समाज

उद्योग बाणिज्य संघका अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार सहयोग

पोखरा, पोखरा उद्योग वाणिज्य संघका अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ। यही भदौ २० र २१ गते हुने पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गर्नुभएका पोखरेलले निर्वाचनमा हुने खर्चलाई मितव्ययी बनाउँदै बचत भएको केही रकम विपद् प्रभावितका लागि राहत कोषमा सहयोग गरेको बताउनुभयो। देशमा ठूलो विपत्ति प दुःख व्यक्त गर्दै प्रभावित नागरिकको खोजी, उद्धार तथा राहत वितरणको कामलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन सरकारसँग आग्रह गर्नुभयो। पोखरेलले विपद्को… पुरा पढौ

ड्याडिज किचनले बाढी प्रभावितका लागि १ लाख ११ हजार सहयोग

पोखरा, पोखराको ड्याडिज किचनले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ। देशमा परेको विपद्का बेला सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारको राहत अभियानमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको ड्याडिज ग्रुपका अध्यक्ष एवं युवा व्यवसायी कमलजंग कुँवरले पोखराक्लिकलाई बताउनुभयो। पोखरामा ड्याडिज किचनका विभिन्न शाखा तथा आउटलेट सञ्चालनमा छन्। चिप्लेढुंगामा ड्याडिज किचनको चौथो शाखा केही समयदेखि सञ्चालनमा आएको हो भने बिरौटामा फुड ट्रक, हिमाली टोलमा ड्याडिज… पुरा पढौ

भोटेकोशी बाढीको कहर ६६७ नेपाली तथा विदेशी सम्पर्कविहीन, तटीय क्षेत्रमा शवको चाङ

पोखरा, भदौ १२, रसुवा र भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो मानवीय संकट निम्त्याएको छ। बाढीपछि प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा यात्रुको खोजी तथा उद्धारलाई तीव्र पारिएको छ भने ठूलो संख्यामा नेपाली तथा विदेशी नागरिक सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ। नेपाल पर्यटन बोर्डले बिहीबार साँझ ५ः३० बजेसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार १२७ नेपालीसहित ६६७ जना नेपाली तथा विदेशी नागरिक अझै सम्पर्कविहीन छन्। बोर्डले उनीहरूलाई ‘अझै सम्पर्कविहीनको सूचीमा राखेको छ। बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा ३२ देशका नागरिक छन्। सबैभन्दा धेरै भारतका… पुरा पढौ

बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग

पोखरा, गण्डकी प्रदेशका पूर्व सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री एवं वर्तमान प्रदेशसभा सदस्य विन्दुकुमार थापाले बाढीपहिरो प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आफ्नो पारिश्रमिक बापतको ५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्। प्राकृतिक विपद्का कारण देशका विभिन्न जिल्लामा जनधनको क्षति भइरहेका बेला प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले आफूले पाउने पारिश्रमिक सरकारी राहत कोषमा प्रदान गरेको थापाले बताएका छन्। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लाका… पुरा पढौ

नाट्टा गण्डकीको अध्यक्षमा पहिलोपटक महिला अध्यक्षमा सङ्गीता पौडेल निर्वाचित

दीननाथ बराल,पोखरा ११, भदौं, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको अध्यक्षमा पहिलोपटक महिला अध्यक्षमा निर्वाचित हुनु भएको छ । नाट्टा गण्डकीको बुधबार पोखरामा सम्पन्न भएको ३१औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनले सङ्गीता पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको निर्वाचन समितिले पोखराक्लिकलाई जनाएको छ । अध्यक्ष पदमा पौडेलले ९३ मत प्राप्त गर्दै प्रतिस्पर्धी कमला गिरीलाई ४४ मतले पराजित गर्नुभयो । गिरीले ४९ मत प्राप्त गर्नुभयो । पौडेलले नाट्टा गण्डकीमा यसअघि प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।… पुरा पढौ

