
पोखरा, २० बैसाख,
पोखरा महानगर पालिका वडा नं.३ नारायण स्थान स्थित श्री महर्षि गुरुकुल विध्याश्रमका विध्यार्थीहरूलाई ४० थान ट्रयाक सुट सेट वितरण गरिएको छ । पोखरा नदीपुरमा रहेको रत्न श्री जीमका दिवंगत प्रोपाटर वकिलमान (शंकर) उदासको सुगति सहित मृतात्माको चिरशान्तिको कामना गर्दै छोरी सुभेच्छा , छोरा बुहारी सुबोध र अंशु उदासले उक्त ट्रयाक सुट सेट वितरण गरेका हुन् ।

सो अवसरमा पालिखे चोक स्थित पालिखे आईरनका प्रोपाईटर विक्रम पालिखेबाट सहयोगमा प्राप्त खेलकूदका सामानहरू पनि विद्यालयलाई ज्योति उदासबाट हस्तान्तरण गरियो । दाताहरूको शुभमंगलको कामना गर्दै वटुक विद्यार्थीहरूले स्वस्ति वाचनका साथ मंगल कामना पाठ गरे । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलले दाता परिवारजनमा धन्यवाद सहित आभार प्रकट गरे । पोखरा ३ का वडा अध्यक्ष प्रकाशमान उदासले
दिवंगत वकिलमान उदासको जीवनी माथी प्रकाश पारेका थिए ।




