समाज

बाढीपहिरो प्रभावित २० विश्वकर्मा परिवारलाई विश्वकर्मा समाज नेपालको राहत

पर्वत, १८ असोज, अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट प्रभावित पर्वतको फलेवास नगरपालिका–८, ठाना मौला, सल्यानीधाराका २० घरपरिवारलाई विश्वकर्मा समाज नेपालले राहत सामग्री वितरण गरेको छ। विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय कास्कीको तर्फबाट सोमबार घटनास्थलमै पुगेर प्रभावित परिवारलाई प्रतिपरिवार एक बोरा चामल, नुन, तेल, सोयाबिन, दाल, चिनी, चियापत्ती र आलुलगायतका खाद्यान्न सामग्री वितरण गरिएको हो। साथै, प्रभावित परिवारलाई बसोबासमा सहयोग पुगोस् भन्ने उद्देश्यले ओछ्याउनका लागि म्याटसमेत वितरण गरिएको थियो । राहत वितरण कार्यक्रममा फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्री र सम्बन्धित वडाका… पुरा पढौ

पोखरामा भेडा–च्याङ्ग्रा भित्रिन थाले, यस वर्ष डोल्पादेखि मुस्ताङसम्मका च्याङ्ग्रा, दशैंलाई लक्षित गरी २३ हजारदेखि ४५ हजार रुपैयाँसम्ममा बिक्री सुरु

दीननाथ बराल, पोखरा, १८ असोज, नेपालीहरूको महान् पर्व बडादशैं नजिकिएसँगै पोखरामा हिमाली क्षेत्रका भेडा–च्याङ्ग्रा भित्रिन थालेका छन्। दशैंको परम्परागत खानाका रूपमा प्रयोग हुँदै आएका भेडा–च्याङ्ग्रा यस वर्ष मुस्ताङसँगै हुम्ला, जुम्ला र डोल्पाबाट समेत पोखराको बजारमा ल्याउन थालिएको हो । पोखरा–२५ हेमजाको सुइखेतदेखि विष्णुपादुका माध्यमिक विद्यालयको खेलमैदान हुँदै याम्दीसम्मको क्षेत्रमा व्यवसायीहरूले भेडा–च्याङ्ग्रा बिक्रीका लागि राख्न थालेका छन्। प्रारम्भिक चरणमा भेडा–च्याङ्ग्राको मूल्य करिब २३ हजारदेखि ४५ हजार रुपैयाँसम्म निर्धारण गरिएको व्यवसायीहरूले बताएका छन् । आकार, तौल र जातअनुसार मूल्य फरक–फरक रहेको छ… पुरा पढौ

पोखरा–२२ मा निःशुल्क मधुमेह तथा मिर्गौला परीक्षण, ११० जना लाभान्वित

पोखरा, १८ असोज, पोखरा महानगरपालिका वडा नं. २२ मा स्थानीयवासीलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क मधुमेह तथा मिर्गौला परीक्षण एवं स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ११० भन्दा बढी स्थानीयवासी सहभागी भई विभिन्न स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परामर्श सेवा लिएका छन्। पोखरा महानगरपालिका वडा नं। २२ कार्यालयको आयोजना तथा वडा युवा परिषद्–२२ को सहआयोजनामा, पोखरा महानगरपालिका नगर युवा परिषद्को समन्वय तथा नेशनल प्याथ ल्याब अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा प्रगतिशील टोल विकास संस्थाको… पुरा पढौ

ब्रोइलर कुखुरा पालक किसानका समस्या समाधान गर्न कास्कीमा नयाँ समिति, अध्यक्षमा सापकोटा

पोखरा, कास्कीमा ब्रोइलर कुखुरा पालन गर्ने किसानहरुको आइतबार भएको एक भेलाले पोखरा–२५ हेमजाका ईश्वर सापकोटाको अध्यक्षमा कास्की जिल्ला ब्रोइलर किसान संघ गठन गरेको छ । उक्त तदर्थ समितिको उपाध्यक्षमा चिरञ्जीवी ढु·ाना, सचिवमा प्रेम जोशी, सह सचिवमा बसुन्धरा लम्साल, कोषाध्यक्षमा प्रकाश थापा तथा सदस्यहरुमा निराज बराल क्षेत्री, गणेश गौतम, दुर्गा सुनार, सुशिल भण्डारी, लिलाधर पौडेल र धु्रवराज गौतम रहेका छन् । ब्रोइलर कुखुरा किसानहरूले भोग्दै आएका विभिन्न समस्या समाधानका लागि नयाँ समिति गठन गरिएको छ। किसानको हकहित संरक्षण गर्दै कुखुरा व्यवसायलाई… पुरा पढौ