सिटिजन फर्निचरद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

पोखरा, १० भदौ, देश विभिन्न स्थानमा आएको प्राकृतिक विपद्को चपेटामा परिरहेका बेला पोखराको सिटिजन फर्निचरले प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । पोखराको न्यूरोडमा रहेको सिटिजन फर्निचरले विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो । सिटिजन फर्निचरका सञ्चालकमध्ये एक युवा व्यवसायी दीपक कार्कीले देश ठूलो विपद्को सामना गरिरहेका बेला आफ्नो क्षमताअनुसार सानो भए पनि सहयोग गर्ने उद्देश्यले राहत कोषमा रकम… पुरा पढौ

पोखराबाट काठमाडौं हवाई उडान बढाउन तीन एयरलाइन्सलाई मेयर आचार्यको आग्रह, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको यात्रु सुरक्षामा जोड

पोखरा, १० भदौ, भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पोखरा–काठमाडौं सडकमार्ग प्रभावित भएपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा–काठमाडौं हवाई सेवा थप गर्न बुद्ध एयर, श्री एयर लायन्स , यति एयरलायन्स तीनवटै कम्पनीलाई आग्रह गर्नुभएको छ । बाढीका कारण स्थलमार्गबाट काठमाडौं जाने अवस्था असहज बनेपछि पोखरामा रहेका स्वदेशी तथा विदेशी पाहुना र अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्ने महानगरवासीलाई सहज बनाउन हवाई उडान बढाउन आग्रह गरिएको उहाँले जनाउनु भयो । मेयर आचार्यले पोखरा–काठमाडौं रुटमा आवश्यकता हेरेर थप उडान सञ्चालन… पुरा पढौ

अन्ततः प्रदेश सरकारमा रहेका एमालेका ४ मन्त्रीले दिए राजीनामा

दीननाथ बराल, पोखरा १०, भदौं, गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका चार मन्त्रीले आज (बुधबार) सामूहिक राजीनामा दिनुभएको छ । एमाले गण्डकी प्रदेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै मन्त्रीहरूले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामा पत्र पेश गर्नु भएको हो । राजीनामा दिनेमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्की र स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे रहनु भएको छ । एमालेबाट सरकारको नेतृत्व गरेका मन्त्री गोविन्दबहादुर नेपालीले… पुरा पढौ

गोगन मा.वि.मा २३ लाख ५२ हजार रुपैयाँ बोलकबोल रकम हस्तान्तरण

पोखरा, १० भदौ, पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन माध्यमिक विद्यलायमा पूर्व बोलकबोल भएको रकम २३ लाख ५२ हजार ४०० रुपैयाँ एक समारोहका बीच आज हस्तान्तरण गरिएको छ । विद्यालयमा २०६६ फागुन १५ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको महायज्ञका क्रममा शिक्षासेवी स्व.भक्तबहादुर बस्नेतले बोलकबोल गर्नुभएको २५ लाख ५५ हजार ५५५ रुपैयाँ बोलकबोल रकम मध्ये बाँकी २३ लाख ५२ हजार ४०० रुपैयाँ उहाँका परिवारजनले आज विद्यालयमा हस्तान्तरण गर्नुभएको हो । स्व.भक्तबहादुर बस्नेतका परिवारजनका तर्फबाट उहाँकी धर्मपत्नी चिनुमाया बस्नेतले सहित छोरा,… पुरा पढौ

व्यवसायीको घरदैलोमा शोभा गौतम प्यानल, ‘सुदृढ संघ, सक्षम नेतृत्व र समृद्ध व्यवसाय’ को प्रतिबद्धता

पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै गर्दा निर्वाचनको माहोल तातेको छ । आगामी भदौ २० र २१ गते हुने महाधिवेशनमा विभिन्न पदका उम्मेदवारहरू व्यवसायी तथा उद्योगीको घरदैलोमा पुगेर आफ्ना एजेन्डा र प्रतिबद्धता प्रस्तुत गर्दै मत माग्न व्यस्त छन् । यसै क्रममा अध्यक्ष पदकी उम्मेदवार शोभा गौतम नेतृत्वको प्यानलले घरदैलो अभियानलाई तीव्रता दिएको छ । गौतमको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार टीकाराम सुवेदी, उद्योग उपाध्यक्षका उम्मेदवार सौगात थापा, वाणिज्य उपाध्यक्षका उम्मेदवार भीम गौतम, महासचिवका उम्मेदवार तारानाथ ढुंगाना, कोषाध्यक्षका उम्मेदवार… पुरा पढौ

This will close in 20 seconds