समाज

लोकरञ्जनको ‘सन्धिकाल’ पुस्तकमाथि विमर्श

पोखरा, ३० जेठ, पोखरामा क्रियाशील साहित्यिक संस्था ¥यान्डम रिडर्स सोसाइटीले शनिबार अनुसन्धाता लोकरञ्जन पराजुलीको पुस्तक ‘सन्धिकाल’ माथि विमर्श गरेको छ । पत्रकार युवराज श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा लेखक पराजुलीले विसं २००७ सालको परिवर्तन र त्यसले नेपाली समाजका विभिन्न आयाममा पारेको प्रभावबारे चर्चा गरे । उनले नेपालमा व्यवस्था परिवर्तन भए पनि शासकको प्रवृत्ति र स्वभावमा भने खासै परिवर्तन नआएको टिप्पणी गरे । सत्तामा पुगेपछि शासकहरुले आफूलाई सर्वज्ञानी ठान्ने र नागरिकलाई रैतीका रुपमा व्यवहार गर्ने गरेको उनको तर्क थियो । ‘नेपालका शासकहरुमा… पुरा पढौ

दोस्रो पोखरा खेलकुद महोत्सव सुरु, ११ खेल समावेश

पोखरा ३० जेठ, पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा ‘दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल २०८३’ शनिबारदेखि औपचारिक रूपमा सुरुवात भएको छ । खेलकुद गतिविधिलाई थप व्यवस्थित, समावेशी तथा प्रतिभामुखी बनाउने उद्देश्यका साथ आयोजित महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख आचार्यले खेलकुद व्यक्तिगत स्वास्थ्य, अनुशासन र समग्र व्यक्तित्व विकासको महत्वपूर्ण आधार भएको बताए। विद्यालय तहदेखि नै खेलकुदको विकास र प्रवर्द्धन गर्न सकिए भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन… पुरा पढौ

२०८५ देखि अनिवार्य तथा निःशुल्क शिक्षा लागू गर्ने तयारीः कास्कीमा सरोकारवालासँग छलफल

पोखरा, ३० जेठ, नेपाल सरकारले आगामी २०८५ साल वैशाख १ गतेदेखि देशभर अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको अवस्थामा कास्कीमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइ कास्कीद्वारा पोखरामा हालै आयोजित कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, शिक्षा क्षेत्रका विज्ञ, शिक्षक, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा नेपालको संविधान, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ तथा राष्ट्रिय शिक्षा नीतिले सुनिश्चित गरेका शैक्षिक अधिकार, राज्यका दायित्व र कार्यान्वयनका रणनीतिबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले… पुरा पढौ

बुद्व विशाल बजार व्यापारिक एशोसियसनको त्रिलोकेश्वर शिव मन्दिरमा वृक्षारोपण कार्यक्रम

पोखरा, बुद्व विशाल बजार व्यापारिक एशोसियसनको आयोजनामा त्रिलोकेश्वर शिव मन्दिर परिसर पोखरा २८ कालिकामा बृक्षारोपण कार्यक्रम गरिएको छ । धार्मिक पर्यटकिय गन्तव्य त्रिलोकेश्वर शिव मन्दिर परिसर भित्र विभिन्न जातका फलफुल अन्य जातका विरुवा रोपिएको हो । बुद्व विशाल बजार व्यापारिक एशोसियसनको आयोजना तथा त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिको समन्वयमा मन्दिर पसिरमा बर, पिपल, सुमि, आँप, बेलपत्र, निम, अशोक, डुम्री, गुराँस, अमला, नारेश्वर, विभिन्न फलफुल तथा फुलहरूका विरूवाहरु रोपिएको थियो । बृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दे पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष… पुरा पढौ

मेयर कप तथा राष्ट्रिय क्रस कन्ट्री साइक्लिङ दौड असार ७ गते पोखरामा हुने

दीननाथ बरालपोखरा, जेठ ३०, पर्यटनको राजधानी पोखरामा आउदो असार ७ गते “मेयर कप तथा राष्ट्रिय क्रस कन्ट्री साइक्लिङ दौड प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका तथा पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा एवं कास्की जिल्ला साइक्लिङ संघको सह–आयोजनामा असार ७ गते महिला तथा पुरुष एवं जुनियर तर्फका विधामा उक्त दौड हुने तयारी गरिएको प्रतियोगिताका संयोजक शंकर भण्डारीले बताउनु भयो । प्रतियोगिता पोखरा महानगरपालिका–२१ फेदिपाटनबाट सुरु हुने भएको छ भने प्रतियोगिताका लागि निर्धारण गरिएको रुट फेदिपाटनदेखि निर्मलपोखरी क्षेत्रसम्म करिब पाँच… पुरा पढौ

निवर्तमान सभापति गौतमलाई पराजित गर्दै महासचिव त्रिपाठी रास्वपा गण्डकीको सभापतिमा निर्वाचित

