समाज

गण्डकी प्रदेश दीर्घकालिन पुनस्र्थापना केन्द्रको उद्घाटन

पोखरा, गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहतको दीर्घकालिन पुनस्र्थापना केन्द्रको औपचारिक रूपमा उद्घाटन गरिएको छ । पोखरा ३३ पुष्पवस्तीमा रहेको उक्त पुनस्र्थापना केन्द्रको उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका हुन् । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सामाजिक न्याय र मानविय मर्यादालाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाहमा ध्यान केन्द्रित गरिरहेको बताए । “यो केन्द्र गण्डकी प्रदेशको सामाजिक रुपान्तरणको अभियानमा कोशेढुङ्गा सावित हुनेछ ।”, उनले भने । प्रदेश सरकारको ७०५ र पोखरा महानगरको ३०५ लगानीमा उक्त केन्द्र संचालन हुने… पुरा पढौ

दोश्रो राष्ट्रिय डुंगा दौड प्रतियोगिताको तयारी पुरा ः मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

जेष्ठ १७, पोखरा, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना तथा फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थापनमा पोखराको फेवातालमा आइतबार हुने दोश्रो राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगिताको तयारी पुरा भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भोलि बिहान बाराही घाटमा उक्त प्रतियोगिताको उद्घाटन गर्नुहुने बताइएको छ । उद्घाटन समारोहमा गण्डकी प्रदेशका सामाजिक तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य तथा प्रदेश सांसदहरुको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने व्यवस्थापन समितिका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो । अध्यक्ष गिरीका अनुसार… पुरा पढौ

पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट प्रतियोगिता शुरु, उद्घाटन खेलमा मदरल्याण्डको बिजयी शुरुवात

पोखरा, जेठ १७, पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीप शुरु भएको छ । पोखरा महानगर क्रिकेट संघको आयोजना तथा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको मुख्य प्रायोजनमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको शनिबार भएको उद्घाटन खेलमा मदरल्याण्ड सेकेण्डरी स्कुलले बिजयी शुरुवात गरेको छ । लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा मदरल्याण्डले वाराही माविलाई ९ रनले पराजित गर्दै बिजयी शुरुवात गरेको हो । वाराहीले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा आएको मदरल्याण्डले निर्धारित १५… पुरा पढौ

खेलकुदमा दोब्बरले बजेट आउनु यसले खेल क्षेत्रमा उत्साह थपेको छः सदस्य सचिव घिसिङ

दीननाथ बराल, पोखरा १७, जेठ, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले खेलकुदको बजेट दोब्बरले बृद्धि हुनु खेलकुद क्षेत्रमा थप उत्साह बढाएको बताउनु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरा रंगशालाको मिडिया सेन्टरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले आफुहरुलाई यस बर्ष करिब ३ अर्बको बजेट सिलिङ माग भए पनि बजेट दोब्बरले बढी आउनु निकै खुसि र यस क्षेत्रमा उत्साह बढाएको बताउनु भएको हो । https://www.youtube.com/watch?v=cm8Cg-hbFIU पोखरा रंगशाला सहित पोखरा क्षेत्रमा खेलकुदका भौतिक संरचना… पुरा पढौ

‘अन्नपूर्ण डे’ मनाउन आएका फ्रान्सेली नागरीकलाई पोखरामा भब्य स्वागत

पोखरा १७ जेठ पर्वतारोही मौरिस हर्जोगको सम्झनामा फ्रान्सेली कलाकार टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरमा सांगीतिक प्रस्तुती दिने भएका छन् । सोही सफलताको सम्झनामा फ्रान्सेली सांगीतिक टोली नेपाल आएको छ । उक्त टोली शुक्रबार पोखरा आइपुगेको छ । मौरिस हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन र नाती सिमोन ज्याक्युस, फ्रान्सेली पर्वतारोहण अनुसन्धानकर्ता र सांगीतिक टोली गरी १४ जनाको टोली पोखरा आएको छ । टोलीको पोखरा विमानस्थलमा भब्य स्वागत गरिएको छ । नेपाल पर्यटन बोर्डकोका प्रमुख मणि राज लामिछाने, पोखरा पर्यटन परिषद्का अध्यक्ष… पुरा पढौ

पाकिस्तान राजदूतवासद्धारा आयोजित वक्तृत्वकला प्रतियोगितामा पोखराकी प्राप्ति लम्साल प्रथम

