समाज

काठमाडौँ–सांघाई सीधा उडान पुनः सञ्चालन

काठमाडौँ–सांघाई–काठमाडौँ रुटमा हिमालय एअरलाइन्स्ले नियमित सीधा उडान पुनः सञ्चालन गरेको छ। एअरलाइन्स्ले सोमबार, सेप्टेम्बर २८, २०२६ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीच सेवा सुरु गरेको हो। हिमालय एअरलाइन्स्को उडान एच९ ७९१ ले सेप्टेम्बर २८ साँझ काठमाडौँबाट उडान भरी सेप्टेम्बर २९ बिहान २ः३६ बजे सांघाई पुडोङ विमानस्थलमा अवतरण गरेको थियो। त्यसैगरी, एच९ ७९२ ले सेप्टेम्बर २९ बिहान ४ः३६ बजे सांघाईबाट उडान भरी बिहान ८ः१३ बजे काठमाडौँ अवतरण गरेको एअरलाइन्स्ले जनाएको छ। प्रारम्भिक चरणमा यस रुटमा साप्ताहिक दुई… पुरा पढौ

दशैँ महोत्सव सफल बनाउन पर्यटन क्षेत्रको सामूहिक प्रतिबद्धता

पोखरा १३ असोज, नेपालीहरूको महान पर्व दशैँलाई पर्यटनसँग जोड्दै आयोजना गर्न लागिएको ‘दशैँ पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३’ लाई सफल बनाउन पोखराका पर्यटनसम्बद्ध संघ–संस्थाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा हुने महोत्सवका विषयमा मंगलबार पोखरामा आयोजित छलफल कार्यक्रममा सहभागी पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले महोत्सवलाई एउटा संस्थाको मात्र कार्यक्रम नभई समग्र पोखराको पर्यटन क्षेत्रको साझा कार्यक्रमका रूपमा अपनत्व लिएर सफल बनाउनुपर्नेमा प्रतिवद्धता व्यक्त गरेका हुन् । ‘टिका, जमरा र चङ्गा चेट–पोखरामा पर्यटकसँग दशैँ… पुरा पढौ

भुटानी राष्ट्रिय क्रिकेट टोली गण्डकीसंग ८ विकेटले पराजित

दीननाथ बराल, पोखरा, १३ असोज, विश्व पर्यटन दिवसको सन्र्दभमा पोखरा आज देखि सुरु भएको अभ्यास खेलमा घरेलु टिम गण्डकी प्रदेश क्रिकेट टोलीले पाहुना टोली भुटानको राष्ट्रिय पुरुष क्रिकेटको समुहलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आज (मंगलबार) भएको खेलमा गण्डकीले ८ विकेटले जित हासिल गरेको हो । भुटानले दिएको ९७ रनको सामान्य लक्ष्य गण्डकीले ११ ओभरमै २ विकेट गुमाएर लक्ष्य सहज पूरा गर्दै प्रभावशाली जित हासिल गरेको हो ।गण्डकीको जितमा ईश्वर क्षेत्रीले अविजित ३४ रनको योगदान दिए ।… पुरा पढौ

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाख भन्दा बढी हस्तान्तरण

पोखरा, रसुवामा गएको बाढीपहिरोबाट प्रभावितहरूका लागि उल्लेरी गाउँ सेवा समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेको संयुक्त पहलमा संकलित चार लाख एक सय पैँतालीस रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ। संकलित रकम नेपाल बैंक लिमिटेडमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोष’मा जम्मा गरिएको हो। सो सहयोगबारे जानकारी दिँदै सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारीलाई प्रतीकस्वरूपको चेक औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। उल्लेरी गाउँ सेवा समाज कास्की, पोखराले पूर्वनिर्धारित ‘आत्मीय भेटघाट’ कार्यक्रमलाई एक हप्ता पछाडि सारेर बाढीपहिरो पीडितको सहयोगार्थ रकम संकलन अभियान… पुरा पढौ

बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता

गण्डकी, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित बागलुङ, म्याग्दी, पर्वतलगायत जिल्लाका बाढी प्रभावित क्षेत्रको आज स्थलगत निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा मुख्यमन्त्री पाण्डेले बाढीपहिरोबाट भएको जनधनको क्षति, सडक तथा पुल लगायत भौतिक पूर्वाधारमा परेको असर र प्रभावित नागरिकको अवस्थाबारे स्थानीय नागरिक र जिल्लास्थित सुरक्षा निकायसँग जानकारी लिनुभएको छ । बागलुङ र म्याग्दीमा मुख्यमन्त्रीको उपस्थितिमा जिल्ला सुरक्षा समितिको बैठक भएको थियो। बाढीबाट भएको क्षति, हालको अवस्था तथा तत्काल गर्नुपर्ने कामका बारेमा छलफल भएको छ। मुख्यमन्त्री पाण्डेले… पुरा पढौ

