समाज

मानवसेवा फाउण्डेशनको आयोजनामा पोखरामा भोलि बृहत् ट्याक्सी र्‍याली आयोजना हुँदै

पोखरा, बैशाख ११, मानवसेवा फाउण्डेशनको आयोजनामा यही बैशाख १२ गते शुक्रबार बिहान ७ बजे बृहत् ट्याक्सी र्‍याली आयोजना हुने भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले यो र्‍याली आयोजना गरिएको हो।महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजका अनुसार ट्याक्सी र्‍याली बिरौटास्थित कोटिहोम स्थलबाट सुरु भई ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर, पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा,… पुरा पढौ

थुमाको डाडा खानेपानी आयोजनाको जिल्ला समन्वय समितिमा समन्वय बैठक

११ बैशाख ,पोखरा, कास्कीको मादी गाउँपालिका वडा न ३ र ४ का ३७२ घरधुरी बासिन्दालाई लक्षित गरि निर्माण हुदै गरेको थुमाको डाडा खाने पानी आयोजनाको निर्माण प्रगतिको सम्बन्धमा जिल्ला समन्वय समिति कास्कीले बिहिबार एक समन्वय बैठक आयोजना गरेको छ । आयोजनाका सम्बन्धमा देखिएका ढिला सुस्ती र समयमा सम्पन्न गर्न देखिएका बिबाद समाधान गर्न सो समन्वय बैठक आयोजना गरिएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताउनुभयो। ४ करोड ६१ लाख १० हजार ८ सय २८ रुपैयाँमा सम्झौता भएको सो खानेपानी… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई टेल्जीको साथ

वैशाख ११, पोखरा, योमामाई मोर्टस् प्रालिले नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सहयोग गर्ने भएको छ । यही वैशाख २६ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’लाई सफल पार्न टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोटर्स प्रालिले सहयोग गर्ने भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । मञ्चले वर्ष खेलाडी महिला तथा पुरुष विधाका विजेतालाई उक्त ब्राण्डको स्कुटरको पुरस्कार स्वरुप प्रदान गर्ने भएको छ । प्रालिका प्रबन्ध निर्देशक सञ्जिव शिल्पकारले विगत ९ वर्षदेखि… पुरा पढौ

पोखरा अन्तराष्ट्रिय विमानस्थललाई चलाएमान बनाउन र यसको बदनाम नगर्न पर्यटन व्यवसायीको माग

दीननाथ बराल,पोखरा १०, वैशाख, पोखरा अन्तराष्ट्रिय विमानस्थललाई नियमित रुपमा चलाएमान बनाउन पोखराका पर्यटन व्यवसायीहरुले माग गर्नुु भएको छ । पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदले आज (बुधबार) प्रेस विज्ञेप्ति जारी गर्दै अन्तराष्ट्रिय विमानस्थललाई चलाएमान हुनबाट रोक्ने काम नगर्न चेतावनी दिदै नियमित रुपमा चलाएमान बनाउन माग गरेको हो । पोखराको बदनाम नगर्न माग गर्दै यदि पोखरा अन्तराष्ट्रिय विमानस्थलमा कहि कतै भष्ट्राचार भएको छ भने यथाशिघ्र निश्पक्ष रुपमा छानविन गर्न समेत परिषदले सवै पक्षसंँग माग गरेको परिषदका अध्यक्ष तारानाथ पहारीले… पुरा पढौ

ऐतिहासिक कोटिहोम महायज्ञको प्रचारका लागि पोखराको बिरौटामा साइकल र्याली

पोखरा, बैशाख १०, पोखरा महानगरपालिका वडा नं। १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञ को प्रचार–प्रसार र धार्मिक तथा सामाजिक सद्भावको सन्देश फैलाउन मानवसेवा फाउण्डेशनले बैशाख ११ गते बिहान ७ बजे साइकल र्याली आयोजना गर्ने भएको छ। बिरौटास्थित कोटिहोम स्थलबाट सुरु हुने यो र्याली ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, बिन्ध्यवासिनी मन्दिर, भैरवटोल, नालामुख, तेश्रोपट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक, नागढुङ्गा, पुरानो एयरपोर्ट र पार्दी हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन हुनेछ। महायज्ञका संकल्पकर्ता… पुरा पढौ