राइजिङ्ग स्टार युथ क्लवको रक्तदानमा ४६ युनिट रगत संकलन

लेखनाथ, पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीमा रहेको राइजिङ्ग स्टार युथ क्लवले राखेको खुल्ला रक्तदानमा ४६ युनिट रगत संकलन भएको छ । क्लवको वार्षिक कार्यक्रम अन्र्तगत आइतवार राखिएको खुल्ला रक्तदानमा समाजसेवी मेजर सुर्य गुरुङले पहिलो रक्तदाता राजन गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गर्दै युवाहरुको समाज विकासमा ठूलो भूमिका रहने वताए । पोखरा महानगरपालिका वडा नं २७ का वडा सदस्य जितेन्द्रबहादुर क्षत्रीले क्लवको सकृयताको प्रशंसा गर्दै समाज परिवर्तनका लागि अझै खटेर काम गर्न काम गर्न सुझाव दिए। क्लवका अध्यक्ष अनिल गुरुङको अध्यक्षतामा… पुरा पढौ

फेवा सहकारीको २७ औं साधारण सभा सम्पन्न, अध्यक्षमा श्रेष्ठ

पोखरा, १८ असोज, फेवा बचत तथा ऋण सहकारीको २७ औं साधारण सभा एक कार्यक्रमका साथ सहकारीका सम्पन्न भयो । आज भन्दा २६ बर्ष पहिले २०५६ सालमा २७ जना सदस्य सहभागी भै स्थापना भएको यस सहकारीमा आजका दिनसम्म २ हजार ८ सय ५० जना सदस्य भएको थियो । कार्यक्रममा प्रमुख अतिथि निवर्तमान अध्यक्ष एवं जेष्ठ सहकारी सदस्य क्या. चन्द्र प्रसाद गुरूङले पानसमा दिप प्रजलन गरी कार्यक्रमको उद्घाटन गर्दै फेवा सहकारीको बित्तिय कारोबारको बिषयमा प्रष्ट पार्नुहुँदै सहकारीमा मुख्य त ऋण लगानी, अशुलीमा… पुरा पढौ

सहारा आवासीय फुटबल एकेडेमीलाई सहयोगी हातहरू थपिँदै

पोखरा , सहारा क्लब पोखराद्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीका बालकहरूका लागि सहयोग जुट्ने क्रम पछिल्लो समय बढ्दै गएको छ। पोखरा–१७, दोबिल्लामा रहेको एकेडेमीमा आश्रित बालकहरूको शिक्षा, आवास तथा दैनिक आवश्यकतामा सहयोग पु¥याउने उद्देश्यले विभिन्न व्यक्ति तथा संस्थाले आर्थिक तथा सामग्री सहयोग गरेका हुन्। यसैक्रममा सहारा क्लब हङकङका आजीवन सदस्य दीपक ज्वारचनले आफ्नी दिदी तथा भिनाजु अनिता र बलबहादुर थकालीको स्मृतिमा एकेडेमीका बालकहरूलाई भोजन गराएका छन्। सो अवसरमा उनले २१ हजार रुपैयाँ सहयोगसमेत हस्तान्तरण गरे। त्यस्तै सहारा… पुरा पढौ

कास्की–३ कांग्रेस सभापतिमा प्रकाश बराल निर्वाचित

पोखरा , नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा बरालले ५ सय ६१ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी विष्णुबहादुर क्षेत्रीले ३ सय ८२ मत प्राप्त गरे। बराल १ सय ७९ मतान्तरले विजयी भएका हुन्। क्षेत्रीय सचिवमा शितल अधिकारी निर्वाचित भएका छन्। अधिकारीले ५ सय ११ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी महेशकुमार तिमिल्सिनाले ४ सय ६ मत पाए। त्यस्तै, सहसचिव… पुरा पढौ

तेस्रो पर्वतीय दौडको तयारी तीव्र, हालसम्म १८ जिल्लाका ८० धावक सूचीकृत

पोखरा १७, असोज, पर्यटनको राजधानी पोखरामा आउँदो शनिबार आयोजना हुने तेस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगिताका लागि हालसम्म १८ जिल्लाका ८० बढी धावकले नाम दर्ता गराइसकेको शनिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगिताका लागि असोज २१ गते राति १२ बजेसम्म पोखरा क्लिक अनलाइनमार्फत नाम दर्ता गर्न सकिने आयोजकले जनाएका छन् । खेल पर्यटन मार्फत् ग्रामीण पर्यटन र कृषि अर्थतन्त्रलाई जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक दीननाथ बरालले बताउनुभयो । पोखरा… पुरा पढौ

नेष्टको २४ औं बार्षिक साधारण सभा सम्पन्न 

पोखरा असोज १७ , सीप हस्तान्तरणद्वारा सशक्तीकरण ( नेष्ट )को २४ औं नार्षिक साधारण सभा सनिवार पोखरामा सम्पन्न  भएको छ। सभाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गर्नुभएको थियो। प्रमुख पौडेलले  सीप मार्फत सशक्तीकरण सहित अय आर्जनका सन्दर्भमा नेष्टको भुमिका उल्लेखनीय रहेको उल्लेख गर्नुभयो । उहाँले समाजका सीमान्तकृत ,पछाडी परेका समुदायलाई थप ध्यान सहित आय आर्जनका कार्यक्रम संचालन गर्न आग्रह गर्दै यसले अबसरहरूको पहिचान र स्वरोजगारको निर्माणका लागि महत्त्वपूर्ण हुन उल्लेख गर्नुभयो । कार्यक्रममा  रुपान्तरण महिला समूह पोखरा १५ का… पुरा पढौ

This will close in 20 seconds