रत्न श्री जीमद्धारा श्री महर्षि गुरूकुल आश्रममा ट्रयाक सुट वितरण

-


     पोखरा क्लिक     
     वैशाख २० गते २०८२ मा प्रकाशित


पोखरा, २० बैसाख,

पोखरा महानगर पालिका वडा नं.३ नारायण स्थान स्थित श्री महर्षि गुरुकुल विध्याश्रमका विध्यार्थीहरूलाई ४० थान ट्रयाक सुट सेट वितरण गरिएको छ । पोखरा नदीपुरमा रहेको रत्न श्री जीमका दिवंगत प्रोपाटर वकिलमान (शंकर) उदासको सुगति सहित मृतात्माको चिरशान्तिको कामना गर्दै छोरी सुभेच्छा , छोरा बुहारी सुबोध र अंशु उदासले उक्त ट्रयाक सुट सेट वितरण गरेका हुन् ।

सो अवसरमा पालिखे चोक स्थित पालिखे आईरनका प्रोपाईटर विक्रम पालिखेबाट सहयोगमा प्राप्त खेलकूदका सामानहरू पनि विद्यालयलाई ज्योति उदासबाट हस्तान्तरण गरियो । दाताहरूको शुभमंगलको कामना गर्दै वटुक विद्यार्थीहरूले स्वस्ति वाचनका साथ मंगल कामना पाठ गरे । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलले दाता परिवारजनमा धन्यवाद सहित आभार प्रकट गरे । पोखरा ३ का वडा अध्यक्ष प्रकाशमान उदासले
दिवंगत वकिलमान उदासको जीवनी माथी प्रकाश पारेका थिए ।



This will close in 20 seconds