
पोखरा २१, जेठ,
मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्स प्लेक्सको आयोजनामा आज ९बुधबार० देखि पोखरामा चौथो संस्करणको मोहन मेमोरियल नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगिता–२०८२ सुरु भएको छ । जेठ २४ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष राजेश गुरुङले गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै उहाँले नीजि क्षेत्रबाट उक्त प्रतियोगिता हुनु निकै प्रशंसानिय कार्य भएको बताउनुभयो ।
४ वटा उमेर समुह र पोखरा महानगरपालिका वडा स्तरिय इभेण्टमा हुने उक्त प्रतियोगिता हुदैछ् । फिट नेपाल स्पोट्र्स प्लेक्सको ब्याडमिन्टन कोर्टमा हुने उक्त प्रतियोगिता अन्र्तगत यू—११ एकल छात्र तथा छात्रा तर्फ, यू—१५ र यू—१९ गरी ४ वटा इभेण्टमा एकल छात्र तथा छात्रा तर्फ प्रतिष्प्रर्धा हुन सुरु भएको फाउण्डेसन तथा फिट नेपालका संस्थापक अध्यक्ष भुगोल गुरुङले बताउनु भयो ।
यू—१५ र यू—१९ का विजेता खेलाडीलाई जनही ३० हजार, उपविजेतालाई २० हजार र तेश्रो हुने खेलाडीलाई भने १० हजार पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । पोखरा महानगर वडा स्तरिय ९डवल० प्रतिष्प्रर्धामा विजेता हुने, उपविजेता र तेश्रो हुनेलाई क्रमशः ३०, हजार , २० हजार र १० हजार प्रदान गरिने भएको हो ।




