पोखरा, ६, कार्तिक, नेपालीहरूको महान् पर्व बडादसैँको टीकाको तेस्रो दिनदेखि पोखरामा चहलपहल बढ्न थालेको छ। दसैँ मनाउन घर गएका सर्वसाधारण फर्किन थालेसँगै आन्तरिक पर्यटकको आगमन बढेको र बजार क्षेत्रमा मानिसहरूको आवतजावत बाक्लिन थालेको व्यवसायीहरूले बताएका छन्। दसैँको बिदा मनाएर आफ्नो कर्मथलो फर्किने क्रम सुरु भएसँगै पोखराका मुख्य बजार तथा सडकमा चहलपहल बढ्न थालेको हो। महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, पालिखेचोक, पृथ्वीचोक, न्युरोड, पार्दी, बिरौटालगायतका क्षेत्रमा मानिसहरूको आवतजावत बढेको छ। बजारमा सर्वसाधारणको उपस्थिति बढ्दै गए पनि व्यापारिक गतिविधि भने अझै पूर्ण रूपमा लयमा…
पुरा पढौ