पोखरामा पनि गणतन्त्र दिवस मनाईयो

-


     पोखरा क्लिक     
     जेठ १५ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १५ जेष्ठ,

गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । प्रदेश सरकारले प्रभात फेरि सहित विभिन्न कार्यक्रम गरि गणतन्त्र दिवस मनाएको हो ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उक्त कार्यक्रममा सम्बोधन गर्दै प्रदेशमा धेरै अधिकार दिएकोले त्यसको कार्वान्वयन गर्न आग्रह गर्नुभयो । गणतन्त्र स्थापना पछि जनताले शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी , पूर्वाधार विकासमा केही कामहरूको सुरूवात भएको यहाँले बताउनुभयो । सिमित श्रोत साधनका बाबजुत सबै एक भई संघिय लोकतान्त्रीक गणतन्त्रको संस्थागत बिकासमा लाग्न प्रदेश प्रमुख भट्टले आग्रह गर्नुभयो ।

गणतन्त्र दिवस मुल समारोह समिति मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा वोल्दै मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले जनताले अपेक्षा गरेको काम गर्न भर मजदुर प्रयास भएको बताउनु भयो । गण्डकी प्रदेशको ५।५ प्रतिशत आर्थिक बृद्विदर देशमै सबै भन्दा धेरै भएको उहाँले बताउनु भयो । प्रदेशमा ९ वटा अस्पताल स्तरोन्नती भएको बताउदै मुख्य मन्त्री पाण्डेले प्रदेशमा हाल ६ सय शैया बिस्तार भएको जनाउदै ६७ जना एयर लिफ्टीङबाट उद्वार गरिएको उल्लेख गर्नुभयो ।

‘यो सुन्दर ब्यवस्थालाई अझै मजवुत बनाउन गण्डकी प्रदेश सरकार दृढ संकल्पका साथ अघि बढिरहेको छ,’ उहाँले भन्नुभयोू शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, सरसफाई खानेपानी पर्यावरण लगायत आधारभुत अधिकारलाई ब्यवहारिक रुपमा कार्यन्वयन गर्न सरकार तत्पर रहेको बताउनुभयो ।गणतन्त्र दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेशलाई संस्थागत गर्ने गरि सरकारले नीति कार्यक्रम ल्याउने बताउनु भयो । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले गणतन्त्रलाई संस्थागत गर्दै तल्लो तहदेखि माथिसम्म एक भएर लाग्न आग्रह गर्नु भयो ।
पूर्व मुख्यमन्त्री खगराज अधिकारीले सेवा लिए पछि अधिकार पालना गर्न आग्रह गर्नुभयो । नेपालमा केही नभएको भन्ने भाष्य निर्माण गरिएको उहाँको टिप्पणी थियो । गणतन्त्रले स्वाभिमान बनाएको, वल सावित बनाएको र राज्यको पहुचमा पुर्याएको उहाँले दाबी गर्नु भयो । उहाँले गणतन्त्र नमान्नेहरू र नुनको सोझो गर्नेलाई खेद व्यक्त गर्नुभयो ।

प्रतिपक्ष दलका नेता हरिबहादुर चुमानले महान जनयुद्व संघिय लोकतान्त्रिक गणतन्त्रको जग भएकोले ईतिहास नभुल्न आग्रह गर्नुभयो । संविधानको अक्षरस कार्वान्वयन गरि सामाजिक न्याय सहितको जनतालाई परिवर्तन दिनु पर्ने उहाँले बताउनु भयो । गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेलले नागरिकको अपेक्षाकृत काम गर्न भरमज्दुर प्रयास जारी रहेको बताउनु भयो ।