कोटीहोममा ४० युनिट रगत संकलन, शनिबार मात्रै १५ हजार भक्तजन सहभागी भएको दाबी

-


     पोखरा क्लिक     
     वैशाख २० गते २०८२ मा प्रकाशित


पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित रक्त दान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजक मानव सेवा फाउण्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कोटीहोममा एक सय कुण्डमा दैनिक रुपमा हवन, भजनचुट्का प्रतियोगिता, चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजी मार्फत रामायण प्रवचन, वाचिका सुप्रिया मार्फत दैनिक कथा वाचन लगायतका कार्यक्रमजारी छ ।
शनिबार १६औँ दिनको कोटीहोममा करिब १५ हजार भक्तजन सहभागी भएको आयोजकले जनाएको छ ।कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार भक्तजनसँगै आर्थिक संकलनमा पनि वृद्धि भएको छ । शनिबार पोखराका शेरबहादुर गुरुङले एक लाख एक सय पाँच, म्याग्दीका रामचन्द्र जिसीले ५१हजार एक सय ११ रुपैयाँदान गरेको बताइन्छ । कार्यक्रममा कलश यात्रामा सहभागी विभिन्न आमा समूहलाई सम्मान गरिएको छ । सो अवसरमा लोक दोहोरी गायक राजन कार्कीले गीत प्रस्तुत गरेर भक्तजनलाई नचाए ।

आज बिहान ८ बजेर ५ मिनेटमा हवन कुण्डमा हवन गरिएको थियो । हवन कार्य जेठ २६ गतेसम्म चल्ने प्रचारप्रसार संयोजक ढकालले जानकारी दिए । एक सय वटा हवन कुण्डमा तीन, तीनजना ब्राह्मणले भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका थिए । कोटीहोममा एक सय आठ भागवत महापुराण पाठ परायण, चार वेद पाठ परायण, सप्तचण्डी, अति रुद्री, मन्त्र जप लगायतमा ब्राह्मणले पाठ गरे । कोटीहोममा पोखराका शिक्षासेवी पम्फा गुरुङ, पोखरा महानगरपालिका शिक्षा महाशाका सदस्य तारा पौडेल लगायत सहभागी थिए ।
आजदेखि खुला भजन चुट्का प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगितामा देशभरबाट करिब तीन सयजनाले प्रतिस्पर्धा गर्ने संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुईलाख ५५ हजार पाँच सय ५५, तृतीयहुने समूहलाई एकलाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्काको व्यवस्था छ । वैशाख ३ गते भूमिपूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ ।

अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा हाल अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले १४ दिनश्रीमद् भागवत कथा वाचनसँगै बिदाई गरिएको छ । उनलाई कोटीहोम मापुनःल्याउने प्रयास भइरहेको बताइन्छ । शुक्रबारदेखि नै व्यासाचार्य प्रशान्त कृष्ण परांकुश लगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिरहेका छन् । कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा सञ्चालन हुनेछ ।