समाज

टान गण्डकीको आयोजनामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम हुने

पोखरा, २३ जेठ, पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम संचालन हुने भएको छ । ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा तालिमको आयोजना गरिएको टान गण्डकीका द्धितिय उपाध्यक्ष एवं तालिम संयोजक मोहन प्रसाद सुवेदीले जानकारी दिए । तालिमका लागि दरखास्त आह्वान गरिएकोमा शुक्रबार भएको अन्तरबार्ताबाट ३ सय ५० जना छनोट भएको सुवेदीले बताए । तालिम पोखरा महानगरपालिका वाडानम्बर ६ मा रहेको बाराही माध्यामिक विदालयमा हुने छ… पुरा पढौ

कोटीहोममा भोलि २१ करोड दीप प्रज्ज्वलन गर्ने दाबी

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार २१ करोड दीप प्रज्ज्वलन गरिने दाबी गरिएको छ । यति ठूलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दावी छ । मानव सेवा फाउण्डेशनका व्यवस्थापक विष्णु थापाले आआफ्नो घरबाट ज्योती लिएर दीप प्रज्ज्वलनमा सहभागी हुन भक्तजनलाई आग्रह गर्नु भएको छ । शनिबार बिहान १० बजे ज्योती भिजाउने र साँझ ६ बजे प्रज्ज्वलन गरिने थापाले बताए । शनिबार निर्जला एकादशीसमेत परेकाले फूलको होली खेलिने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक… पुरा पढौ

पर्वतीय संग्रहालयमा हर्जाेगको आइस एक्स र सालिक

पोखरा, २३ जेठ, पर्यटन राजधानी पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा नयाँ आकर्षण थपिएको छ । ७५ वर्षअघि अन्नपूर्ण हिमाल प्रथम पटक आरोहण गर्ने मौरिस हर्जाेगको आइस एक्स (हिउँ काट्ने औजार) बिहीबार उनका छोरा माथियसले सङ्ग्रहालयलाई हस्तान्तरण गरे । स्विटजरल्यान्डको ओलम्पिक म्युजियमबाट ल्याइएको आइस एक्स अबको एक वर्ष यहाँ राखिनेछ । झ्यालबाट अन्नपूर्ण हिमाल देखिने सङ्ग्रहालय नै आइस एक्सका लागि सबैभन्दा उपयुक्त स्थान भएको माथियस बताउँछन् । अन्नपूर्ण आरोहणको हिरक महोत्सवमा सहभागी हुन सपरिवार नेपाल आएका माथियससहित संघीय संस्कृति पर्यटन तथा… पुरा पढौ

प्रतिभामा ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर’ हुने

पोखरा, जेठ २३, पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले गण्डकी प्रदेशस्तरिय क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२ आयोजना गर्ने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आउँदो असार १ देखि ७ गतेसम्म विभिन्न खेलकुद सहित रचनात्मक गतिविधिका प्रतियोगिता हुने विद्यालयले बताएको छ । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार असार १ देखि ३ गतेसम्म खेलकुद गतिविधि र असार ७ गते हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता हुनेछन । यो अवधिमा छात्रा र छात्रको बास्केटबल, भलिवल, टेवलटेनिस, ब्याडमिन्टन प्रतियोगिता हुने प्राचार्य… पुरा पढौ

नेपाल खेलकुद महासङ्घ गण्डकीको दोस्रो अधिवेशन जेठ ३०–३१ गते पोखरामा हुने

दीननाथ बराल, पोखरा, २२ जेठ, नेपाल खेलकुद महासङ्घ गण्डकीको दोस्रो अधिवेशन यही जेठ ३० र ३१ गते पोखरामा हुने भएको छ । गण्डकी प्रदेशका ११ जिल्ला र ७ वटा खेलका प्रतिनिधिहरू गरी करिब १ सय ५० जनाको सहभागितामा उक्त अधिवेशन हुने तयारी गरिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । महासंघका केन्द्रीय सचिव बिष्णु पुनले अधिवेशनमा दुई वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने बताउदै नेतृत्व चयन सर्वसम्वत हुने दाबी गर्नुभयो । यसअघि महासंघले दुई वटा खेलकुद… पुरा पढौ

