समाज

पोखरामा बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु (भिडियो सहित), फेवाफाँटमा रमझम

दीननाथ बराल,पोखरा ९, पुष, पोखराको फेवातालको सिरान भाग फेवाफाँट र लौरुक क्षेत्रमा यति वेला विभिन्न १५ देशका रंगि बिरङगी बेलुन उड्नाले पर्यटकलाई आकर्षण गरेको छ । पर्यटनको राजधानि पोखरामा आज (मंगलबार) देखि सुरु भएको बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव २०८१ मा १५ देशका बेलुन पाइलटहरुले पोखराको आकाशमा बेलुन उडान गर्दा सो क्षेत्रमा पर्यटकहरुलाई आकर्षण गरेको हो । https://www.youtube.com/watch?v=iHzj1OwuSjw पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषद र बेलुन नेपाल प्रा.लि. को संयुक्त आयोजनामा पोखराको फेवाफाँट तथा लौरुक क्षेत्रमा उक्त महोत्सव सुरु… पुरा पढौ

छोम्रोङमा ११ गतेदेखि ‘सेन्चुरी ल्होसार मेला’

कास्की, ९ पुष , अन्नपूर्ण गाउँपालिका –११ छोम्रोङमा सेन्चुरी युवा क्लबले ‘२३ औं सेन्चुरी ल्होसार मेला’ आयोजना गर्ने भएको छ ।तमु समुदायको महान् पर्व ल्होसार÷ल्होछारको अवसरमा यही पौष ११ गतेदेखि १४ गतेसम्म ल्होसार मेला आयोजना गरिने क्लबका वरिष्ठ सल्लाहकार राजकुमार गुरुङले जानकारी दिए । उनले संस्कृतिको संरक्षण, खेल तथा पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यसहित विगत लामो समयदेखि ल्होसार मेला सञ्चालन गर्दै आएको बताए । ‘हामीले विगत लामो समयदेखि ल्होसार मेला गर्दै आएका छौ, उनले भने, ‘यो वर्षपनि पुषको ११ गतेदेखि मेला… पुरा पढौ

स्याङजाको कोल्मामा सम्पन्न पांचौ संस्करणको क्रस कन्ट्रीमा आर्मीको बर्चस्व

पोखरा ९, पुष, स्याङजाको कोल्मामा आयोजित क्रस कन्ट्री दौड प्रतियोगितामा आर्मीले बर्चस्व जमाएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको क्रस कन्ट्री दौडको उपाधि नेपाली सेनाका धावक करण रावलले जितेका हुन । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने मूल नाराका साथ आयोजना गरेको राष्ट्रिय स्तरको क्रसकन्ट्रीमा रावलले २५ किलो मिटर दुरी १ घण्टा २७ मिनेट ५२ सेकेण्डमा पार गर्दै उपाधि सहित नगद ५० हजार, ट्रफी र मेडल हात पारे । क्रसकन्ट्रीमा नेपाली सेनाकै टंक बहादुर कार्कीले… पुरा पढौ

पोखरामा ह्योल्मो भाषाको प्रशिक्षण सुरु

पोखरा ९, पुष नेपाल ह्योल्मो समाज सेवा समिति, पोखराको आयोजनामा एक महिने ह्योल्मो भाषा प्रशिक्षण कक्षा शुभारम्भ भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान सँगको सहकार्यमा सञ्चालन भएको प्रशिक्षणमा कास्कीका विभिन्न भागमा बसोबास गर्ने ३० जना ह्योल्मो समुदायका व्यक्तिहरूको सहभागी रहेको छ । भाषा प्रशिक्षण कक्षाको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले नेपाल बहुभाषिक, बहु जातीय मुलुक भएको उल्लेख गर्दै मुलुकको विविधतालाई बचाउन विभिन्न समुदायमा सदियौँ देखि प्रचलनमा रहिआएका भेसभुसा, कला, संस्कृति तथा भाषा… पुरा पढौ

क्षितिज र शोभाको जोडी क्वाटरफाईनलमा

पोखरा ९, पुष, क्षितिज खनाल र शोभा गौचनको जोडी काठमाण्डौमा जारी योनेक्स सनराईल नेपाल ईन्टरनेशनल च्यालेन्ज २०२४ मिक्स युगलको अन्तिम आठमा प्रवेश गर्न सफल भए संगै नेपालको खातामा कम्तिमा एक कास्य पक्का भएको छ । क्वाटरफाइनलमा खनाल र गौचनको जोडीको भेट ओलम्पियन प्रिन्स दाहाल र रसिला महर्जनको जोडी संग हुने भएको छ । थाईल्याण्डले खेलबाट आफ्नो नाम फिर्ता लिए पश्चात प्रिन्स र रसिलाको जोडीले क्वाटरफाईनलमा स्थान पक्का गरेका थिए ।आज सम्पन्न खेलमा खनाल र गौचनको जोडीले श्रीलंकाका थुलिथ पल्लियागुरु र… पुरा पढौ

