
दीननाथ बराल,
पोखरा २०, वैशाख,
कास्कीको रुपा गाउँपालिकाको तालवेसीमा जामेनेको रुखको ठुटोबाट पानी आएको दृश्यावलोकन सहित दर्शन गर्नेहरुको हिजोआज भिड लाग्न थालेको छ । कास्कीको रुपा गाउँपालिकाको तालवेसीमा रुखको ठुटोबाट विगत दुई महिना देखि पानी आएकोले हाल उक्त स्थानलाई जलसिद्ध महादेवको रुपमा स्थानियले नामाङकरण गरिएको जलसिद्ध महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष विस्कुन गुरुङले बताउनु भयो । यसै सम्बन्धि एक भिडियो सामाग्रि ।
हिजोआज दैनिक जसो एक हजार भन्दा बढी दर्शनार्थीहरु आउने गरेको उहाँले पोखरा क्लिकलाई बताउनु भयो । यस बिषयलाई रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले अनुसन्धान गर्न सुरु गरेको बताउनु भयो । जामुनको बोटबाट पानी निरन्तर आउनु अस्वभाविक भएको उहाँले जनाउनु भयो । पालिकाले आउदो बर्ष व्यबस्थित मन्दिर सहित ठुटोको उचित रुपमा संरक्षण गरिने भएको उपाध्यक्ष लाल सुब्बा गुरुङले बताउनु भयो ।





