समाज

पोखरामा सवारी दुर्घटनामा परी नेविसंघका पूर्व केन्द्रीय सदस्य राजीव बाँस्तोलाको ज्यान गयो

पोखरा १, असार, पोखरामा सडक दुर्घटनामा परी नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रीय सदस्य राजीव बाँस्तोलाको ज्यान गएको छ । कास्की जिल्ला सहकारी संघको तालिममा सहभागी भएर घर फर्किने क्रममा आइतबार साँझ करिब ५ः३० बजे पोखरा सभागृहचोक र सृजनाचोक बिचको सडकखण्डमा पोखरा १९ काउरे निवासी ३२ बर्षीय बाँस्तोलाको रेडी मिक्स्चर (ब्लकर) ले बाँस्तोलाले चलाएको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएसंगै गम्भिर घाइते हुनु भएको उहाँको उपचारको क्रममा मृत्यु भएको अस्पताल श्रोतले पोखराक्लिकलाई जनाएको छ । बा प्र ०३–००१ क १६५० नम्बरको… पुरा पढौ

श्रवणदृष्टि विहीनता प्रतिको जनचेतना बढाउन पोखरामा खुला ५ किलोमिटर सडक दौड हुने

दीननाथ बराल,पोखरा, असार १, श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूका अधिकार, आवश्यकता र चुनौतीबारे समाजमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा यही असार १३ गते खुला ५ किलोमिटर सडक दौड प्रतियोगिता आयोजना गरिने भएको छ। अन्तर्राष्ट्रिय श्रवणदृष्टि विहीनता दिवस २०८३ (जुन २७, २०२६) को अवसरमा श्रवणदृष्टि विहीन संघ नेपालले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। संघका अध्यक्ष पुष्पराज रिमालले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा खेलकुदमार्फत समावेशी समाज निर्माणको सन्देश प्रवाह गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनका अनुसार यस वर्षको अन्तर्राष्ट्रिय… पुरा पढौ

पिसिएम कप प्लस टु बास्केटबलमा छात्र÷छात्रा दुवै उपाधी एमिसीलाई

३१ जेष्ठ, पोखरा, पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम पिसिएम कप प्लस टु छात्र÷छात्रा बास्केटबल प्रतियोगिताको उपाधी छात्र÷छात्रा दुबैतर्फ टिम एमिसीले जितेको छ । नदिपुरस्थित कलेजकै बास्केटबल कोर्टमा भएको छात्रतर्फको फाइनलमा एमिसीले साझापानी ‘बि’ लाई पराजित गर्दै प्रथम स्थान हाँसिल गरेको हो । त्यस्तै छात्रातर्फ फाइनलमा एमिसीले टिम मुस्कानलाई पराजित गर्दै प्रथम स्थान हाँसिल गर्यो । छात्रतर्फ २४ र छात्रातर्फ ६ टिमको सहभागिता रहेको थियो । जितसंगै छात्रतर्फ एमिसीले नगद रु १५ हजार सहित ट्रफि, मेडल प्रमाण–पत्र पुरस्कार प्राप्त गर्यो… पुरा पढौ

पोखराका होटल ९० प्रतिशत भरिभराउ, भारतीय पर्यटकको उल्लेख्य चहलपहल

दीननाथ बराल,पोखरा ३०, जेठ, पोखरा, पछिल्लो दुई महिनायता पर्यटकीय राजधानी पोखरामा पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ । विशेषगरी भारतीय पर्यटकको बढ्दो आगमन, आन्तरिक पर्यटन गतिविधिमा आएको वृद्धि तथा लगातार सार्वजनिक बिदाको प्रभावले पोखराका अधिकांश पर्यटकीय होटलहरू यतिबेला पनि भरिभराउ भएका छन् । पोखरा क्षेत्रमा रहेका पर्यटकीय स्तरका होटलहरूको अकुपेन्सी हाल करिब ९० प्रतिशत पुगेको पर्यटन व्यवसायीहरुले बताउनु हुन्छ । पोखरा क्षेत्रमा एकै रातमा करिब ४० हजार बेड क्षमता रहेको उल्लेख गर्दै होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले हाल… पुरा पढौ

कास्की जिल्ला क्रिकेट सङ्घको अध्यक्षमा दीपेन्द्र प्रताप चन्द

पोखरा, कास्की जिल्ला क्रिकेट सङ्घको छैटौ साधारण सभा तथा चौथो अधिवेशनबाट दीपेन्द्र प्रताप चन्द अध्यक्षमा निर्वाचित भएका छन् ।संघको उपाध्यक्षमा चन्द्रकुमार गुरुङ (जिम्मी) सचिवमा विजय रावत, कोषाध्यक्षमा दुर्गा बहादुर चन्द तथा सदस्यहरूमा देवेन्द्र प्रजु, गोविन्द प्रधान, विधान श्रेष्ठ, दीपक बराल, दिलीप अग्रहरी, आशिष बराल, भोजराज बराल, जय प्रकाश थापा (पप्पु), ऋषिकेश शर्मा पौडेल, पूर्ण चन्द न्यौपाने र गुना लुयाली निर्वाचित भएका हुन् । कुल ७३ मतदाता रहेको कास्की जिल्ला क्रिकेट संघको अधिवेशनमा ६७ मत खसेको थियो । अध्यक्ष पदका लागि… पुरा पढौ

