समाज

कोटिहोममा गुरुङ समुदायको पोसाकमा भागवत मञ्जरी राधिका दासी

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भागवत मञ्जरी राधिका दासी गुरुङ समुदायको पोसाकमा देखिएकी छन् । कोटिहोममा कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी सोमबार गुरुङ समुदायको पोसाकमा कथा वाचन गरिन् । आफू जहाँ गए पनि त्यहाँको संस्कृतिसँग नजिकिने गरेकी राधिका दासीले गुरुङ समुदायको पहिरनमा रहेर कथा वाचन गरेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । कुनै जात विशेष, कुनै धर्म विशेष, कुनै सम्प्रदाय विशेष नभएर नेपाल भित्र रहेका धार्मिक सांस्कृतिक धरोहरलाई विश्वभर चिनाउने… पुरा पढौ

भरतपुर महानगरद्धारा ताराखोला गाँउपालिका सहित देशका ९ पालिकासँग भगिनी सम्बन्ध कायम

जेठ १९, चितवन, मध्य नेपालमा अवस्थित भरतपुर महानगरपालिकाले देशका ९ पालिकासँग भगिनी सम्बन्ध कायम गरेको छ ।पछिल्लो समय भरतपुरमा भइरहेको पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रमा मारेको फड्कोले भरतपुरसँग भगिनी सम्बन्ध कायम गर्न खोज्ने पालिका वृद्धि हुँदै गएको छ । भरतपुर महानगरपालिका प्रम्ुख रेनु दाहालले देशका धेरै पालिकाबाट भगिनी अर्थात् मेतेरी सम्बन्धको लागि प्रस्ताव आए उल्लेख गर्नुभयो । प्रस्तावहरु क्रमश ः कार्यापालिकाबाट पारित गरी भगिनी सम्बन्धहरु कायम गर्ने कार्यलाई अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । भगिनी सम्बन्ध कायम… पुरा पढौ

वार्ता र संवादबाट समस्या समाधान गर्न नागरिक समाजको माग

पोखरा, १९ जेठ, गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ लाई वैधानिकता दिएको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिँदा सर्वसाधारण जनतालाई परेको असरप्रति नागरिक समाज कास्की तथा स्वयम्सेवी मानवअधिकार रक्षक सञ्जालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । सोमबार जारी संयुक्त विज्ञप्तिमा नागरिक समाज कास्कीका तर्फबाट संयोजक नरेन्द्रमान लालचन र स्वयम्सेवी मानवअधिकार रक्षक सञ्जालका तर्फबाट संस्थापक संयोजक रामबहादुर पौडेलले हस्ताक्षर गरेका छन् । गण्डकी प्रदेश सरकारको गत वैशाख ३१ गतेको मन्त्रिपरिषद् निर्णयबमोजिम राइड शेयरिङ नियमावली ल्याएको थियो । सोको विरोधमा गण्डकी प्रदेशका… पुरा पढौ

अम्मरसिंहलाई ब्रेकिङ्ग बाउण्ड्रिज अन्तर विद्यालय छात्र–छात्रा क्रिकेटको दोहोरो उपाधी

जेष्ठ १९,पोखरा, पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासाको मुख्य सहयोगमा पोखरामा सम्पन्न पाँचौं संस्करणको ब्रेकिङ्ग बाउण्ड्रिज अन्तर विद्यालय छात्र–छात्रा टी–२० क्रिकेट प्रतियोगितामा दुवैतर्फको उपाधी अम्मरसिंह माविले जितेको छ । सोमबार पोखरा रङ्गशालामा भएको फाइनल खेलमा दुवै तर्फको प्रतिद्वन्दी बाराही माविलाई पराजित गर्दै अमरसिंहले दोहोरो उपाधि चुमेको हो । छात्रतर्फको फाइनल खेलमा उसले बाराहीलाई दुई विकेटले पराजित गर्दै विजेता बन्न सफल भयो । प्रतिस्पर्धात्मक खेलमा जितका लागि अन्तिम बलमा आवश्यक चौका प्रहार गर्दै अमरसिंहले रोचक जित निकालेको हो । टस जितेर… पुरा पढौ

नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगिता पोखरामा बुधबार देखि हुने

दीननाथ बराल,पोखरा १९, जेठ, खेलकुदको शहर पोखरामा चौथो संस्करणको मोहन मेमोरियल नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगिता–२०८२ बुधबार देखि हुने भएको छ । मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्स प्लेक्सको आयोजनामा यही जेठ २१ गते देखि उक्त प्रतियोगिता हुने भएको आज(सोमबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । ३ वटा उमेर समुह र पोखरा महानगरपालिका वडा स्तरिय इभेण्टमा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको फाउण्डेसन तथा फिट नेपालका संस्थापक अध्यक्ष भुगोल गुरुङले बताउनु भयो । जेठ… पुरा पढौ