काठमाडौं, जेठ १६ , पाकिस्तान राजदूतावास, काठमाडौंको आयोजनामा भएको आठौ वार्षिक वक्तृत्वकला प्रतियोगिता पोखराकी प्राप्ति लम्साल प्रथम भएकी छन् । “पढाइको भविष्यः किताब कि बाइट्स? (द्यययपक यच द्यथतभकस् तजभ ँगतगचभ या ीभबचलष्लन० विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा वन विज्ञान अध्ययन संस्था, पोखराकी छात्रा प्राप्ति लम्सालले उत्कृष्ट प्रस्तुति दिँदै पहिलो स्थान प्राप्त गर्न सफल भएकी हुन् । उनले नगद ४० हजार , गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन् ।  त्यसैगरी सो प्रतियोगितामा शिवपुरी कलेज काठमाडौंकी रीता काफ्ले दोस्रो र सेंट जेभियर… पुरा पढौ

गण्डकी प्रदेशको राजधानि पोखरा सहित प्रदेशमा आज बिहानै देखि सार्वजनिक यातायात सेवा बन्द

दीननाथ बराल, पोखरा १६, जेठ, गण्डकी प्रदेश सरकारले निजी सवारी साधनलाई सार्वजनिक सवारी सरह यात्रु ओसारपसार गर्न दिने निर्णय फिर्ता नगरेको भन्दै प्रदेशको राजधानि पोखरा सहित गण्डकी प्रदेशमा आज बिहानै देखि सार्वजनिक यातायात सेवा ठप्प भएको छ । आफुहरुले चरणबद्ध ढंगबाट माग राख्दै आए पनि सरकारले आफ्नो माग कुनै सुनुवाई नगरेको भन्दै आज देखि प्रदेशमा सार्वजनिक यातायात सेवा ठप्प पारिएको सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जनाएको छ । प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धी नियमावली ल्याएकोले त्यसको बिरोधमा आफुहरु… पुरा पढौ

पोखरा २२ का ५० परिवारलाई रोटरी क्लबद्धारा विद्युतिय चुल्हो सहयोग

पोखरा, रोटरी क्लब अफ पोखरा न्यूरोडको आयोजना र पोखरा महानगरपालिका वडा नं. २२ को कार्यालयको सहकार्यमा उल्लेरी गाउँका ५० घरपरिवारलाई विद्युतिय चुल्हो सहित आवश्यक भाडाहरु विहिबार वितरण गरेको छ । कार्यक्रमको प्रमुख अतिथि रोटरी इन्टरनेश्नल ३२९२ का गभर्नर इलेक्ट विनोद कोइरालाले सहभागिलाई २००० वाटको विद्युतिय चुल्हो, ३ लिटरको प्रेसर कुकर, दिउरी र कराई सहितको सेट सहभागि मध्ये जेष्ठ नागरिकलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । साथै उनले विद्युतबाट चल्ने भएकोले प्रयोगमा ल्याउन सुरु सुरुमा अप्ठ्यारो हुने भएकाले इलेक्ट्रिसियनको सहयोग… पुरा पढौ

प्याब्सन कास्कीद्वारा प्रभावकारी शिक्षण तथा मूल्याङ्कन विषयक शिक्षक तालिम

पोखरा÷जेठ–१६, प्याब्सन कास्कीको आयोजनामा पाँओटा मुख्य विषयहरू नेपाली, अङ्ग्रेजी,गणित, विज्ञान र सामाजिक विषयको आधारभूत तह कक्षा ४ देखि कक्षा ८ सम्म अध्यापन गराउने प्याब्सन आवद्ध सस्थागत बिधालयका करिब ७ सय शिक्षकहरूका लागि पोखराका तीन ओटा पार्टी प्यालेसमा तालिम संचालन गरिएको छ । उक्त तालिम अन्तर्गत अङ्ग्रेजी विषयको शितलादेवी पार्टी प्यालेस चापापानीमा,एस।आर।के।सी। क्याटरिङ माटेपानीमा गणित र विज्ञान, साइमन पार्टी प्यालेस सृजनाचोकमा नेपाली र सामाजिक विषयका दुईदिने तालिम दशओटा हलहरूमा जेठ १५ गतेबाट सुरुवात भएका छन्। उक्त कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र, काठमाडौँ… पुरा पढौ

पोखरामा पनि गणतन्त्र दिवस मनाईयो

दीननाथ बराल,पोखरा, १५ जेष्ठ, गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । प्रदेश सरकारले प्रभात फेरि सहित विभिन्न कार्यक्रम गरि गणतन्त्र दिवस मनाएको हो । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उक्त कार्यक्रममा सम्बोधन गर्दै प्रदेशमा धेरै अधिकार दिएकोले त्यसको कार्वान्वयन गर्न आग्रह गर्नुभयो । गणतन्त्र स्थापना पछि जनताले शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी , पूर्वाधार विकासमा केही कामहरूको सुरूवात भएको यहाँले बताउनुभयो । सिमित श्रोत साधनका बाबजुत सबै एक भई संघिय लोकतान्त्रीक गणतन्त्रको संस्थागत बिकासमा लाग्न प्रदेश प्रमुख… पुरा पढौ

This will close in 20 seconds