निर्माण शुभारंभ पछि बोल्दै वडा नंं २६ का अध्यक्ष थापाले डहरेको साँघु देखी वडा नं. २६ को क्षेत्रमा गत बर्ष सडक कालोपत्रे भएपनि १४ तर्फ सडक नवन्दा यात्रुले सास्ती खेप्नु परेको… पुरा पढौ

फेवातालमा डुङ्गा चालकले मापसे गरे पछि …

दीननाथ बराल,पोखरा ५, माघ, पोखराको फेवातालमा डुङ्गा चालकले मादक पदार्थ सेवन (मापसे) गरेर डुङ्गा चलाउने गरेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले डुङ्गा चालकहरुमा आज (सोमबार) गरेको छड्के अनुगमनको क्रममा फेवातालमा डुङ्गा चालकले मापसे गरेको पुष्टि गरेको हो । अनुगमनको क्रममा धार्दिङ घर भई हाल पोखरा ६ बस्दै आउनु भएको २३ बर्षका राजिव भण्डरीलाई मादक पदार्थ सेवन (मापसे) अबस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ । उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लापरवाही गर्ने डुङ्गा चालकलाई कानुनी अनुसार कारबाही… पुरा पढौ