टेवानद्वारा पर्यटनकर्मी तुलाचन र गुरूङ पुरस्कृत

पोखरा, २२ जेठ, यस वर्षको ‘हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’ बाट गण्डकीका २ जना पर्यटनकर्मी पुरस्कृत भएका छन् ।पर्यटन व्यवसायी महिला संघ नेपाल ९टेवान० को सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन अवसरमा बिहीबार आयोजित समारोहमा अग्रज पर्यटन उद्यमी हरिध्वज तुलाचन र युवा पर्यटनकर्मी उर्मिला गुरुङ पुरस्कृत भएका हुन् । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उनीहरूलाई नगद १५ हजार ५ सय ५ रुपैयाँसहित सम्मानपत्र र दोसल्लाबाट पुरस्कृत गरे । सो अवसरमा संस्थाको स्मारिका ‘परिकल्पना’ पनि विमोचन… पुरा पढौ

पोखरा २६ का तीन सामुदायिक विद्यालयमा बुक फ्रि डे शुरु

लेखनाथ÷जेठ २२, पोखरा महानगरपालिका वडा नं. २६ ले तीन वटा सामुदायिक विद्यालयमा बिहिबार देखी वुक फ्रि डे कार्यक्रम शुभारंभ गरेको छ । वडाका रामज्योति सक्नेरी, भवानी कालिका विजयपुर र लक्ष्मी मा.वि अर्घौमा बुक फ्रि डे कार्यक्रम शुरु भएको हो । बुक फ्रि डे को शुभारंभ गर्दै वडा अध्यक्ष नरेन्द्र थापाले सामुदायिक विद्यालयका विद्यार्थीलाई हप्तामा एक दिन व्यवहारिक ज्ञान र शिप मुलक तालिम दिईने उल्लेख गर्नु भयो । एक दिन किताबको बोझबाट विद्यार्थीलाई टाढा राखेर सिर्जनशिल बनाउने गरी कार्यक्रम तयार पारिएको… पुरा पढौ

पोखरामा नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु

पोखरा २१, जेठ, मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्स प्लेक्सको आयोजनामा आज ९बुधबार० देखि पोखरामा चौथो संस्करणको मोहन मेमोरियल नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगिता–२०८२ सुरु भएको छ । जेठ २४ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष राजेश गुरुङले गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाँले नीजि क्षेत्रबाट उक्त प्रतियोगिता हुनु निकै प्रशंसानिय कार्य भएको बताउनुभयो ।४ वटा उमेर समुह र पोखरा महानगरपालिका वडा स्तरिय इभेण्टमा हुने उक्त प्रतियोगिता हुदैछ् । फिट… पुरा पढौ

प्रचण्ड कप राष्ट्रिय महिला भलिवल प्रतियोगिताको तयारी पूरा,पोखरामा जेठ २७ देखि हुने प्रतियोगितामा गण्डकी प्रदेश सहित ६ टिम सहभागि हुने

दीननाथ बराल, पोखरा २१, जेठ, नेशनल स्पोट्र्स एकेडेमीको आयोजनामा यही जेठ २७ गते देखि पोखरा रंगशालामा हुने प्रचण्ड कप राष्ट्रिय महिला भलिवल प्रतियोगिताको तयारी पूरा भएको छ । पोखरा रंगशालाको कभर्डहलमा हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । प्रतियोगितामा घरेलु टिम गण्डकी प्रदेश सहित ६ टिमको सहभागिता हुने भएको छ । प्रतियोगितामा तीन विभागिय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यु डायमण्ड र एभरेष्ट भलिबल… पुरा पढौ

एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीप ः प्रतिभा मावि र रत्न ज्योति सेमीफाइनलमा

पोखरा, जेठ २१, पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपमा प्रतिभा मावि र रत्न ज्योति सेकेण्डरी स्कुल सेमीफाइनलमा प्रवेश गरेका छन् । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा जारी प्रतियोगितामा दुबै टिम समूह बिजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका हुन् । समूह सी अन्तर्गत बुधबार भएको प्रतियोगितामा प्रतिभा माविले जुनियर सिटिजन एकेडेमीलाई ९ विकेटले पराजित गर्दै समूह बिजेता बनेर सेमीफाइनल यात्रा सुनिश्चित गरेको थियो । लगातार तीन खेल जितेको प्रतिभा सहजै सेमीफाइनलमा प्रवेश… पुरा पढौ

This will close in 20 seconds