समाज

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् मुख्यमन्त्री पाण्डे

पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानमा उल्लेख गरिएका अधिकार र जिम्मेवारी बाँडफाँटमा संघ सरकार उदासीन रहने र अहिलेकै अवस्था कायम रहने हो भने संघीयताका बारेमा सोच्नुपर्ने बताएका छन्। कोशी प्रदेशको आयोजनामा विराटनगरमा आजदेखि सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको उद्घाटनका क्रममा उनले प्रदेशका साझा समस्या समाधानका लागि चार वर्षदेखि विभिन्न विषय उठाउँदै आए पनि प्रदेशका समस्या संघ सरकारको प्राथमिकतामा नपरेको बताए। संघीयता कार्यान्वयनका चुनौती, प्रदेशका अधिकार र संघ सरकारको जिम्मेवारीका विषयमा हरेक पटक प्रधानमन्त्रीसँग बारम्बार ध्यानाकर्षण गराउँदा पनि अपेक्षित उपलब्धि… पुरा पढौ

पोखराका युवा वैज्ञानिक डा. निरञ्जन कोइराला विश्वका शीर्ष २ प्रतिशत प्रभावशाली वैज्ञानिकको सूचीमा

पोखरा, पोखराका युवा वैज्ञानिक डा. निरञ्जन कोइराला विश्वका शीर्ष २ प्रतिशत प्रभावशाली वैज्ञानिकको सूचीमा समेटिनुभएको छ। अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालय र अन्तर्राष्ट्रिय शैक्षिक प्रकाशन संस्था एल्सेभियरको सहकार्यमा तयार पारिने उक्त सूचीमा उहाँको नाम समावेश हुनुले नेपाली वैज्ञानिक अनुसन्धानको अन्तर्राष्ट्रिय प्रभावलाई थप उजागर गरेको छ। प्राकृतिक स्रोतमा आधारित औषधिको खोज तथा विकासमा जैविक प्रविधिको प्रयोग गर्दै आउनुभएका डा। कोइराला विशेषगरी वनस्पतिमा पाइने फ्लेभोनोइडलगायतका जैविक सक्रिय यौगिकहरूको संरचना परिमार्जन गरी औषधिको स्थिरता र शरीरमा अवशोषित हुने क्षमता बढाउने अनुसन्धानमा संलग्न हुनुहुन्छ। उहाँको अनुसन्धानले… पुरा पढौ

पोखरामा भेडा–च्याङ्ग्रा केही सहुलियतमा बिक्रि हुन थाल्यो (भिडियो सहित) मुस्ताङबाट १३ हजार बाहिरिए

दीननाथ बराल, पोखरा, २६ असोज, नेपालीहरुको बडादशैं नजिकिँदै गर्दा पोखरामा हिमाली भेडा–च्याङ्ग्राको कारोबार बढेको छ । दशैंलाई लक्षित गरी मुस्ताङबाट म्याग्दी हुँदै पोखरा क्षेत्रको बजारमा बिक्री वितरणका लागि हालसम्म १३ हजार भेडा–च्याङ्ग्रा बाहिरिएका छन् । मुस्ताङका स्थानीय खोरपालुवा भेडा–च्याङ्ग्रासँगै हुम्ला, जुम्ला र डोल्पाका भेडा–च्याङ्ग्रा पनि बजारमा भित्रिएपछि पोखरामा दशैंको रौनक थपिएको हो । https://www.youtube.com/watch?v=VWQIaDZJN7Y&t=1s पोखराको याम्दी क्षेत्रमा अस्थायी खोर बनाएर भेडा–च्याङ्ग्रा बिक्री गर्न थालिएको छ । याम्दी क्षेत्रमा पछिल्ला दिनमा भेडा–च्याङ्ग्रा किन्ने र अवलोकन गर्नेको चहलपहल बढेको छ । यस… पुरा पढौ

दर्शन सहकारीको १६ औं साधारण सभा सम्पन्न

पोखरा, दर्शन सहकारी तथा ऋण संस्था लिमिटेड पोखराको १६ औंसाधारण सभा पोखराको नेपाल ठकुरी संगम परिवार कास्कीमा सम्पन्न भएको छ ।आइतबार भएको सभाले आर्थिक वर्ष ०८२/०८३ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो । सहकारीका सस्थापक कोषाध्यक्ष चक्र बहादुर शाहीले सहकारी गौरब लाग्दो र राम्रो सहकारी बनाएर सेवा प्रदान गर्न आवश्यक रहेको बताउदैं कार्यसमितिलाई आ–आफ्नो जिम्मेवारी बहन गर्न अनुरोध गर्नुभयो । उहाँले सहकारी ऐननियमको पालना गर्नुपर्ने बताउनुभयो । शाहीले सहकारीलाई सक्षम बनाउन सन्चित कोष रकम… पुरा पढौ

पुम्दी भुम्दी बिकास समाजको प्रथम साधारण सभा तथा अधिबेशन सम्पन्न अध्यक्षमा तारानाथ पौडेल

असोज २५ ,पोखरा, पोखरा महानगर पालिका वडा न २२ स्थित पुम्दी भुम्दी बिकास समाजको प्रथम साधारण सभा तथा अधिबेशन आइतबार सम्पन्न भएको छ। अधिबेशनले तारानाथ पौडेल को अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। त्यसैगरी उपाध्यक्षमा राम काजी गुरुङ ,सचिव नरनाथ बराल,सह सचिव धुर्ब बराल,कोषाध्यक्ष लक्ष्मी देबि बराल, चयन हुनुभएको छ । सदस्य हरुमा वीर बहादुर गुरुङ ,अप्सरा बराल,मधु प्रसाद बराल,दिनेश बराल,सुर्य प्रसाद बराल,दुर्गा प्रसाद गुरुङ ,साबित्रा पौडेल ,लोक बहादुर गुरुङ सर्बसम्मत निर्बाचित हुभएको छ भने दुई सदस्य पछि… पुरा पढौ

