समाज

पोखरा देखि काठमाण्डौं न्यारोवडि जहाजको सफल परिक्षण, चिनबाट आएको सिचुवान विमानले गर्यो पोखराको प्रवद्र्धनात्मक उडान

दीननाथ बराल,पोखरा ११, पुष, पोखरामा करिब २२ अर्बको ऋण लगानीमा विगत दुई बर्ष अघि निर्माण कार्य सम्पन्न भएको पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नियमित हवाई उडान हुन नसकेको अबस्थामा विहिबार भने पोखरा देखि काठमाण्डौं रुटमा न्यारो बडि जहाजले सफल परिक्षण गरेको छ । चीनको छेङ्दुबाट सिचुवान विमानले अन्तराष्ट्रिय ड्रागन वोर्ट रेसका लागि खेलाडी सहितका अपिसियलहरुलाई चिनबाट पोखरा ल्याएको केही मिनेटमै पोखरा देखि काठमाण्डौं उडान गरेको थियो । चिनबाट पोखरा आउदा १ सय २९ जना यात्रु ल्याएको उक्त विमानले पोखरा देखि काठमाण्डौं रुटमा… पुरा पढौ

पोखरा महोत्सवमा विभिन्न प्रायोजकहरु आउने क्रम जारी, महोत्सव अवधिभर भाषा कक्षामा ४० प्रतिशत सम्म छुट

पोखरा ११, पुष, आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवमा प्रायोजकहरु आउने क्रम जारी रहेको छ । महोत्सव आयोजक युनाईटेड क्लब पोखरा र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालि बिच महोत्सवमा राखिने स्टलमा भर्ना हुने विद्यार्थीहरु मध्येबाट गोलाप्रथाको माध्यामबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर संगै महोत्सव अवधिभर भाषा कक्षामा ४० प्रतिशत सम्म छुटगरी महोत्सव आयोजक युनाईटेड क्लब र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिका संचालक पूर्ण कुमार श्रेष्ठ बीच पोखरा… पुरा पढौ

जब शिक्षामन्त्री कक्षाकोठामा पसिन

काठमाडौं ११ पुस, हजुरलाई लाग्छ की हाम्रो अहिलेको शिक्षा प्रणाली राम्रो छ रु त्यो प्रयोगात्मक छ रु र हामीलाई भविष्यमा हाम्रो करिअर वा हाम्रो जीवनका सबै कुरामा सहयोग गर्छ रु शिक्षामन्त्री–तपाईलाई के लाग्छ रु इज इट प्राक्टिकल रु विद्यार्थी – कुनै कुनै विषय यास्, बेसिक चाहिहाल्यो, शिक्षामन्त्री–कुन चाही रु विद्यार्थी–अङ्ग्रेजी कम्युनिकेसन इन्टरनेशनल्ली भइहाल्यो, नेपाली पनि कक्षा १० सम्म ठिक छ, त्यसपछि एभ्रीथिङस् सो, अनि बेसिक म्याथ अहिले हामी पढिरहेका छौँ, मलाई लाग्छ यो प्रयोगात्मक छैन । शिक्षामन्त्री– अरू चाही रु… पुरा पढौ

लेखनाथ महोत्सव अन्र्तगत चित्रकला प्रतियोगिता सम्पन्न

लेखनाथ, ११ पुस, लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गर्ने २०औ संस्करणको लेखनाथ महोत्सव अन्र्तगत विहिबार विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा डायमण्ड मा.वि. की मनिका शाहि प्रथम, रिलायन्स पब्लीक स्कुलकी मनिसा गुरुङ द्धित्तीय, सिर्जना बहिरा माविका सनम गुरुङ तृतिय र विश्वशान्ति माविका सुर्जल गुरुङ सान्त्वना भएका छन । विजयी प्रथम, द्धितीय, तृतिय र सान्त्वना हुनेले क्रमशः नगद ७ हजार, ५ हजार, ४ हजार र ३ हजार प्रदान गरिनेछ… पुरा पढौ

पोखरामा माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु ः खेलाडी राष्ट्रका गहना–मन्त्री थापा

पुष ११,पोखरा, कास्की जिल्ला टेनिस संघको आयोजनामा बिहीबारदेखि पोखरामा माछापुच्छ्रे २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु भएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले एक समारोहका बिच टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारी र प्रतियोगिता संयोजक नविन चालिसेलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री थापाले पोखरामा टेनिस खेलले महत्वपूर्ण उपलब्धीहरु हाँसिल गरेको भन्दै यो खेलको विकासका लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग उपलब्ध गराउने बताउनुभयो । मन्त्रालयले यसअघि ५ लाख रुपैयाँ… पुरा पढौ

