
पोखरा ,
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा बरालले ५ सय ६१ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी विष्णुबहादुर क्षेत्रीले ३ सय ८२ मत प्राप्त गरे। बराल १ सय ७९ मतान्तरले विजयी भएका हुन्।
क्षेत्रीय सचिवमा शितल अधिकारी निर्वाचित भएका छन्। अधिकारीले ५ सय ११ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी महेशकुमार तिमिल्सिनाले ४ सय ६ मत पाए। त्यस्तै, सहसचिव (महिला) पदमा सरिता केसी निर्वाचित भएकी छन्। केसीले ५ सय ५९ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी उमा भुर्तेलले ३ सय ४ मत प्राप्त गरिन्। क्षेत्रीय अधिवेशनबाट नेतृत्व चयनसँगै कास्की–३ मा नेपाली कांग्रेसको आगामी संगठनात्मक गतिविधि र महाधिवेशन प्रतिनिधित्वको प्रक्रिया अघि बढ्ने भएको छ।