विश्व कीर्तिमानीका स्वर संगीतमा गुञ्जे पोखरेलीका गजल

साहित्यको राजधानी भन्न रुचाउनेहरूको शहरमा पोखरामा पोखरेलीका गजल गुञ्जेका छन् । नेपाली सुगम संगीतमा पृथक पहिचानसहित विश्व कीर्तिमान राख्न सफल संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीतमा कास्कीको भलामका स्रष्टा देवेन्द्र केसी देवुका गजल गुञ्जेका छन् । नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न देवेन्द्र केसी देवु गजल साँझमा श्रेष्ठले प्रत्यक्ष संगीतसहित देवुका गजल गायन गरे । उक्त गजल गायनको जाँचोपाँजो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीले मिलाएको हो । कवि शिरोमणि लेखनाथ पौड्यालको गजलबाट कार्यक्रमको मङ्गलाचरण गरेका श्रेष्ठले देवुका सात गजल गायन गरे… पुरा पढौ

समाचार प्रभावः बढी भाडा लिने इन ड्राइभ चालक कारबाही परे

पोखरा, सार्वजनिक यातायात व्यवसायीहरुको आन्दोलनको क्रममा पोखरामा संचालन भएका राइड शेयरिङ एप अन्र्तगत इन ड्राइभका केही चालकहरुलाई प्रहरीले कार्वाही गरेको छ । पोखरामा राइड शेयरिङमा चर्को मुल्य तिर्न यात्रु बाध्य, नियमन नहुँदा यात्रु ठगिदै भन्ने शिर्षकमा पोखराक्लिकलाई आइतबार बिहान समाचार प्रकाशन गरेसंगै आइतबार बेलुका यात्रुसंग बढी भाडा अशुल्ने इन ड्राइभ चालकहरुलाई प्रहरीले कार्वाही गरेको हो । पोखराक्लिकको समाचारसंगै केही संचार माध्यम एवं यात्रीहरुको गुनासोको आधारमा कास्की प्रहरीले पोखराका विभिन्न ठाउँबाट आठ वटा सवारी साधनसहित नियन्त्रणमा लिएर कार्वाही गरेकोे जिल्ला प्रहरी… पुरा पढौ

तीन शिविरमा ७ सय जनाको सित्तैमा जाँच

पोखरा, १९ जेठ, कास्की र तनहुँका तीन स्थानमा भएका तीन स्वास्थ्य शिविरमा सात सय जनाको सित्तैमा जाँच गरिएको छ । गण्डकी प्रदेशकै पाहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा ती शिविर भएका हुन् । बिहीबार पोखरा २२ मा भएको शिविरमा मधुमेह र थाइराइडसम्बन्धी जाँच सित्तैमा गरिएको थियो । पोखरा लेडी जेसिजको आयोजनामा भएको कार्यक्रममको व्यवस्थापन सन्तान आइभिएफ महेन्द्रपुलले गरेको थियो ।कार्यक्रममा पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले स्थानीयको टोल, टोलमै विशेषज्ञसहितको गुणस्तरीय सेवा… पुरा पढौ

नेपाल पात्रकार महासंघ कास्कीक फोटो तथा मोबाइल पत्रकारिता तालिम सुरु

पोखरा, १८ जेठ, नेपाल पात्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा पत्रकारका लागि फोटो तथा मोबाइल पत्रकारिता तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै महासंघ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्माले प्रविधिको विकाससंगै पत्रकारिता वृहत बन्दै गएको बताए । क्षमता अभिवृद्घि तालिमले पत्रकारलाई यस क्षेत्रमा टिकिरहन मदत गर्ने बताए । राज्यको चौथो अंगका रुपमा परिचित पत्रकारिताको धर्म समाजमा भइ रहेका गतिविधि नियाल्दै गलत कार्यमा खबरदारी र झक्झकाउन सक्नु पर्ने बताए । पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले तालिमबाट प्राप्त… पुरा पढौ

हड्तालको समस्या वार्ताबाट मिलाउन होटल संघको माग

पोखरा, होटल संघ पोखरा नेपालले गण्डकी प्रदेशमा जारी सार्वजनिक यातायात सेवामा गरिएको हड्तालका कारण पर्यटक र समग्र यात्रु वर्गले दुःख खेप्नु परेको भन्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्न सम्वन्धित पक्षसँग माग गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले आइतबार जारी गरेको विज्ञप्तिमा सरकार र यातायात व्यवसायी वार्तामा बसेर समस्या समाधान गर्न र यातायात सेवालाई सुचारु गर्न अनुरोध गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘व्यवसायीका तर्फबाट जेजस्ता मागहरु राखेर आन्दोलन गरिए पनि सरकार र व्यवसायी वार्ताका माध्यमबाट एउटा निश्कर्षमा पुगी सार्वजनिक… पुरा पढौ

This will close in 20 seconds