नेवा खलः कास्की र तमु प्ये ल्हुँ संघ कास्की नगद ५० हजार सहित पुरस्कृत

-


     पोखरा क्लिक     
     वैशाख १५ गते २०८२ मा प्रकाशित


पोखरा,

नेवा खलः कास्की र तमु प्ये ल्हुँ संघ कास्की पोखरामा नगद ५० हजार सहित पुरस्कृत भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना दिवसको अवसरमा हालै आयोजित एक समारोहका बिच जातीय संस्कृति संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै दुई संस्थालाई नगद ५०–५० हजार रुपैयाँ राशिसहित पुरस्कृृत गरिएको हो ।

दुबै संस्थाले आ–आफ्नो जातीय भाषा, संस्कृति, र परम्पराको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताइन्छ । उक्त अवसरमा प्रतिष्ठानले प्रज्ञा साहित्य सम्मानबाट मुकुन्द शरण उपाध्याय र डा.जगनाथ रेग्मीलाई, प्रज्ञा कला सम्मानबाट सम्मान गरेको छ । नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेलाई उक्त पुरस्कार अर्पण गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानले आफ्नो चार वर्षे यात्रामा सम्पन्न गरिएका उत्कृष्ट कार्यक्रमहरूको समेटिएको ३३ मिनेटको डकुमेन्ट्री पनि सार्वजनिक गरेको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताउनुभयो । उक्त अवसरमा पत्रकार राजाराम पौडेललेलाई समेत सम्मान गरिएको छ ।