समाज

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

कास्की २४ असोज , कास्कीकोट दरबार परिसरमा रहेको गुप्तकाली मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव आयोजना हुने भएको छ। गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा बडादसैँको अवसर पारेर घटस्थापनादेखि नवमीसम्म महोत्सव सञ्चालन हुन लागेको हो। परापूर्वकालदेखि तान्त्रिक तथा वैदिक विधिबाट पूजा हुँदै आएको मन्दिरमा यस वर्ष देशमा बाढीपहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट मानवीय र भौतिक क्षति नहोस् भन्ने कामनासहित विशेष पूजा गरिने भएको छ। घटस्थापनादेखि विजयादशमीसम्म पुजारीहरू मन्दिरमै बसेर गुप्तकालीको आराधना गर्ने कार्यक्रम रहेको धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष… पुरा पढौ

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने,माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

पोखरा, २४ असोज, ‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नारासहित पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा छैटौँ बेगनास फिस फेस्टिभल तथा देउसीभैलो प्रतियोगिता हुने भएको छ। आगामी कात्तिक १३ देखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवबारे शनिबार कसमस इन्टरनेसनल कलेजको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा हुने महोत्सवले बेगनास क्षेत्रको पर्यटन प्रवद्र्धन, स्थानीय माछाको बजारीकरण, मौलिक कला तथा संस्कृतिको संरक्षण र आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्य राखेको छ । पत्रकार सम्मेलनमा एसोसिएसनका… पुरा पढौ

पोखरा बस दुर्घटना ५ जनाको मृत्यु, छानबिन गर्न महानगरले गठन गर्‍यो पाँच सदस्यीय समिति

पोखरा, २३ असोज, पोखरा महानगरपालिका–२८, माझठानाबाट विद्यार्थी बोकेर आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस कालिकास्थित ओख्लेको भीरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएपछि घटनाको सत्यतथ्य छानबिन गर्न पोखरा महानगरपालिकाले पाँच सदस्यीय समिति गठन गरेको छ। नगरप्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यका अनुसार दुर्घटनाको वास्तविक कारण पहिचान गर्न, घटनासँग सम्बन्धित विषयको विस्तृत अध्ययन तथा छानबिन गर्न र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन समिति गठन गरिएको हो। महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित… पुरा पढौ

पर्वतीय दौडमा राज गुरुङ र अर्जुन गोदारलाई सम्मान गरिने

पोखरा, २० असोज, तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिता–२०८३ अवसरमा राज गुरुङ ‘लाला’ र अर्जुन गोदारलाई सम्मान गरिने भएको छ । ‘खेल पर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथ पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकले विश्व पर्यटन दिवस सन्दर्भ पारेर यही असोज २४ गते शनिबार आयोजना गर्ने प्रतियोगितामा सम्मान गरिने भएको हो । पुम्दीभुम्दीको पर्यटन प्रवद्र्धन तथा स्थानीय क्षेत्रको विकासमा योगदान दिने एक जना र खेलकुद क्षेत्रमा योगदान दिने एक जना गरी आयोजकले पहिलो संस्करणदेखि सम्मान गर्दै आएको प्रतियोगिता संयोजक दीननाथ… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। पाण्डेले लामो समय पार्टीमा गरेको अनुभव, सहकर्मीहरूको साथ तथा युवा पुस्ताको ऊर्जा र आकांक्षालाई जोड्दै एकताबद्ध, सुदृढ र समयानुकूल नेपाली कांग्रेस निर्माण गर्ने संकल्पसहित उम्मेदवारी दिएको बताएका छन्। उम्मेदवारी दर्तापछि पाण्डेले गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीका रूपमा काम गर्ने क्रममा प्राप्त सरकार सञ्चालनको अनुभवलाई पार्टीको हितमा उपयोग गर्दै सुशासन, पारदर्शिता, जवाफदेहिता, निष्पक्षता, संगठन सुदृढीकरण र विचारमा स्पष्टताका माध्यमबाट कांग्रेसलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे। ‘अबको… पुरा पढौ

गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसनको ३३औँ वार्षिकोत्सवः रक्तदानमा ५६ युनिट रगत संकलन

पोखरा, २० असोज, गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन, नयाँबजार, पोखराको ३३औँ वार्षिकोत्सवको अवसरमा आज मंगलबार खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष विष्णुप्रसाद अधिकारीले संस्थाको ३३औँ वार्षिकोत्सवको महत्त्व, संस्थाका निरन्तर वार्षिक कार्यक्रमहरू तथा अटोमोबाइल क्षेत्रको योगदानबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रमकी प्रमुख अतिथि एवं पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन नयाँ नेतृत्व र सक्षम व्यक्तित्व निर्माण गर्न सफल संस्था भएको बताउनुभयो। संस्थाले वार्षिकोत्सवमा रक्तदान कार्यक्रम आयोजना गरेर पुण्य काम गरेको… पुरा पढौ

