समाज

रसुवामा विनाशकारी बाढीः पर्यटकसहित सयौं सम्पर्कविहीन, नारायणगढसम्म उच्च सतर्कता अपनाउन आग्रह

रसुवा/पोखरा चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीले बस्ती, बजार, सडक, पुल, सुरक्षा चौकी तथा जलविद्युत् आयोजनामा क्षति पुर्‍याउनुका साथै ठूलो संख्यामा मानिसलाई सम्पर्कविहीन बनाएको सुरक्षा निकाय तथा स्थानियले बताएका छन् । बाढीको प्रभाव भोटेकोशी हुँदै त्रिशूली नदीमा फैलिँदै गएपछि रसुवादेखि नुवाकोट, धादिङ हुँदै चितवनको नारायणगढसम्मका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। चितवन प्रशासनले समेत नदीको बहाव बढ्दै गएपछि नारायणगढसहितका जोखिमयुक्त तटीय बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा… पुरा पढौ

‘व्यवसायीको उत्थान, समुन्नत संघ’को नारासहित अर्जुन पोखरेल पुनः अध्यक्षको दौडमा

पोखरा, पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलले निजी क्षेत्रको सुदृढीकरण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालन, साना तथा मझौला व्यवसायीको संरक्षण र युवालाई स्वदेशमै उद्यमशीलतामा आकर्षित गर्ने विषयलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्। ‘व्यवसायीको उत्थानः समुन्नत संघ’ भन्ने मूल नारासहित अध्यक्ष पदमा पुनः उम्मेदवारी दिएका पोखरेलले कठिन अवस्थामा निजी क्षेत्र र व्यवसायीको बलियो खम्बाका रूपमा संघलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।व्यव साय सञ्चालनको चुनौती आफैंले समेत भोगिरहेको उल्लेख गर्दै पोखरेलले व्यवसायीका समस्या आफ्ना व्यक्तिगत सरोकारसमेत… पुरा पढौ

कल्प मिडिया कप फुटसलको मुख्य सहयोगीमा ’सीडीएच’

कल्प मिडियाको आयोजनामा असोज २ गते सुरु हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’को मुख्य सहयोगीमा चर्चित क्याफ्टेरिया ‘सीडीएच’ रहेको छ । पोखराको लेकसाइडस्थित गौरीघाटमा रहेको क्याफे डी हिमालयज (सीडीएच)का सीइओ मनोज गुरुङ र कल्प मिडियाका अध्यक्ष सुरज श्रेष्ठबीच भएको सम्झौतामा सीडीएच मुख्य सहयोगकी रहने बताइएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता सञ्चालन हुने मिडिया कप फुटसलको तयारी तीब्र पारिएको जनाउँदै अध्यक्ष श्रेष्ठले अन्य संस्थासँग साझेदारीका काम भइरहेको बताएका छन् ।… पुरा पढौ

युवाको आवाजदेखि संस्थागत सुदृढीकरणसम्म पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा सौगात थापा

पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६ औँ महाधिवेशनमा उद्योग उपाध्यक्ष पदका लागि युवा व्यवसायी सौगात थापाले उम्मेदवारी दिएका छन्। भाद्र २० र २१ गते हुने महाधिवेशनलाई लक्षित गर्दै थापाले आफू स्वयं युवा व्यवसायी भएकाले नयाँ पुस्ताले उद्योग तथा व्यवसाय क्षेत्रमा भोगिरहेका चुनौती, सम्भावना र आवश्यकतालाई नजिकबाट बुझेको बताएका छन्। अंशुवरा ग्रुपका प्रबन्ध निर्देशक थापा पोखराको व्यवसायिक क्षेत्रमा सक्रिय युवा व्यवसायी हुन्। उनी बैगचा वेलनेस रिसोर्ट प्रालि सञ्चालन तथा व्यवस्थापनसँगै पोखरा ट्रेडमलका प्रबन्ध निर्देशकका रूपमा समेत व्यवसायिक क्षेत्रमा क्रियाशील छन्। विभिन्न… पुरा पढौ

ब्रह्माकुमारीहरूको पाँचदिने बृहत् रक्तदान अभियान सम्पन्न, ८ हजार ६९४ पिन्ट रगत संकलन

पोखरा — ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्र नेपालले आयोजना गरेको पाँचदिने राष्ट्रव्यापी बृहत् रक्तदान अभियान सम्पन्न भएको छ। पूर्व मुख्य प्रशासिका दादी प्रकाशमणिको १९औँ स्मृति दिवस तथा विश्व बन्धुत्व दिवसको अवसरमा आयोजना गरिएको अभियानबाट विभिन्न स्थानमा गरी ८ हजार ६९४ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ। मानव सेवा, परोपकार र विश्व बन्धुत्वको भावनालाई व्यवहारमा उतार्ने उद्देश्यले भदौ ५ गतेदेखि ९ गतेसम्म अर्थात् अगस्ट २१ देखि २५, २०२६ सम्म देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो। अभियानमा विभिन्न संघसंस्था, सामाजिक… पुरा पढौ

