नेपाल खेलकुद महासङ्घ गण्डकीको दोस्रो अधिवेशन जेठ ३०–३१ गते पोखरामा हुने

-


     पोखरा क्लिक     
     जेठ २२ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, २२ जेठ,

नेपाल खेलकुद महासङ्घ गण्डकीको दोस्रो अधिवेशन यही जेठ ३० र ३१ गते पोखरामा हुने भएको छ । गण्डकी प्रदेशका ११ जिल्ला र ७ वटा खेलका प्रतिनिधिहरू गरी करिब १ सय ५० जनाको सहभागितामा उक्त अधिवेशन हुने तयारी गरिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

महासंघका केन्द्रीय सचिव बिष्णु पुनले अधिवेशनमा दुई वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने बताउदै नेतृत्व चयन सर्वसम्वत हुने दाबी गर्नुभयो । यसअघि महासंघले दुई वटा खेलकुद महोत्सव आयोजना गरेको उहाँले जनाउनु भयो । प्रतिनिधिहरूमा कास्कीबाट सबैभन्दा बढी ११ जना र अन्य केही जिल्लाबाट न्यूनतम ५ जना सहभागि हुनुहुने भएको छ । महिला सहभागिता सुनिश्चित गर्न प्रत्येक जिल्लाबाट कम्तीमा एक महिला र सहभागीहरूको सबै भन्दा बढी सङ्ख्या मध्ये तीन जना महिला अनिवार्य गरिएको छ । आउँदो पुष महिनामा तेश्रो संस्करणको खेलकुद महोत्सव हुने भएको पुनले बताउनु भयो ।

अधिवेशनका मुख्य उद्धेश्य नेतृत्व चयन सहित “एक पालिका, एक खेल“ तथा “एक जिल्ला, एक खेल“ कार्यक्रमलाई कार्यान्वयन गर्न पहल गर्ने भएको महासंघ गण्डकीका संयोजक बोधराज गिरीले बताउनु भयो । त्यसै गरी मिसन ८४ अन्तर्गत खेल नीतिमा स्थानीय तहबाट खेलकुद ऐन निर्माण तथा विकास समिति गठन गर्ने, कुल बजेटको कम्तीमा ५% खेल क्षेत्रका लागि छुट्याउन पहल गर्ने भएको उहाँले जनाउनु भयो ।

विद्यालयमा खेल शिक्षक अनिवार्य गर्न पहल गर्ने, स्वास्थ्य, व्यवसाय र रोजगारीमा खेलको योगदान अभिवृद्धि गर्ने अभियान संचालन गर्ने, प्रदेशस्तरीय खेलकुद नीति पुनरावलोकन गर्न पहल गर्ने, खेलाडीको प्रशिक्षण, विकास तथा सुरक्षा कार्यक्रम तथा महिला र युवा सहभागिता वृद्धि गराउन सहजीकरण गर्ने भएको संयोजक गिरीले उल्लेख गर्नुभयो । महासंघका सह—संयोजक रमेश कार्कीले उक्त अधिवेशन पोखरा २५ हेमजाको माछापुच्छ«े पार्टी प्यालेसमा हुने बताउनु भयो । नेपाल सरकारका संचार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङबाट उक्त कार्यक्रमको उद्घाटन हुने भएको छ ।