पोखरा, जेठ ३०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको नेतृत्वमा परिवर्तन आएको छ । प्रदेश समितिका निवर्तमान महासचिव नवीन त्रिपाठीले बहालवाला सभापति राजन गौतमलाई पराजित गर्दै गण्डकी प्रदेश सभापतिको जिम्मेवारी हात पार्न सफल भएका छन्। प्रथम प्रदेश अधिवेशनअन्तर्गत शुक्रबार राति सम्पन्न मतदानको मतगणना शनिबार बिहान सकिँदा त्रिपाठीले २ सय ३४ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी तथा निवर्तमान सभापति गौतमले १ सय ८२ मतमा सीमित हुनुपरेको थियो। यससँगै त्रिपाठीले ५२ मतको स्पष्ट अन्तरसहित पहिलो चरणमै विजय सुनिश्चित गरेका हुन्। उनीहरुको… पुरा पढौ

विश्वकप फुटबलको महाकुम्भ भव्य रूपमा सुरु

दक्षिण कोरियाको विजयी सुरुआत पोखरा । विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव तथा महाकुम्भ मानिने फिफा विश्वकप फुटबल–२०२६ भव्य तामझामका साथ सुरु भएको छ। पहिलोपटक तीन राष्ट्र– मेक्सिको, क्यानडा र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको पहिलो दिन नै रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ। समूह ‘ए’ अन्तर्गत शुक्रबार मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। खेलमा सुरुआती अग्रता भने चेक रिपब्लिकले लिएको थियो। ५९औँ मिनेटमा लाडिस्लाभ क्रेज्चीले गोल गर्दै… पुरा पढौ

रास्वपाको प्रथम गण्डकी प्रदेशस्तरीय अधिवेशन सुरु, ४ जना अध्यक्षका आकांक्षी“देशको भविष्य बनाउन हामी आएका हौं, राजनीतिक भविष्य जोड्न होइन” ः महामन्त्री बुर्लाकोटी

पोखरा, २९ जेठ, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० गण्डकी प्रदेशको प्रथम ऐतिहासिक प्रदेश अधिवेशन आज ९बिहीबार० देखि पोखरामा सुरु भएको छ । प्रदेश सभापति पदका लागि चार जना नेताबीच मुख्य प्रतिस्पर्धा हुने प्रारम्भिक रुपमा आकांक्षी देखिनु भएको हो । अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले अधिवेशन नेतृत्व परिवर्तनको प्रक्रिया मात्र नभई नीति, कार्यशैली र व्यक्तित्वको मूल्याङ्कन गर्ने अवसर समेत भएको बताउनु भयो । “अधिवेशन भनेको नेतृत्व परिवर्तन गर्नु मात्र होइन, राम्रो नीति निर्माण र आवश्यक परिवर्तन गर्ने प्रक्रिया… पुरा पढौ

स्याङ्जाको पुतलीबजार प्रज्ञा प्रतिष्ठानद्वारा साहित्यकार असफल गौतमसहित तीन स्रष्टा सम्मानित

स्याङ्जा, जेठ २९, पुतलीबजार प्रज्ञा प्रतिष्ठान, स्याङ्जाले कला, साहित्य तथा संगीत क्षेत्रको श्रीवृद्धिमा योगदान पुर्‍याएका तीन जना स्रष्टालाई सम्मान गरेको छ ।प्रतिष्ठानद्वारा आयोजित स्रष्टा सम्मान तथा कविता वाचन कार्यक्रममा साहित्यकार तथा कवि असफल गौतम, साहित्यिक स्रष्टा अनन्त कुमार श्रेष्ठ र लक्ष्मी रेग्मी खनाल लाई जनही नगद २० हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो। पुतलीबजार नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पुतलीबजार नगरपािलकाका नगर प्रमुख तुलसीराम रेग्मी, प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी, उपकुलपति दुर्गाबहादुर शाह बाबा, तथा सदस्य सचिव… पुरा पढौ

स्टेप वाई स्टेप मा.वि.मा अन्तरसदनात्मक अङ्ग्रेजी हिज्जे प्रतियोगिता

पोखरा, स्टेप वाई स्टेप माध्यमिक विद्यालय ले कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरूबीच अन्तरसदनात्मक अङ्ग्रेजी हिज्जे प्रतियोगिता आयोजना गरेको छ । विद्यालय परिसरमा आयोजित प्रतियोगितामा चारवटा सदनका १२ टिमबाट ६० जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूको अङ्ग्रेजी भाषामा हिज्जे ज्ञान, शब्दभण्डार तथा भाषिक दक्षताको विकास गर्नु रहेको विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल ले मन्तव्य व्यक्त गर्दै कुनै पनि कामको सुरुवात सही ढंगले भएमा त्यसले सफलताको मार्ग प्रशस्त गर्ने बताउनुभयो। उहाँले यस्ता… पुरा पढौ