मलेसियालाई तीन विधामा उपाधी

काठमाण्डौं ११, पुष, काठमाण्डौमा भएको योनेक्स सनराईज नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ मा मलेसियाले तीन विधामा उपाधी हात पारेको छ । मलेसियाले पुरुष युगल, महिला युगल र मिक्स युगल तर्फको उपाधी उचालेको हो । पुरुष युगल तर्फ मलेसियाका लाउ यी शेङ्ग र ली यी बो को जोडीले भारतका च्यानित जोशी र मायांक रानाको जोडीलाई २१–१४, २१–२३, २१–१७ ले पराजित गर्दै उपाधीमा आफ्नो नाम लेखाएका हुन् । यस्तै महिला युगल तर्फ किसोना सेल्भादुरे र याप रु चेनको जोडीले थाईल्याण्डका कोडचापोर्न चाईचाना र… पुरा पढौ

पोखरा १५ मा माघ २ गतेदेखि बृहत् खेलकुद महोत्सव, दर्जन खेलमा २ हजार खेलाडी प्रतिष्पर्धा गर्ने

पोखरा ११, पुष, पोखरा वडा नं। १५ कार्यालयले आगामी माघ २ गतेदेखि बृहत खेलकुद महोत्सव गर्ने भएको छ । वडा कार्यालयले आयोजना गरेको खेलकुद महोत्सवको यो तेस्रो संस्करण हो । माघ ६ गतेसम्म पाँच दिन चल्ने प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर क्रिकेट, रस्साकसी, दौड, साइक्लिङ, युनी हक्की लगायतका खेलमा प्रतिष्पर्धा हुने खेल महोत्सव संयोजक एवं वडा सदस्य आशिष भण्डारीले जानकारी दिए । ‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नाराका साथ हुने खेलकुद महोत्सवमा विगतका संस्करण भन्दा खेल संख्या… पुरा पढौ

भूपी काव्य पुरस्कारद्वारा असफल गौतम पुरस्कृत

थकाली सेवा समिति पोखराले नेपाली साहित्यका विराट प्रतिभा भूपी शेरचनको ८९ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । समितिले हरेक दुई वर्षमा अर्पण गर्दै आएको भूपी काव्य पुरस्कार यो वर्ष साहित्यकार असफल गौतमलाई अर्पण गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि समितिका सल्लाहकार हरिध्वज तुलाचन र अध्यक्ष तेजेन्द्र तुलाचनले नगद ५० हजारसहित उनलाई उक्त सम्मान अर्पण गरे । सोही समारोह बीच साहित्यकार रवीन्द्र माकाजूद्वारा लिखित ‘थकाली प्रतिभाहरू’ पुस्तकसमेत लोकार्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि तुलाचनले भूपी आफ्नै मेहनत र साधनाले महान्… पुरा पढौ

पोखरामा अञ्जान एकल साँझ

अनेसास पोर्चुगल च्याप्टरका महासचिव कवि तथा गलजकार एन.बी. अञ्जानको अञ्जान एकल साँझमा पोखरेली वाङ्मयप्रेमी रमेका छन् । भूपी जयन्तीको अवसरमा गणेशबाबु अधिकारीको रेचा उपन्यास परिचर्चा र शुलभ घिमिरेको गजल गायनसहित सम्पन्न एकल गजल गुञ्जनमा पोखरेली वाङ्मयसेवीले भरपुर मनोरञ्जन लिएका हुन् । विविध कार्यक्रमसहित सन्दर्भको चाँजोपाँजो भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) गण्डकी समितिले मिलाएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्तले पछिल्लो पुस्ताका प्रतिभाको प्रस्तुतिबाट ग्रहणयोग्य धेरै कुरा सिक्नुपर्ने बताए । अतिथि… पुरा पढौ

क्यानका महानिर्देशक अधिकारीद्धारा पोखरेलीलाई कालिदास नवन्न आग्रह (भिडियो सहित), पोखराबाट चार्टर्ड फ्लाईट बढाउन क्यानको सुझाव

दीननाथ बराल,पोखरा १०, पुष, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई.प्रदिप अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालन गर्ने बिषयमा पोखरेलीलाई कालिदास नवन्न आग्रह गर्नु भएको छ । नाट्टा गण्डकीले बुधबार पोखराको टिका रिसोर्टमा आयोजना गरेको पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शिघ्र संचालन सम्बन्धमा आयोजित छलफल कार्यक्रममा वोल्दै उनले पोखरा विमानस्थल निर्माण भई नेपाल सरकारलाई हस्तान्तरण भई सकेको बिषयमा अनावश्यक तर्क कुर्तक नगर्न सुभाव दिदै कालिदास नवन्न पोखरेलीलाई आग्रह गर्नु भएको हो । https://www.youtube.com/watch?v=3myHIXnH6cU नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सको ४÷४ गरी… पुरा पढौ