कांग्रेसको १५औँ महाधिवेशनमा किरण केसीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

पोखरा, पोखराका उद्यमी किरण केसीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पार्टीको नीति, विधान र पछिल्लो राजनीतिक परिवेशअनुसार आफू उम्मेदवार बन्न लागेको उनले बताएका छन्। नेपाली कांग्रेसले खुला अर्थतन्त्र, निजी क्षेत्रसँगको सहकार्य, लगानीमैत्री तथा अनुमानयोग्य व्यावसायिक वातावरण र स्वदेशमै रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर आर्थिक नीतिबारे बहस अघि बढाइरहेको छ। पार्टीले उद्यम तथा व्यवसायमा दक्षता हासिल गरेका सक्षम युवालाई पार्टी संरचना र निर्वाचनमा निश्चित प्रतिशत अवसर दिने नीति अघि सारेको अवस्थामा केसीले केन्द्रीय सदस्यमा दाबी गरेका… पुरा पढौ

स्थानीय नेतृत्वको अनुभव लिएर केन्द्रीय राजनीति तर्फ मीनबहादुर गुरुङ, जनजातितर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी

पोखरा, माछापुच्छ्रे गाउँपालिकाको नेतृत्व गर्दै स्थानीय सरकारमा अनुभव बटुलेका मीनबहादुर गुरुङ अब नेपाली कांग्रेसको केन्द्रीय राजनीतितर्फ अघि बढेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उनले जनजातितर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि कांग्रेसको संगठनात्मक राजनीतिमा सक्रिय गुरुङले स्थानीय तहमा प्राप्त अनुभव, पार्टी संगठनमा गरेको योगदान र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई अब केन्द्रीय तहमा उपयोग गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्। यसअघि कास्की निर्वाचन क्षेत्र नं। ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित गुरुङले पार्टीभित्र एकता, पुस्ताबीचको सहकार्य, संगठन सुदृढीकरण, विचारमा… पुरा पढौ

एन्फा जापानका संरक्षक रोबिन प्रसाद शेरचनद्धारा टोकियोमा लेखक अर्यालको सम्मान

टोकियो, जापान–नेपाल फुटबल संघ (एन्फा जापान) का संस्थापक संरक्षक रोबिन प्रसाद शेरचनले एक कार्यक्रमका बीच ‘नेपाल–जापान खेल सम्बन्ध’ का लेखक वरिष्ठ खेल पत्रकार नवीन अर्याललाई सम्मान गरेका छन्। टोकियाको सिनोकोबुस्थित गाजेबो रेस्टुरेन्टमा आयोजित कार्यक्रममा गैर आवासिय नेपाली संघ ९एनआरएनए० का वरिष्ठ उपाध्यक्षसमेत रहेका शेरचनले दोसल्ला ओढाएर लेखक अर्यालको सम्मान गरेका हुन्। अर्यालले आइची–नागोयामा हालै सम्पन्न २० औं एशियाली खेलकुदको सन्दर्भमा आफ्नो पुस्तक बिमोचन गरेका थिए। जापानका लागि कार्यबहाक राजदूत हरिहरकान्त पौडेलको प्रमुख आतिथ्यमा नागोयामा १८ सेप्टेम्बरमा पुस्तक बिमोचन भएको थियो।… पुरा पढौ

पोखरामा विश्व लगानीकर्ता सप्ताहः ‘इमानदारीपूर्वक मुनाफा कमाउदा राज्यलाई फाइदा हुन्छ उनीहरुलाई सम्मान गरौं’ अध्यक्ष भट्ट (भिडियो सहित)

दीननाथ बराल, पोखरा, नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले लगानी मार्फत मुनाफा कमाउने र राज्यलाई कर तिर्ने संस्कारलाई सम्मान गर्नुपर्ने बताउनु भएको छ । विश्व लगानीकर्ता सप्ताह–२०२६ अन्तर्गत पोखरामा सोमबार आयोजित प्रभातफेरीपछि भएको कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले लगानी र उद्यमशीलतामार्फत मुलुकको अर्थतन्त्रमा योगदान गर्ने व्यक्तिलाई निरुत्साहित नभई प्रोत्साहित गर्ने संस्कारको विकास गर्नुपर्ने आवश्यक रहेको बताउनु भएको हो । https://www.youtube.com/watch?v=3vwuom-Gx-w&t=9s उहाँले भन्नुभयो “जसले लगानी गर्छ, मुनाफा कमाउँछ र राज्यलाई कर तिर्छ, त्यो देश नै धनी हुन्छ” । इमानदारीपूर्वक… पुरा पढौ

This will close in 20 seconds