समाज

जिसस कास्कीको बालगृह संचालकसंग अन्तरक्रिया

२१ बैशाख ,पोखरा, जिल्ला समन्वय समिति कास्कीले जिल्लामा संचालित बालगृहका संचालकहरूसंग आइतबार अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। प्रमुख पौडेलले सम्पूर्ण बालगृहमा कार्यरत मजदुरहरूलाइ अनिवार्य नियुक्तिपत्र सहित सरकारले तोकेको न्युनतम पारिश्रमिक प्रदान गर्न र सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने ब्यबस्था भए अनुसार सोही अनुसार कार्यगर्न आग्रह गर्नुभयो । पौडेलले बालश्रम रहित बालगृह बनाउन आग्रह गर्दै सुरक्षित र ब्यबस्थित बालगृह निर्माणका लागि आ आफ्नो क्षेत्रबाट कार्य सम्पादन गर्न आग्रह गर्नुभयो । उहाँले… पुरा पढौ

तालवेसीमा रुखको ठुटोबाट पानी आएको दृश्यावलोकन सहित दर्शन गर्नेहरुको भिड (भिडियो सहित)

दीननाथ बराल,पोखरा २०, वैशाख, कास्कीको रुपा गाउँपालिकाको तालवेसीमा जामेनेको रुखको ठुटोबाट पानी आएको दृश्यावलोकन सहित दर्शन गर्नेहरुको हिजोआज भिड लाग्न थालेको छ । कास्कीको रुपा गाउँपालिकाको तालवेसीमा रुखको ठुटोबाट विगत दुई महिना देखि पानी आएकोले हाल उक्त स्थानलाई जलसिद्ध महादेवको रुपमा स्थानियले नामाङकरण गरिएको जलसिद्ध महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष विस्कुन गुरुङले बताउनु भयो । यसै सम्बन्धि एक भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=B8sYa_tByzg हिजोआज दैनिक जसो एक हजार भन्दा बढी दर्शनार्थीहरु आउने गरेको उहाँले पोखरा क्लिकलाई बताउनु भयो । यस बिषयलाई… पुरा पढौ

कोटीहोममा ४० युनिट रगत संकलन, शनिबार मात्रै १५ हजार भक्तजन सहभागी भएको दाबी

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित रक्त दान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजक मानव सेवा फाउण्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको हो । कोटीहोममा एक सय कुण्डमा दैनिक रुपमा हवन, भजनचुट्का प्रतियोगिता, चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजी मार्फत रामायण प्रवचन, वाचिका सुप्रिया मार्फत दैनिक कथा वाचन लगायतका कार्यक्रमजारी छ ।शनिबार १६औँ दिनको कोटीहोममा करिब १५ हजार भक्तजन सहभागी भएको आयोजकले जनाएको छ ।कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालका… पुरा पढौ

उत्कृष्ट खेलकुद संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघलाई

वैशाख २०, पोखरा, ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गर्ने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै म्याग्दी जिल्ला भलिबल संघलाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो । म्याग्दी जिल्ला भलिवल संघ विसं। २०६१ सालमा गठन भएको हो । हाल संघका अध्यक्ष तेजेन्द्र बाँनिया रहेका छन् । भलिबलका लागि उर्भर भूमि म्याग्दीमा जिल्लाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा… पुरा पढौ

पोखरामा जारी लायन्स कप भलिबलमा पुलिस र आर्मी सेमिफाइनलमा, भारतीय र गण्डकीको टोली बाहिरिए

पोखरा, २० वैशाख, विभागीय टोलीहरू सबैले पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएका छन् । विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच शनिबारको दोस्रो खेलमा आर्मीसँग हारेपनि पुलिस पनि सँगै सेमिफाइनल प्रवेश गरेको हो । समूह बी मा रहेको अर्को भारतीय टीम भने बाहिरिएको छ । समूह ए बाट अर्को विभागी टीम एपीएफ पनि सेमिफाइनल पुगिसकेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड… पुरा पढौ