यू–१९ महिला विश्वकपको पोखरामा हुने बिषयमा अन्योलमा, काठमाडौंमै सीमित हुने शंकेत

पोखरा, असोज १३ , नेपालले सन् २०२७ मा सहआयोजना गर्ने तयारी गरेको आईसीसी यू–१९ महिला विश्वकपका खेल पोखरामा समेत हुने अपेक्षा गरिएको भए पनि आवश्यक क्रिकेट मैदान तथा पूर्वाधार निर्माणमा अपेक्षित प्रगति नहुँदा पोखराको आयोजनामाथि प्रश्न उठ्न थालेको छ। आईसीसीका प्रतिनिधिले सेप्टेम्बर २७ र २८ मा नेपाल भ्रमण गरी यू–१९ महिला विश्वकपको तयारी तथा पूर्वाधारको स्थलगत निरीक्षण गरेपछि पोखरामा प्रतियोगिता आयोजना हुने वा नहुने विषयमा चासो बढेको हो । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आईसीसी प्रतिनिधिको भ्रमणलाई प्रतियोगिता तयारीको नियमित… पुरा पढौ

युवा नेता नेपाली निर्विरोध

पोखरा, नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत कास्की क्षेत्र नम्बर २ को प्रदेश प्रतिनिधिमा युवा नेता गोविन्द नेपाली निर्विरोध निर्वाचित भएका छन् । विद्यार्थी र दलित आन्दोलनबाट उदायका युवा नेता नेपाली नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य समेत हुन् । विद्यालय उमेरबाटै नेविसंघको राजनितिमा सक्रिय नेपालीले निर्वाचित हुँदै कांग्रेसले यस पटक युवाहरुलाई अवसर दिएकोमा खुसी व्यक्त गरे । हिजोका दिनमा पार्टीले युवाहरुलाई नेतृत्वमा आउने वातावरण नबनाइराखेको अवस्थामा अहिले त्यसलाई परिवर्तन गर्दै युवाको पार्टी बनाउने तर्फ अघि बढ्नुले कांग्रेसमा थप नयाँ उर्जा… पुरा पढौ

पोखरामा आज भुटान र गण्डकीबीच क्रिकेट अभ्यास खेल हुँदै

पोखरा, असोज १३, विश्व पर्यटन दिवसको अवसर पारेर पोखरा आएका भुटानको राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज ९सेप्टेम्बर २९० गण्डकी प्रदेश क्रिकेट टोलीसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दैछ। पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेपछि सुरु हुनेछ। आगामी आइसिसी मेन्स टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि भुटानी टोली अभ्यास खेल खेल्न पोखरा आएको हो। मलेसियामा अक्टोबर ३ देखि सुरु हुने प्रतियोगिताको तयारीस्वरूप भुटानले पोखरालाई अभ्यास गन्तव्यका रूपमा छनोट गरेको हो। नेपाल क्रिकेट सङ्घ ९क्यान० को सहयोग तथा… पुरा पढौ

कांग्रेसको १५औँ महाधिवेशन स् कास्की–३ बाट महाधिवेशन प्रतिनिधिमा मीनबहादुर गुरुङको उम्मेदवारी

पोखरा, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भोलि असोज १३ गते हुने क्षेत्रीय अधिवेशनमा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ कास्की निर्वाचन क्षेत्र नं। ३ बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदको उम्मेदवार बनेका छन्। लामो समयदेखि कांग्रेसको सांगठनिक राजनीतिमा सक्रिय गुरुङले स्थानीय तहको नेतृत्वबाट हासिल गरेको अनुभवलाई पार्टी संगठनसँग जोड्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्। उनले आफ्नो उम्मेदवारीमा युवा प्रतिनिधित्व, समान सहभागिता र नेतृत्वमा पुस्तान्तरणलाई प्रमुख मुद्दाका रूपमा अघि सारेका छन्।माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षका रूपमा स्थानीय सरकार सञ्चालन गरिरहेका गुरुङ यसअघि नेपाली कांग्रेस कास्की… पुरा पढौ

‘देश सुध्रिएन भन्ने आवाज बाक्लिँदैछ, पार्टी सुधारको संकल्प गरौँ’ ठाकुर बराल

पोखरा, देश सुधारको आवश्यकता औंल्याउँदै नेपाली कांग्रेसभित्र पुस्तान्तरण, युवाको नेतृत्व र पार्टी संगठनमा देखिएको उमेरगत सीमाबारे प्रश्न उठाइएको छ। युवा नेतृत्वले देश हाँकिरहेको वर्तमान अवस्थामा पार्टीको महाधिवेशन प्रतिनिधि छनोटमा भने युवालाई अवसरका लागि लामो समय कुर्नुपर्ने अवस्था किन भन्ने प्रश्नसमेत उठाइएको हो। “देश सुध्रिएन भनेर किन आवाज बाक्लिएको छरु देश ३५ वर्ष उमेरका युवाले नेतृत्व गरिरहेका छन्,” भन्दै कांग्रेसभित्र युवाको सहभागिता र नेतृत्व विकासका लागि थप अवसर सिर्जना गर्नुपर्ने धारणा अघि सारिएको छ। केन्द्रमा गुट–उपगुट नभएकोमा खुसी भइरहँदा जिल्लास्तरमा भने… पुरा पढौ

This will close in 20 seconds