
पोखरा,
नेपालीहरूको महान् पर्व दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै पोखरामा ‘टीभीएस दसैँ मेगा एक्सचेन्ज इभेन्ट’ आयोजना हुने भएको छ। पोखराका ग्राहकलाई लक्षित गरी असोज १८ गतेदेखि २६ गतेसम्म अमरसिंह चौरमा एक्सचेन्ज मेला आयोजना गर्न लागिएको हो।
नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सको पोखरास्थित आधिकारिक डिलर स्क्वायर मोटर्स प्रा.लि. ले मेला आयोजना गर्न लागेको हो। कम्पनीले आज (शुक्रबार) पत्रकार सम्मेलनमार्फत मेलाको तयारी तथा ग्राहकका लागि ल्याइएका विभिन्न अफरबारे जानकारी दिएको हो। मेलामा टीभीएसका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। त्यस्तै, ‘गोल्डेन की’ वा १०० प्रतिशत क्यासब्याकमध्ये एक सुविधा प्राप्त गर्ने अवसरसमेत ग्राहकलाई दिइनेछ। स्क्वायर मोटर्सका अध्यक्ष आदर्शमान श्रेष्ठले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा पोखरावासी ग्राहकलाई लक्षित गर्दै विशेष एक्सचेन्ज इभेन्ट आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार ग्राहकले नयाँ सवारीसाधन खरिदसँगै पुरानो सवारीसाधन एक्सचेन्ज गर्दा विभिन्न छुट तथा उपहार प्राप्त गर्न सक्नेछन्।
मेलामा जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटर साट्न चाहने ग्राहकका लागि बजारमै उच्चतम मूल्यांकनको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। त्यस्तै, नागरिकता र सवारी चालक अनुमतिपत्रका आधारमा सहज फाइनान्स सुविधा उपलब्ध गराइनेछ। ग्राहकले निःशुल्क एसेसरिजका साथै लक्की ड्रमार्फत पाँच वर्षसम्म निःशुल्क सर्भिसिङलगायतका सुविधा प्राप्त गर्न सक्नेछन्। मेलामा सहभागी भएर नयाँ सवारीसाधन खरिद नगरी टेस्ट राइड मात्र गर्ने ग्राहकले समेत आकर्षक उपहार प्राप्त गर्ने व्यवस्था गरिएको स्क्वायर मोटर्सका प्रतिनिधि सन्तोष पोखरेलले बताउनुभयो।
विद्युतीय स्कुटरमा पनि विशेष अफर
मेलामा टीभीएसका विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकका लागि पनि विशेष योजना ल्याइएको छ। विद्युतीय स्कुटर खरिदमा १० हजार रुपैयाँसम्म नगद छुट उपलब्ध गराइने कम्पनीले जनाएको छ। त्यस्तै, विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकका लागि हरेक साता लक्की ड्रमार्फत एक जना भाग्यमानी ग्राहकले २।५ ग्रामको सुनको सिक्का जित्ने अवसरसमेत राखिएको छ। पोखरामा टीभीएस आईक्युब इलेक्ट्रिकका ३.० र ३.५ भेरियन्ट तथा टीभीएस अर्बिटर इलेक्ट्रिक स्कुटर उपलब्ध रहेको कम्पनीले जनाएको छ। टीभीएसले विद्युतीय स्कुटरको ब्याट्री, मोटर तथा म्याचिङ कन्ट्रोल युनिट (एमसीयू) मा पाँच वर्षसम्मको वारेन्टी उपलब्ध गराउँदै आएको कम्पनीको दाबी छ।
विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर उपलब्ध
मेलामा ग्राहकले टीभीएसका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर अवलोकन, टेस्ट राइड तथा खरिद गर्न सक्नेछन्। स्कुटरतर्फ १२५ सीसीको टीभीएस एनटर्क एक्सपी, एनटर्क रेस एडिसन र एनटर्क डिस्क एफआई तथा ११० सीसीको टीभीएस जुपिटर उपलब्ध हुनेछन्।
कम्युटर तथा स्पोर्ट्स बाइकतर्फ १२५ सीसीको टीभीएस रेडर र ११० सीसीको टीभीएस रेडियन उपलब्ध हुने कम्पनीले जनाएको छ।युवामाझ लोकप्रिय रेसिङ डीएनए तथा प्रिमियम मोटरसाइकलअन्तर्गत टीभीएस अपाचे आरटीआर सिरिजका १६० २भी, १६० ४भी र २०० ४भी मोडल मेलामा राखिनेछन्। त्यस्तै, क्लासिक डिजाइन रुचाउने ग्राहकका लागि २२५ सीसीको टीभीएस रोनिनको टेस्ट राइड तथा खरिद सुविधा पनि उपलब्ध गराइनेछ। स्क्वायर मोटर्सका निर्देशक विनोज पोटेले विभिन्न वर्गका ग्राहकको रुचिलाई ध्यानमा राखेर टीभीएसका लोकप्रियदेखि प्रिमियमसम्मका मोडल मेलामा उपलब्ध गराइएको बताउनुभयो। उहाँका अनुसार विद्युतीय तथा पेट्रोल दुवै प्रकारका सवारीसाधनका लागि ग्राहकले मेलामै जानकारी, टेस्ट राइड तथा खरिद सुविधा प्राप्त गर्न सक्नेछन्।
स्क्वायर मोटर्सका प्रबन्धक सन्तोष पोखरेलले दसैँ, तिहार तथा छठको अवसरमा आयोजना गर्न लागिएको मेलाले ग्राहकलाई नयाँ सवारीसाधन खरिद तथा पुरानो सवारीसाधन एक्सचेन्ज गर्ने अवसर प्रदान गर्ने बताउनुभयो। उहाँले अमरसिंह चौरमा आयोजना हुने मेलामा सहभागी भई टेस्ट राइड तथा विभिन्न अफरको लाभ लिन ग्राहकलाई आग्रह गर्नुभयो। स्क्वायर मोटर्सले पोखराको नयाँ बजार, तालचोक तथा स्याङ्जाको वाडखोलामा शोरुम सञ्चालन गर्दै आएको छ। त्यस्तै, पोखराको मालेपाटनमा वर्कसप तथा पार्टपुर्जा केन्द्र सञ्चालनमा रहेको कम्पनीले जनाएको छ। विद्युतीय स्कुटरका लागि नयाँ बजारमा छुट्टै बिक्री केन्द्रसमेत सञ्चालनमा रहेको छ।