नेपाल इन्टरनेशनल च्यालेन्ज सुरु, एकल तर्फ प्रिन्स र रसिलाको यात्रामा पूर्णविराम

काठमाण्डौं ८, पुष, नेपाल ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराईज इन्टरनेशनल च्यालेन्ज २०२४ आजबाट सुरु भएको छ । योनेक्स सनराईज सिंगापुरको मुख्य प्रायोजन रहेको च्यालेन्जको आजको सुरुवाती दिनमा नेपाली खेलाडीहरुले सुखद सुरुवात गर्न सकेनन् । नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाल र रसिला महर्जन दुवै एकल तर्फको खेलबाट बाहिरिएका छन् । प्रिन्स २२–२०, १२–२१, १३–२१ मा भारतका कविन थाङ्गम संग पराजित भएका हुन् । यस्तै रसिला महर्जन भारतीय खेलाडी अदिती भट्ट संग पराजित भईन् । रसिला भट्ट संग २१–११, २१–१४ को… पुरा पढौ

पोखरामा आन्तरिक पर्यटकको चहल पहलःबढ्दै

पोखरा ८, पुष, पोखरामा आन्तरिक पर्यटकको चहल पहल बढ्न थालेको छ । पोखरामा भोलि देखि सुरु हुने बिवाईडी अन्तराष्ट्रिय वेलुन फेष्टिभल सहितका अन्य महोत्सवहरु पोखरामा हुने र बुधबार क्रिशमस डे समेत परेकोले आन्तरिक पर्यटक पोखरामा आगमन बृद्धि हुन लागेको व्यवसायीहरुले बताए । पुरा पढौ

छोरेपाटन माविका २२ सय विद्यार्थीहरुको आँखा परिक्षण

पोखरा ८, पुष, छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चको आयोजना र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा पोखरा १७ छोरेपाटनमा रहेको छोरेपाटन माविका २२ सय विद्यार्थीहरुको निशुल्क आँखा शिविर सोमबार सम्पन्न भएको छ । शुक्रबार शिविरको गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य दिपक भण्डारीले उद्घाटन गर्दै विद्यार्थी कालमा पढ्ने र जिवनमा उपयोग हुने सिप सिक्नु पर्ने वताउँदै आँखामा कुनै पनि समस्या देखिएमा आफै उपचार गर्न भन्दा अस्पतालमा गएर जाँच गरेर मात्र औषधि राख्नु पर्ने वताए । हिमालय आँखा अस्पतालका प्राविधिकहरु अर्सु… पुरा पढौ

तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र, कृषिको लागि केही स्टल बाँकी अन्यको बुकिङ भयो ।

पोखरा ७, पुष, तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र रुपमा अगाडी वढाइएको छ । महोत्सव आयोजक युनाईटेड क्लब पोखराले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी तीब्र पारिएको जनाएको हो । कृषिको लागि केही स्टल बाँकी रररहेको छ भने अन्यको बुकिङ भएको क्लवले जनाएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आइरहेको युनाईटेड क्लबले… पुरा पढौ

सिताराम केसी स्मृती पार्क निर्माणका लागि केसी परिवारद्वारा साढे २ रोपनी जग्गा सहयोग

७ पुष,पोखरा, पोखरा–१५ मितेरी टोलमा समाजसेवी स्व.सिताराम केसीको स्मृतीमा पार्क बन्ने भएको छ । उक्त पार्क मितेरी टोल विकास संस्थाको स्वामित्वमा रहने जनाइएको छ । संस्थालाई पार्क निर्माण तथा सोही स्थानमा निर्मित बहुउद्येश्यीय सामुदायीक भवनका लागि लागि स्व.केसीको परिवारले साढे २ रोपनी जग्गा उपलब्ध गराएको हो । स्व.केसीका धर्मपत्नी प्रेमकुमारी केसीले एक समारोहका विच उक्त भवन तथा जग्गा भोगचलन हस्तान्तरण पत्रमा हस्ताक्षर गर्नुभयो । उहाँले पार्क निर्माण कार्यको शिलन्यास पनि गर्नुभयो । पार्क बन्ने सो स्थानलाई सिताराम चोक,सिताराम मार्गको नामाकरण… पुरा पढौ