पेन्सन पट्टामा नाम नमिल्दा निम्तिएको संकटको कथा, टेलर सार्वजनिक

काठमाडौं, माओत्से गुरुङको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘पेन्सन पट्टा’ को टेलर सार्वजनिक गरिएको छ । काठमाडौं सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित कार्यक्रममा कलाकार तथा चलचित्र निर्माण टोलीको उपस्थितिमा टेलर सार्वजनिक गरिएको हो । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको टेलरले नेपाली समाजमा देखिने एउटा गम्भीर तर कमै चर्चा हुने समस्यालाई कथाको केन्द्रमा राखेको संकेत गरेको छ । सार्वजनिक टेलरमा पेन्सन पट्टामा नाम नमिल्दा उत्पन्न हुने समस्या, त्यसका कारण परिवारले भोग्नुपर्ने आर्थिक तथा सामाजिक कठिनाइ र त्यसको समाधानको… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसललाई वडा १२ ले सघाउने

पोखरा, कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिको आयोजनामा असोज २ गते देखि संचालन हुने गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसल प्रतियोगिता –२०८३’लाई पोखर वडा नम्बर १२ ले सहयोग गर्ने भएको छ । पोखरा महानगरपालिका १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले मिडिया कप फुटसललाई सहयोग गर्ने सहमति भएको बताए । अध्यक्ष बास्तोलाले प्रतियोगितालाई सहयोग गर्न पाउँदा गौरवान्वित भएको महशुस गर्दै फुटसललाई सभ्य र भव्य बनाउन आफ्नो साथ रहने जानकारी दिए । यस अवसरमा आयोजक कल्प मिडियाका अध्यक्ष सुरज श्रेष्ठले प्रतियोगिता सफल पार्न हातेमालो गरेकोमा… पुरा पढौ

पब्लिक फोरकेले प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगिता गर्ने

भाद्र,९, पोखरा, बार्दली मिडिया प्रा.लि. द्धारा सञ्चालित पब्लिक फोरके टेलिभिजन पोखराको आयोजनामा दशौँ संस्करणको गण्डकी प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । हरितालिका तीजको अवसर पारेर कृषि र कृषकका सम्भावना, महिला कृषकलाई उद्यम तथा पर्यटन का लागि प्रेरित गर्दै उनिहरुको आत्मसम्मान र संघर्षका कथालाई मौलिक तीज गीतमार्फत उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । गण्डकी प्रदेशका ११ जिल्लाबाट छनोट भएका उत्कृष्ट समूहबीच यही भदौ २२ गते सोमबार पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा ग्रान्ड फिनाले हुने… पुरा पढौ

पोखराबाट नियमित अन्तरास्ट्रिय उडान गराउने बिषमा पोखराका पर्यटन व्यवसायी र यूएईका राजदूत बीच छलफल

पोखरा, पोखराबाट नियमित अन्तरास्ट्रिय उडान गराउने बिषमया पोखराका पर्यटन व्यवसायी र यूएईका राजदूतबीच पोखरा–दुबई उडानबारे छलफल भएको छ । पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष तथा नाटा गण्डकी प्रदेशका पूर्वअध्यक्ष पोम नारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य बासुदेव त्रिपाठी, होटल संघ गण्डकी प्रदेशका अध्यक्ष हरि शर्मा गैरे, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, नाट्टा गण्डकी प्रदेशका कार्यकारी सदस्य विजय पौडेल तथा विशेष उपस्थितिका रूपमा नाटा केन्द्रीय अध्यक्ष भरतजंग पाण्डे लगायत पर्यटन व्यवसायीहरूको… पुरा पढौ

संघ हाम्रो परिवार’देखि डिजिटल रूपान्तरणसम्म स् शोभा गौतम प्यानलका प्रतिबद्धता

पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदकी प्रत्याशी शोभा गौतम नेतृत्वको प्यानलले उद्योगी–व्यवसायीको साझा हित, संस्थागत सुशासन, डिजिटल रूपान्तरण, लगानी प्रवद्र्धन तथा पोखराको आर्थिक विकासलाई केन्द्रमा राखेर प्रतिबद्धता सार्वजनिक गरेको छ । आगामी भदौ २० र २१ गते हुने महाधिवेशनका लागि गौतम नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ ढुंगाना, कोषाध्यक्षमा जीवनप्रकाश श्रेष्ठ र उपमहासचिवमा यादव पोखरेल उम्मेदवार छन्। प्यानलले संघलाई पारदर्शी, उत्तरदायी, प्रविधिमैत्री तथा सबै उद्योगी–व्यवसायीको… पुरा पढौ

This will close in 20 seconds