रत्न श्री जीमद्धारा श्री महर्षि गुरूकुल आश्रममा ट्रयाक सुट वितरण

पोखरा, २० बैसाख, पोखरा महानगर पालिका वडा नं.३ नारायण स्थान स्थित श्री महर्षि गुरुकुल विध्याश्रमका विध्यार्थीहरूलाई ४० थान ट्रयाक सुट सेट वितरण गरिएको छ । पोखरा नदीपुरमा रहेको रत्न श्री जीमका दिवंगत प्रोपाटर वकिलमान (शंकर) उदासको सुगति सहित मृतात्माको चिरशान्तिको कामना गर्दै छोरी सुभेच्छा , छोरा बुहारी सुबोध र अंशु उदासले उक्त ट्रयाक सुट सेट वितरण गरेका हुन् । सो अवसरमा पालिखे चोक स्थित पालिखे आईरनका प्रोपाईटर विक्रम पालिखेबाट सहयोगमा प्राप्त खेलकूदका सामानहरू पनि विद्यालयलाई ज्योति उदासबाट हस्तान्तरण गरियो ।… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई सहयोग आउने क्रम जारी, अष्ट्रेलियाबाट समेत सहयोग

वैशाख १८, पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन देश तथा विदेशबाट सहयोग आउने क्रम जारी छ । यही वैशाख २६ गते पोखराको इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल पार्न पोखरा न्यूरोड हाल अष्ट्रेलिया निवासी सुजन कुमार सिल्पकारले २० हजार सहयोग गर्ने भएको हुन् । सिल्पकार अन्तर्राष्ट्रिस्तरका बडी बिल्डर हुन् । आई।सि।एन। बल्र्ड च्याम्पियनसिप–२०१९ मा एमच्योर वल्र्ड च्याम्पियन तथा सिड्नी डि।एफ।ए।सी। वल्र्ड च्याम्पियनसिप–२०२३ मा प्रो च्याम्पियन भइसकेको छन् भने अष्ट्रेलियासहित विभिन्न मुलुक… पुरा पढौ

लामाचौरमा वसन्त काव्य महोत्सव

पोखरा, १९ वैशाख, प्रतिविम्ब वाङ्मय प्रतिष्ठान, पोखरा–१९ को आयोजनामा वसन्त काव्य महोत्सव सुरु भएको छ । जनकविकेशरी धर्मराज थापाको शत्वार्षिकी अवसरमा लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको सभाहलमा शुक्रबारदेखि सुरु महोत्सव २ दिनसम्म चल्नेछ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश नेपाली भाषा, साहित्य र संस्कृतिको उर्वरभूमि भएको बताए । गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले जनकविकेशरी धर्मराज थापाको शत्वार्षिकी अवसरमा आयोजित महोत्सवको सफलताको कामना गरे ।सो अवसरमा नेपाली भाषा, साहित्य, कला क्षेत्रमा पु¥याएको योगदानको… पुरा पढौ

जिल्ला एथलेटिक्स संघ कास्कीद्धारा पोखरा रंगशाला सरसफाइ

पोखरा, जिल्ला एथलेटिक्स संघ कास्कीले पोखरा रंगशालामा सरसफाइ गरेको छ । जिल्ला खेलकुद बिकास समितिको समन्वयमा शुक्रबार पोखरा रंगशालाको सरसफाइ गरेको हो । पोखरा रंगशालाको फुट ट्रयाकमा झार तथा घाँसहरु उम्रिएर ट्रयाक दिन प्रतिदिन फोहोर र खराब हुने भएकाले एथलेटिक्स संघले रंगशालाको ट्रयाकको भाग सरसफाइ गरिएको जिल्ला एथलेटिक्स संघ कास्कीका अध्यक्ष गज बहादुर गुरुङले जानकारी दिए । संघले पोखरा रंगशालालाई सफाइ राख्ने उद्देश्यले वर्षेनी सरसफाइ गर्दै आइरहेको र त्यसकै निरन्तरता स्वरुप शुक्रबार रंगशाला परिसरमा सरसफाइ गरिएको र त्यसमा पश्चिम पृतनाको… पुरा पढौ

नैतिक हिसावमा ओली नेतृत्वको सरकार असफल भएको महासचिव गुरुङको दाबी (भिडियो सहित)

दीननाथ बराल, पोखरा १९, वैशाख, नेकपा माओबादी केन्द्रका महासचिव एवं पूर्व मन्त्री देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको बताउनु भएको छ । प्रेस सेन्टर नेपाल कास्की शाखाले आज (शुक्रबार) पोखराको शिल्भर प्लेट पार्टी प्यालेसमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव गुरुङले सामाजिक, आर्थिक सहित नैतिक हिसावले अहिलेको सरकार असफल भएको दाबी गर्नु भएको हो । https://www.youtube.com/watch?v=Z2pn0UB8Ecs अहिलेको सरकार भ्रष्टचार र शुसासनको उल्टोबाटो हिड्दा राजाबादी सलवलाएको महासचिव गुरुङले जनाउनु भयो । दरवारी शक्तिले टाउको उठाउन लागेको… पुरा पढौ

This will close in 20 seconds