प्रतिभामा ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर’ हुने

-


     पोखरा क्लिक     
     जेठ २३ गते २०८२ मा प्रकाशित


पोखरा, जेठ २३,

पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले गण्डकी प्रदेशस्तरिय क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२ आयोजना गर्ने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आउँदो असार १ देखि ७ गतेसम्म विभिन्न खेलकुद सहित रचनात्मक गतिविधिका प्रतियोगिता हुने विद्यालयले बताएको छ ।

विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार असार १ देखि ३ गतेसम्म खेलकुद गतिविधि र असार ७ गते हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता हुनेछन । यो अवधिमा छात्रा र छात्रको बास्केटबल, भलिवल, टेवलटेनिस, ब्याडमिन्टन प्रतियोगिता हुने प्राचार्य सापकोटाले जानकारी दिए । त्यस्तै विज्ञान हाजिरी जवाफ र नेपाली वक्तृत्वकला प्रतियोगिता पनि हुनेछन । ‘एसइइ दिएर बसेका बालबालिकालाई खेलकुद र रचनात्मक गतिविधिमा सहभागि गराउनका लागि कार्यक्रम आयोजना गरिएको हो,’ सापकोटाले भने, ‘यसले बालबालिकामा रहेको अन्तरिनिहीत क्षमतालाई बाहिर ल्याउन सघाउँछ । बालबालिकामा लुकेको क्षमता बाहिर ल्याउँछ ।’

बास्केटबल, भलिवल, टेबलटेनिस र ब्याडमिन्टन खेलमा सहभागी हुने खेलाडीले जेठ ३० गतेसम्म तथा फुटसल, हाजिरीजवाफ र वक्तृत्वकलामा सहभागी हुनेले असार ४ गतेसम्म टिम दर्ता गर्नुपर्ने विद्यालयले बताएको छ । विद्यालयले अघिल्ला वर्ष पनि एसइइ दिएका विद्यार्थीका लागि यस्तै कार्यक्रम गर्दै आएको थियो । सहभागीहरु एउटै वा विभिन्न विद्यालयबाट पनि हुने सक्नेछन् ।

प्रतियोगितामा सहभागी सबै प्रतियोगिलाई प्रमाणपत्र र आकर्षक पुरस्कार दिइने प्राचार्य सापकोटाले बताए । उनका अनुसार विद्यालयले खुलकुद र रचनात्मक गतिविधिमा सबै प्रतियोगितामा उत्कृष्ट हुनेलाई सबैगरि २ लाख ५० हजार रुपैयाँ बराबरको पुरस्कार दिइने पनि विद्यालयले बताएको छ । सहभागीले दर्ताका लागि एसइई प्रवेशपत्र वा कक्षा १० को कुनैपनि त्रैमासिक परीक्षाको ग्रेडसिटको प्रतिलिपि सहित सहभागि हुनुपर्ने विद्यालयले बताएको छ ।