समाज

पोखरा स्पोट्र्स अवार्डका लागि अमेरिकाबाट समेत सहयोग

वैशाख १८, पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ यहि वैशाख २६ गते पोखरामा हुँदैछ । पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल बनाउन देश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ । यसै सन्दर्भमा हाल अमेरिकाका न्यूयोर्कमा बसोबास गर्ने तीन जना नेपाली समाजसेवीले २ सय ५६ अमेरिकन डलर अर्थात ३५ हजार नेपाली रुपैयाँ सहयोग गरेका छन् । अवार्डलाई बर्दिया बधैयाताल ८ का पुर्णबहादुर पाइजा मगरले १ सय १ अमेरिकन डलर, बागलुङ तमानखोला ३ का… पुरा पढौ

पोखरामा नयाँ इभी चार्जिङ स्टेशनको शुभारम्भ बिन्ध्यवासिनी मन्दिर नजिकै सुविधा थप

पोखरा, १७ वैशाख, पोखरा महानगरपालिका वडा नं। २, मिरुवामा आजदेखि नयाँ इलेक्ट्रिक भेहिकल ९भ्ख्० चार्जिङ स्टेशन सञ्चालनमा आएको छ। बागलुङ राजमार्गमा अवस्थित बिन्ध्यवासिनी मन्दिरबाट करिब २०० मिटर उत्तरतर्फ रहेको यो चार्जिङ स्टेशनले इलेक्ट्रिक गाडी प्रयोगकर्ताहरूका लागि ठूलो राहत प्रदान गर्ने अपेक्षा गरिएको छ। यो चार्जिङ स्टेशनको शुभारम्भ लामो समयदेखि इलेक्ट्रोनिक व्यवसायमा सक्रिय गुडविल इलेक्ट्रोनिक्सका प्रोप्राइटर कमल श्रेष्ठले गर्नुभएको हो। “EV-GO”  FAST CHARGING STATION यो चार्जिङ स्टेशनमा हाल ८० किलोवाट क्षमताको चार्जर जडान गरिएको छ, जसले गाडीको ब्याट्रीलाई ३० मिनेटमा २०५ देखि… पुरा पढौ

गुणस्तरीय र प्रविधिमैत्री शिक्षाले मात्र समृद्ध नेपाल सम्भव मन्त्री थापा

पोखरा, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षा क्षेत्रमा गुणस्तर र नवप्रवर्तन आवश्यक रहेको बताएका छन् । विहिबार पोखरा लिङ्कन इन्टरनेशनल कलेजको स्नातक बधाई समारोहमा उनले यस्तो बताएका हुन् । “समयअनुकूल शिक्षामा रूपान्तरण आवश्यक छ। शिक्षक र विद्यालयले मात्र होइन, अभिभावकले पनि शिक्षामा सक्रिय भूमिका खेल्नुपर्छ ।”, उनले भने । मन्त्री थापाले विद्यालय शिक्षा ऐन संघ सरकारले ल्याएपछि प्रदेश सरकारले आफ्नो कानुन बनाउने जानकारी दिए । उनले शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले फ्राइडे फर… पुरा पढौ

कास्कीको रूपा गाउँपालिकाको न्यायिक समितिमा ८ वर्षमा १०६ मुद्दा दर्ता ७७ मुद्धा मेलमिलापबाट टुंगिए

पोखरा, कास्कीको रूपा गाउँँपालिकामा विगत ८ बर्षको अन्तरालमा १०६ मुद्दा न्यायिक समितिमा दर्ता भएका छन् । पालिका स्थापना भएदेखि हालसम्म करिव ८ वर्षको अबधिमा न्यायिक समितिमा दर्ता भएका १०६ मुद्धा मध्य ७७ वटा मेलमिलापबाट टुंगो लागेको पालिकाले बुधबार पालिकामा आयोजित एक कार्यक्रम मार्फत जानकारी गराएको हो । जसमध्ये १६ वटा मुद्दाको निरूपण÷फैसला भएका छन भने ४ मुद्धा फिर्ता, तामेलीमा ३ र ४ मुद्धा प्रक्रियामा रहेको न्यायिक समिति संयोजक रूपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरूङले बताउनु भयो । बुधबार गाउँपालिकामा आयोजित रूपा… पुरा पढौ

प्रथम लायन्स कप भलिबल भोलि देखि, पहिलो खेल इरानी टोली र एपिएफ बिच हुने

पोखरा, पोखरामा भोलिदेखि प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु हुँदैछ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगिताको उद्घाटन खेल इरानको इरानी भलिबल टिम र नेपालको शसस्त्र प्रहरी बल ९एपीएफ० बिच हुनेछ । उक्त खेल दिउँसो २ बजेबाट सुरु हुनेछ । त्यसपछि भारतीय टिम र नेपाल पुलिस क्लबबिचको खेल हुने आयोजकले जनाएको छ । त्यसअघि मध्यान्ह्र १२ बजे प्रतियोगिताको उद्घाटन समारोह हुनेछ । उक्त समारोहको प्रमुख अतिथि पोखरा… पुरा पढौ