निम्तो बाँड्दै कोलकातामा नाट्टा गण्डकीस् पर्यटन सहकार्यको नयाँ ढोका खोल्ने आशा

२९ जेठ, कोलकता, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा० गण्डकी प्रदेशले भारतको कोलकातामा आयोजना गरेको ‘पोखरा–नेपाल प्रवर्द्धन अभियान २०२६’ अन्तर्गतको बी–टु–बी नेटवर्किङ कार्यक्रमले पोखरा र कोलकाताबीच पर्यटन सहकार्यको नयाँ आधार तयार गरेको छ । कार्यक्रममा सहभागी भारतीय पर्यटन व्यवसायीहरूले पोखरालाई दक्षिण एसियाकै उत्कृष्ट पर्यटन गन्तव्यमध्ये एक भएको बताउँदै आगामी दिनमा थप भारतीय पर्यटक नेपाल पठाउने प्रतिबद्धता जनाएका छन् । पछिल्ला केही वर्षयता भारतीय पर्यटकको प्रमुख रोजाइ पोखरा बनिरहेको छ । यतिबेला भारतीय पर्यटकले पोखरा भरिन थालेको छ ।… पुरा पढौ

राष्ट्रिय क्रिकेट खेलाडी अर्जुन कुमाल र रचना चौधरी कास्कीमा नगदसहित सम्मानित (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ३०, जेठ, कास्की जिल्ला क्रिकेट संघले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी अर्जुन कुमाल र रचना चौधरीलाई जनही १० हजार रुपैयाँ नगद सहित सम्मान गरेको छ । संघको शनिबार पोखरामा आयोजना भएको छैटौं साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन सत्रको अवसरमा जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै कास्कीको नाम उच्च बनाउने क्रिकेट खेलाडीहरूलाई नगदसहित सम्मान गरिएको संघले जनाएको छ । https://www.youtube.com/watch?v=Hs9htiXyV94 कार्यक्रममा अर्जुन कुमाललाई कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले नगदसहित सम्मान गर्नु भएको छ भने राष्ट्रिय… पुरा पढौ

बालश्रम विरुद्ध सामुदायिक सेवा केन्द्र बैदामको सचेतना प्रर्दशन

पोखरा, ३० जेठ, विश्व बालश्रम विरुद्धको दिवसको अवसरमा पोखराको लेकसाइडमा सचेतना मुलक कार्यक्रम गरेको छ । सामुदायिक सेवा केन्द्र बैदामको आयोजना र अनाहत नेपाल सँगको सहकार्यमा कार्यक्रम भएको हो । पोखरा ६ लेकसाईडको फेवाताल किनार पैदल मार्ग तथा खहरेचोक देखी बाराही चोक सम्म सचेतना मुलक प्रर्दशन गरे । लेकसिटी कलेजका विद्यार्थीहरूले समाचार, सन्देश, नारा, र प्रतीकात्मक रातो दागहरूको सेतो कपडा लगाएर प्रर्दशन गरेका थिए । उनीहरुले बालबालिकाको श्रम कहाँ शोषण हुन्छ, कसले शोषण गर्दछ र शोषण उजुरी गर्ने बारे सन्देश… पुरा पढौ

रोटरी क्लब अफ पोखरा अन्नपूर्णद्वारा विद्यालयलाई शैक्षिक समाग्री सहयोग

पोखरा जेठ ३०, रोटरी क्लब अफ पोखरा अन्नपूर्णले पोखरा महानगरपालिका–३३ बागमारास्थित जनज्योति प्राथमिक विद्यालयलाई स्टेशनरी र खेलकुद सामग्री सहयोग गरेको छ । क्लबले शुक्रवार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरेर कक्षा १ देखि ५ सम्म अध्ययनरत ३५ जना बिद्यार्थीलाई उक्त शैक्षिक सामग्री सहयोग गरेको हो । कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष सइन्द्रराज श्रेष्ठले स्वार्थभन्दा माथि उठेर समाज सेवामा लाग्नु रोटरीको मुख्य उद्देश्य रहेको उल्लेख गरे । उनले विभिन्न क्षेत्रमा सेवा गर्दै आएको क्लबले शिक्षाको क्षेत्रमा पनि योगदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै… पुरा पढौ

शेर्पा समाजको रक्तदान, ४० युनिट रगत संकलनपोखरा

शेर्पा समाज पोखराको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । सागादावाको अवसरमा शनिबार पोखरा महानगरपालिका–७, पुरानो विमानस्थल अगाडि रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । पोखरा महानगरपालिका ७ का वडाध्यक्ष राममोहन आचार्यले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो । सोही क्रममा बोल्दै वडाध्यक्ष आचार्यले सागादावालाई केवल धार्मिक पर्वका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्वको प्रतीकका रूपमा मनाउनुपर्ने बताए । उनले रक्तदान कार्यक्रममार्फत मानव सेवा, सहयोग र परोपकारको सन्देश प्रवाह भएको बताए । कार्यक्रममा सुन्दरमार्ग टोल… पुरा पढौ