
वैशाख १८, पोखरा,
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन देश तथा विदेशबाट सहयोग आउने क्रम जारी छ । यही वैशाख २६ गते पोखराको इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल पार्न पोखरा न्यूरोड हाल अष्ट्रेलिया निवासी सुजन कुमार सिल्पकारले २० हजार सहयोग गर्ने भएको हुन् । सिल्पकार अन्तर्राष्ट्रिस्तरका बडी बिल्डर हुन् ।
आई।सि।एन। बल्र्ड च्याम्पियनसिप–२०१९ मा एमच्योर वल्र्ड च्याम्पियन तथा सिड्नी डि।एफ।ए।सी। वल्र्ड च्याम्पियनसिप–२०२३ मा प्रो च्याम्पियन भइसकेको छन् भने अष्ट्रेलियासहित विभिन्न मुलुक पुगेर नेचुरल बडी बिल्डिङ च्याम्पियनमा नेपालको झण्डा बोकेर प्रतिस्पर्धामा उत्रिनेक्रममा हालसम्म ९० भन्दा बढी गोल्ड मेडल र ट्रफी जितिसकेका छन् ।