वैशाख २६ गते हुने नवौं पोखरा स्पोट्र्स अवार्डका लागि ४ विद्यामा मनोनयन सार्वजनिक

वैशाख १७, पोखरा, ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ को लागि ४ विद्यामा मनोनयन सार्वजनिक भएको छ । बुधबार पोखराको लेकसाइडस्थित बुम¥याङ रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्ड अन्तरगत वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका मनोनयनमा पर्न सफल ३र३ जना खेलाडीको नाम सार्वजनिक गरिएको छ । यही वैशाख २६ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने… पुरा पढौ

कास्की जिल्ला खेलकुद संघलाई प्लाष्टिक बोतल विन सहयोग

पोखरा, पोखरामा रिसाइक्लि र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजनाले कास्की जिल्ला खेलकुद विकास समितिलाई प्लाष्टिक बोतल संकलन विन प्रदान गरेको छ । पोखरा रंगशालाभित्र प्लाष्टिकका बोतलहरु संकलनका लागि कोइकाको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाको समन्वयमा रंगशालामा बोतल विन हस्तान्तरण गरिएको हो । हिमालयन लाइफ प्लाष्टिक प्रा.लिको तर्फबाट पोखरा रंगशाला फोहोर संकलनका लागि एक थान प्लाष्टिक बोतल संकलन विन हस्तान्तरण गरिएको छ । अन्य विन बन्ने क्रममा रहेकाले त्यो पनि छिट्टै प्रदान हुनेछ । हिमालयनको तर्फबाट सोर्सिङ म्यानेजर दिपशन श्रीमल र… पुरा पढौ

जिसस कास्कीको बित्तिय सुशासन जोखिम मुल्यांकनमा रूपा गाउँपालिका कास्कीमा प्रथम

दीननाथ बराल, पोखरा १६, वैशाख, जिल्ला समन्वय समिति (जिसस) कास्कीको बित्तिय सुशासन जोखिम मुल्यांकनमा रूपा गाउँपालिका प्रथम भएको छ । जिससले मंगलबार पोखरामा एक कार्यक्रम मार्फत सार्बजनिक गरेको नतिजा अनुसार एक सय अंक भारमा रूपा गाउँपालिकाले अन्य पालिकाहरु भन्दा बढी ६८ अंक ल्याउदै प्रथम भएको मंगलबार पोखरामा आयोजित सार्वजनिक कार्यकममा उल्लेख गरिएको हो । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन तर्फ १६.५, कार्यान्वयन क्षमता तथा व्यवस्थापन तर्फ १७.५, लेखाङ्कन तथा प्रतिवेदन तर्फ १३, अनुगमन मुल्यांकन तथा लेखापरीक्षण तर्फ ८.५ र राजस्व… पुरा पढौ

बुमर्याङ रेष्टुरेष्ट लगाएत विभिन्न संस्थाले पोखरा स्पोर्टस् अवार्डलाई सहयोग गर्ने

वैशाख १६, पोखरा, नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाख २६ गते पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डलाई भव्य बनाउन विभिन्न संघ–संस्थाले नगद तथा प्रयोजन सहयोगको घोषणा गरिरहेको अवस्थामा पोखरा ६ लेकसाइडको बुमर्याङ रेष्टुरेष्टले सहयोगको घोषणा गरेको हो । मंगलबार रेष्टुरेष्टका सञ्चालक गणेश बहादुर भट्टराई र मञ्चका अध्यक्ष एमबि आस्था मगर बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । त्यस्तै मंगलबारनै अवार्डलाई सफल बनाउन… पुरा पढौ

जन्मदिनमा पोखरा वृद्धाश्रमलाई सहयोग

गण्डकी, १६ बैशाख, पछिल्लो दिनमा सय जन्मदिन तड्कभड्क भन्दा सामाजिक संघसंस्थालाई आर्थिक सहयोग गरेर मनाउने प्रचलन बढेको छ । स्वदेशमा होस वा विदेशमा रहेका नेपालीले आप्mनो परिवारका सदस्यको जन्मदिनका अवसरमा फजुल खर्च कटाएर असहाय एवम् विपन्न आश्रित संस्थालाई सहयोग गर्ने भावना बढेको हो । पोखरा महानगरपालिका वडा नं. १५ स्थायी घर भई रोजगारीका सिलसिलामा हङकङमा रहनु भएका इन्द्रबहादुर र सुमिता थापामगरले आप्mनो छोरी आरुमा थापामगरको जन्मदिनको अवसर पारेर पोखरा बृद्धाश्रमलाई १८ हजार नगद आर्थिक सहयोग गर्नुभएको छ । पोखरा बृद्धाश्रममा… पुरा पढौ

This will close in 20 seconds