बूढीगण्डकीमा भीषण बाढीः पुल, घर र जलविद्युत् आयोजनामा क्षति, ६ जनाको हवाई उद्धार

गोरखा, गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीले उत्तरी तथा मध्य गोरकाका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको छ। बाढीले पक्की पुल, झोलुङ्गे पुल, निर्माणाधीन जलविद्युत् आयोजना र घरहरू बगाउँदा जनजीवन प्रभावित बनेको छ। चुमनुब्री गाउँपालिका–३ फिलिममा पहिरोले थुनिएको नदी बिहान करिब ४ः३० बजे खुलेपछि लेदो र गेग्रानसहितको बाढी आएको हो। बाढीको जोखिममा रहेको जगत् गाउँबाट नेपाली सेनाले छ जनाको हवाई उद्धार गरेको छ। प्रभावित क्षेत्रमा सेनाको टोली हवाई तथा स्थलमार्गबाट परिचालन गरिएको छ। बाढीले आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखा–धादिङ जोड्ने पक्की… पुरा पढौ

पोखराको लेकसाइडमा ‘मिरक्याट पार्क’ संचालनमा खाना, खेल, संगीत र समुदाय जोड्ने नयाँ गन्तव्य (भिडियो सहित)

दीननाथ बराल,पोखरा, असोज २५, पोखराको लेकसाइडमा खाना, कफी, खेलकुद, संगीत, वेलनेस र सिर्जनशील गतिविधिलाई एउटै स्थानमा जोड्ने उद्देश्यसहित ‘मिरक्याट पार्क’ सञ्चालनमा आएको छ। लेकसाइडको स्ट्रिट नम्बर १७ मा स्थापना गरिएको पार्कले पर्यटक, स्थानीय बासिन्दा, उद्यमी र सिर्जनशील युवालाई भेटघाट, सहकार्य तथा नयाँ अनुभव आदानप्रदान गर्ने साझा थलो उपलब्ध गराउने लक्ष्य राखेको छ। https://www.youtube.com/watch?v=ayofp6wwbuQ मिरक्याट इन नेपालले करिब चार रोपनी क्षेत्रफलमा चार करोड रुपैयाँको लगानीमा विकास गरेको यो पार्क परम्परागत व्यावसायिक कम्प्लेक्सभन्दा फरक अवधारणामा आधारित छ। यहाँ खानपान र कफीदेखि खेलकुद,… पुरा पढौ

तेस्रो पर्वतीय दौडको उपाधि पुनः नरेन्द्रले जिते, ६ देशका १७५ सहभागि, राज गुरुङ ‘ लाला ’ र म्याराथन धावक अर्जुन गोदार सम्मानित

पोखरा, २५ असोज, तेस्रो पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह रावतले जितेका छन् । पोखरा–२२, पुम्दी–भुम्दीमा शनिबार आयोजित उक्त प्रतियोगितामा निर्धारित ८ किमी दूरी उनले ३४ः३५ः८८ मिनेटमा पूरा गर्दै उपाधिसहित नगद ५० हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । सुदूरपश्चिमका रावत गत वर्ष पनि च्याम्पियन बनेका थिए । यसैगरी, गौतम श्रेष्ठ दोस्रो र निरज भट्ट क्षेत्री तेस्रो भए । श्रेष्ठले निर्धारित दूरी ३५ः१६ः१९ मिनेटमा पूरा गर्दा क्षेत्रीले ३५ः२९ः०१ मिनेट समय लगाए । उनीहरुले क्रमशः ३० र १५ हजार साथमा मेडल… पुरा पढौ

मधुमेह र टिजी जाँच

पोखरा, २४ असोज, विवेक बचत तथा ऋण सहकारी पोखरा–९, अर्चलबोटको आयोजनामा शनिबार यसका सेयर सदस्यको सित्तैमा रगत जाँच गरिएको छ । पोखराको न्युरोडमा रहेको गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा कार्यक्रममा सहभागीको मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) सम्बन्धी रगत जाँच सित्तैमा गरिएको हो ।२ सय जनाको रगत जाँच सित्तैमा गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा वरिष्ठ मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा बिराज बरालले मधुमेह, थाइराइड र… पुरा पढौ

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

पोखरा, असोज २४, कविता क्लबले बडा दसैँको अवसर पारेर शनिवार पोखरामा नौ जना नारी कविहरूको सामूहिक कविता वाचन सम्पन्न गरेको छ । ‘नवदुर्गा कविता उत्सव’ नाम दिइएको कार्यक्रममा सरस्वती श्रेष्ठ ‘सरू’, रीता अधिकारी ‘ऋतु’, छन्दिका त्रिपाठी, चन्द्रावती वाग्ले, गीता तिवारी, प्रतिमा गुरुङ, बिर्सना बस्नेत, लक्ष्मी थापा र जुना थापाले नारीशक्ति र नारी अधिकारबारे कविता सुनाएका थिए । कविहरूले महिलालाई हेप्ने पितृसत्तात्मक समाजप्रति तीव्र रोष प्रकट गर्दै देवी वा यस्तै अन्य उपमा दिँदैमा मक्ख नपर्न नारीहरूलाई नै आह्वान गरेका थिए ।… पुरा पढौ

This will close in 20 seconds