र्‍यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस

पोखरा, वैशाख १०, र्‍यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस बुधवार पोखरामा मनाएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले गोला थुतेर सुरु गरेको कार्यक्रममा ३० जनाले पुस्तक साटासाट गरेका थिए । नेपाली लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष डा। ईश्वरमणि अधिकारी, साहित्यकार तीर्थ गुरुङ, शिव त्रिपाठी, त्रिवेणी, अनुराग अधिकारी, विष्णु सुवेदी, ढाकामोहन बराल, अनुपमणि अधिकारी, नेपालप्रकाश अधिकारी, अनिता अधिकारी, विष्णु सुवेदी, ध्रुव केसी, कमला श्रेष्ठ, हसिना बस्नेत, जमुना कायस्थ, विजय भण्डारी, कमला सुवेदी, लक्ष्मण थापा, माधव खतिवडा,… पुरा पढौ

पोखराको कोटीहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने

पोखरा पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको तयारीलाई तिव्र पारिएको छ । मानवसेवा फाउण्डेशनको आयोजना वैशाख १७ देखि औपचारिक रुपमा उद्घाटन हुने ऐतिहासिक महायज्ञ अन्तर्गतका विभिन्न प्रवचन एवम धार्मिक कार्यक्रमहरु भने जारी रहेका छन् । महायज्ञ जेठ २६ गतेसम्म चल्नेछ । महायज्ञलाई भव्य रुपमा सम्पन्न गर्नका लागि बैशाख १६ गते ऐतिहासिक विशाल कलश यात्रा गरिने कोटिहोम महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीले जानकारी दिए। कलश यात्रा पोखराको शान्तिघाटबाट… पुरा पढौ

ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु

पोखरा, ९ वैशाख , महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ)द्वारा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आजदेखि पोखरामा तीन दिने डिजिटल मार्केटिङ र अनलाइन बुकिङ प्रणाली विषयक तालिम सुरु गरिएको छ । महिला पर्यटन व्यवसायीलाई लक्षित गरी आयोजित तालिममा पर्यटन व्यवसाय र अवसरहरू, व्यवसायिक कानुनी पक्ष लगायतका विभिन्न विषयमा तालिम दिइने ओटेफका अध्यक्ष उमा रेग्मीले जानकारी दिनुभयो । पछिल्ला समयमा पर्यटन व्यवसायका क्षेत्रमा महिला सहभागिता बढ्दै गएको बताउँदै उहाँले पर्यटन व्यवसायमा बढ्दो प्रविधिको प्रयोग लगायतका विषयमा विभिन्न विज्ञहरूले तालिम दिनुहुने जानकारी दिनुभयो । तालिमको… पुरा पढौ

पोखराका फोटो पत्रकार तथा डिजाइनर लामालाई सहारा क्लव द्धारा बिदाई

पोखरा ९, वैशाख, पोखराको सहारा क्लवले क्लवका शुभचिन्तक तथा लामो समयसम्म डिजाइनरको रुपमा काम गरेका फोटो पत्रकार ओम लामालाई बिदाई गरेको छ । रोजगारको लागि वेलायत जान लाग्नु भएका पोखरा नयाँबजार निवासी लामालाई क्लवले आज(मंगलबार) खादा तथा फुलमालाले बिदाई गर्दै वेलायतको बसाई सफलताको कामना समेत गरिएको छ । सहारा क्लव र आहा रारा पोखरा गोल्ड कपको विगत दुई दशक देखि डिजाइन सम्बन्धि काम गर्दै आउनु भएको लामालाई विदेश यात्राको सफलताको कामना सहित क्लवले धन्यवाद समेत दिएको छ । क्लवका अध्यक्ष… पुरा पढौ

पोखरा महानगरका नगरप्रहरीलाई वाकिटकी

काठमाडौँ , पोखरा महानगरपालिकाले नगरप्रहरीलाई प्रभावकारी सञ्चारका लागि वाकिटकी उपलब्ध गराएको छ । महानगरका अनुसार हाललाई जीएसएम बाट चल्ने १० वटा पिओसी वाकिटकी उपलब्ध गराइएको छ । पोखरा महानगरले आह्वान गरेको बोलपत्र प्रक्रियामार्फत आइटेल नेटवर्क प्रालिले प्रक्रियापछि वाकिटकी उपलब्ध गराएको हो । वाकिटकीको उपलब्धतासँगै सञ्चारमा ठूलो सहयोग पुगेको पोखरा महानगरका नगरप्रहरी पुरुषोत्तम थापा मगरले बताए । “हाम्रो अधिकांश काम फिल्डमै हुन्छ, त्यसका लागि पहिले मोबाइललगायतको भर पर्नुपर्ने अवस्था थियो, केही दिनअघि वाकिटकी आएपछि कुराकानी गर्न, निर्देशन दिन र काम गर्न… पुरा पढौ

This will close in 20 seconds